×

NMB BANK
NIC ASIA

सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला

काठमाडाैं | भदौ १६, २०८०

NTC
Premier Steels

ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला आजदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि आज शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।

Muktinath Bank

मेला सुरु हुने दिनमा राष्ट्रको सम्मानीय व्यक्तिलाई भेट्ने वा निमन्त्रणा गर्ने प्रचलन भएका कारण आज बिहान रुद्रायणी गुठी संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मेलाबारे जानकारी गराएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुद्रायणीदेवी मेलाको अवसरमा फूलप्रसादसहित प्रधानमन्त्रीलाई गुठी संस्थानले भेटेपछि प्रधानमन्त्री प्रचण्डले १२ वर्षे मेलाको शुभकामनासहित ऐतिहासिक मेलाको संरक्षण गर्नु राज्यको जिम्मेवारी रहेको बताए । 


Advertisment
Nabil box
Kumari

मेला सुरु भएको दिनदेखि एक महिनासम्मका लागि देवतालाई मन्दिरभित्र (गुप्तबास) राखिएको र एक महिनासम्म मन्दिरको ढोकासमेत नखोल्ने ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले जानकारी दिए । उनले भने, “यो एउटा ऐतिहासिक मेला भएका कारण खोकनावासीले देवताको निम्ति एक वर्षमा केही त्याग गर्नुपर्ने हुन्छ ।”

Vianet communication

मेला सुरु भएदेखि एक महिनासम्म खोकनावासीले छालाजन्य वस्तु प्रयोग नगर्ने, घरदेखि बाहिर गएर बास नबस्ने, पाहुनाले पनि छालाजन्य वस्तु घरमा नल्याउने र पाहुनाले घरमा बास बस्न नमिल्ने, एक महिनासम्म कुनै पनि पूजाआज नगर्ने र एक वर्षसम्म खोखनावासीले बिहेसमेत गर्न नपाइने चलन रहिआएको छ ।

मेला सुरु भएको एक महिनासम्म खोकनावासीले कुनै पनि पूजाआज नगरे पनि एक महिनापछि रुद्रायणीदेवीलाई मन्दिरबाट बाहिर निकालेपछि एक वर्षसम्म पूजाआज गर्नुपर्ने हुन्छ । एक वर्षसम्म पूजा गरेपछि १२ वर्षे मेला सकिन्छ र फेरि अर्को १२ वर्षपछि सुरु हुने गर्छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x