×

NMB BANK
NIC ASIA

खुकुरी प्रहार प्रकरण : कांग्रेस सह-महामन्त्री यादवलाई वीर अस्पतालमा सार्ने तयारी

काठमाडाैं | भदौ २१, २०८०

NTC
Premier Steels

खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवलाई आईसीयूबाट क्याबिनमा सार्ने तयारी भइरहेको छ ।

Muktinath Bank

राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. प्रमोदकुमार यादवले घाइते यादवको स्वास्थ्य अवस्था स्थिर रहेको लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'उहाँको स्वास्थ्य अवस्था स्थिर छ । आज हामीले उहाँको ड्रेसिङ गरेका छौं,' सर्जन यादवले लोकान्तरसँग भने, 'अबको केहीबेरमा उहाँलाई वीर अस्पतालको क्याबिनमा सार्ने तयारी गरेका छौं ।'


Advertisment
Nabil box
Kumari

रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिर निस्किने क्रममा बुधवार नुवाकोटका श्यामबहादुर सापकोटाले नेता यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

Vianet communication

खुकुरी प्रहारबाट घाइते भएका यादवलाई उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

ट्रमा सेन्टरमा न्यूरो सर्जन डा. नरेन्द्र सालिकेको नेतृत्वमा ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट तथा अर्थोसर्जन डा. बद्री रिजाल र जेनरल सर्जन डा. प्रमोदकुमार यादवको टोलीले घाइते यादवलाई अपरेसन थिएटरमा टाँका लगाएका थिए । घाइते यादवलाई टाउकोमा १० वटा टाँका लगाएर बुधवार नै अब्जरभेसनका लागि आईसीयूमा सारिएको थियो ।

अहिले यादवको स्वास्थ्य अवस्था स्थिर भएकाले उनलाई वीर अस्पतालको क्याबिन बेडमा सार्ने तयारी भएको हो ।

यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x