×

NMB BANK
NIC ASIA

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक

काठमाडाैं | भदौ २९, २०८०

NTC
Premier Steels

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो । 

Muktinath Bank

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुवाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयलाई  संस्मरणात्मक शैलीमा पुस्तकमा समेटिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

२४० पेजको पुस्तकमा ५३ वटा खण्डमा जीवन उपयोगी विषयबस्तु समावेश गरिएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउनसक्ने लेखकले विश्वास गरेका छन् । 

Vianet communication

पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेशागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयबस्तु समेटिएका छन् । ‘जीवन्त सम्बन्ध पढ्दा कहिले म भावुक भएँ, कहिले सम्बन्धका आयाम केलाएँ, कहिले अश्रुपुरित (आँसुले पुरिएको) भएँ, कहिले आफ्नो अतीतमा पुगें,’ पुस्तकबारे वरिष्ठ कलाकार हरिवंश आचार्यले भनेका छन् । 

पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डाक्टर ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा अनिलले जानकारी दिए । 

आजैदेखि अनलाइन बुकिङ खुला भएको पुस्तक असोज ५ गते शुक्रबार साँझबाट बजारमा उपलव्ध हुनेछ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैं उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यबस्था गरिएको छ । 

विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने डा ओम फाउन्डेसनले जनाएको छ । 

स्वस्थ जीवनशैली र जनचेतनाका लागि डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । ‘पुस्तकबाट एक रुपियाँ पनि प्रतिफल नलिने गरी लेखकले आफ्नो तन, मन र धनकोे लगानी गर्नुभएको छ, हरेक पाठकले गरेको लगानी सिधै असाहय वृद्धवृद्धाका निम्ति खर्च हुनेछ,’ फाउन्डेसनले भनेको छ ।  

डा ओम फाउन्डेसनले प्रकाशन तथा समीक्षा पब्लिकेसन वितरक रहेको पुस्तकको मूल्य ६ सय रुपैया कायम गरिएको छ । हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्यागसहित विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । 

डा अनिलले सामाजिक सञ्जालमार्फत दिने जनस्वास्थ्यसम्बन्धी चेतना र हेल्थ टिप्स् सर्वसाधारणमाझ लोकप्रिय छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x