×

NMB BANK
NIC ASIA

नेपाली साहित्यमा चिरपरिचित नाम हो भरत जङ्गम । यसो त बहुमुखी प्रतिभाका धनी  हुन् उनी । पत्रकारिता, वकालत, प्राज्ञिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि धेरै क्षेत्रमा जबरजस्त पकड छ उनको । विश्व प्राज्ञिक समाजले भ्रष्टाचारविरोधी शास्त्र प्रणेताकारूपमा चिन्छन् उनलाई । भ्रष्टाचार विरुद्धको विज्ञानको दह्रो विश्लेषक मानिन्छन् उनी । तथापि नेपाली साहित्यमा छुट्टै पहिचान छ उनको । विभिन्न विधाका थुप्रै कृति लेखेका छन्, प्रकाशित गराइसकेका छन् । यिनैमध्ये हालै प्रकाशित अर्को किताबको नाम हो भ्रष्टाचार विरुद्धको विज्ञान । भ्रष्टाचारविरोधी शास्त्र, भ्रष्टाचार निवारणको सिद्धान्त र भ्रष्टाचार विरुद्धको विज्ञान नामक यस कृतिलाई एन्टीकरप्सन एकेडेमी नेपालले प्रकाशित गरेको हो । 

Muktinath Bank

भ्रष्टाचार विरुद्धको अभियानमा लामो अनुभव सँगालेका छन् जङ्गमजीले, जुन अनुभव राम्रैसँगै पोखिएका छन् यस पुस्तकमा । परिभाषामै पानीजस्तै माथिबाट तल बग्ने तत्व हो भनेका छन् भ्रष्टाचारलाई, जसले निश्चित विन्दु बनाएर आफ्नो स्तर कायम गर्छ भन्ने निचोड छ उनको । अनेक उदाहरण दिएर भ्रष्टाचार के हो, कसरी उत्पत्ति तथा विकास हुन्छ र त्यसको निराकण कसरी सम्भव हुन्छ भन्ने कुरा देखाइएका छन् यहाँ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रष्टाचारको कुरा गर्दा राजनीतिक आवरणमा हुने नीतिगत भ्रष्टाचार सबैभन्दा डर लाग्दो भ्रष्टाचार हो । यसकै आडमा उसका जरा फैलिएका हुन्छन् निकै गहिराइसम्म । जब भ्रष्टाचारले संस्थागत रूप लिन्छ तब यो समस्या थप जटिल र विकराल बन्न पुग्छ । यसको निराकरण गर्न चानचुने प्रयासले सम्भव हुँदैन । त्यसका लागि त्यस्तै किसिमले गहिराइमा डुब्नुपर्ने हुन्छ । यिनै कुरालाई प्रष्ट्याउने काम गरेको छ यस पुस्तकले ।    


Advertisment
Nabil box
Kumari

नेपाल भ्रष्टाचारको उर्वर भूमि हो फरक पर्लाजस्तो लाग्दैन यतिबेला । ससारमा कतै नहुने भ्रष्टाचार यहीँ हुने गर्छ । स्वदेशी नागरिकलाई विदेशी नागरिक बनाएर भ्रष्टाचार सायद संसारमा कतै हुँदैन तर त्यो पनि हुने गरेको छ हाम्रो यहाँ । आश्चर्य त के भने सदाचारको कुरा गरेर नथाक्ने क्रान्तिकारी नेताहरू नै नराम्ररी मुछिएका छन् यसमा । नीतिगत र संस्थागत भ्रष्टाचार अर्को विशेषता हो यहाँको  । सायद यस किसिमको भ्रष्टाचार पनि कमै होलान् देशदुनियाँमा ।

Vianet communication

कदाचित भइहाले कारबाही पनि त्यस्तै हुने गर्छन् त्यतातिर तर हाम्रो यहाँ भने पहिलो कुरा त कारबाही नै हुँदैन त्यस किसिमको तहसम्म । भइहाले पनि सामान्य सोधपुछबाहेक केही हुँदैन । सायद लहरो तान्दा पहरो थर्कन्छ कि भन्ने डरले काम गरेको हुनुपर्छ अन्तर्यमा । यस्तो अवस्थामा त्यस्तै किसिमको औषधीको आवश्यकता पर्छ, जसले वनमाराको जरालाई पूरै उखेल्न सकोस् । भ्रष्टाचार विरुद्धको विज्ञानमा यस्तै आधार फेला पार्न सकिन्छ केलाउँदै जाँदा । 

भ्रष्टाचार कहिले भएको छ भन्नुभन्दा कहिले भएको छैन र कसले गरेको छ भन्नुभन्दा कसले गरेको छैन भन्नुपर्ने अवस्था छ अहिलेको परिप्रेक्षमा । खासगरी २०४६ सालको परिवर्तनपछि सुरू भएको हो यस किसिमको भ्रष्टाचार, जसको श्रीगणेश गर्ने काम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । यी कोइराला तिनै कोइराला हुन्, जो भ्रष्टाचारविरोधी नेता कृष्णप्रसाद भट्टराईलाई अन्तरघात गरी हराएर प्रधानमन्त्री बन्न सफल भएका थिए । 

यहाँनेर पूर्ववरिष्ठ प्रहरी हाकिम रमेश खरेलको भनाइ सम्झना हुन्छ । उनले केही दिनअघि एक सञ्चारमाध्यमसँग भनेका थिए नेपालमा सुनतस्करीको ढोका खोल्ने काम गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । उनले प्रधानमन्त्री हुनासाथ पार्टी चलाउन गाह्रो पर्‍यो भनेर तीन महिनाका लागि सुन तस्करी खुला गरेका थिए रे तर दूधको स्वाद पाएको बिरालो किन साधु बन्न सक्थ्यो र । त्यसपछि यसले यति बढी सनातनी मान्यता पाउँदै गयो कि चोर बिरालाहरू फैलिएर गएर ललिता निवासहुँदै चर्चित सुनकाण्डसम्म फैलिन सफल भए । यद्यपि तत्कालीन विद्रोही शक्तिलाई मूलधारमा ल्याउने भनेर जयजयकार गर्ने पनि उत्तिकै छन् तर विद्रोहीको सबै माग पूरा गर्दै जाने हो भने जसले पनि गर्न सक्ने काम हुन् यी । 

त्यतिबेला उनले जसरी जे पनि हुन्छ भन्दै गएका थिए त्यसैको व्याज तिर्न विवश छ मुलुक यतिखेर ।  मधेश विद्रोहमा पनि उनको भूमिका त्यति नै जब्बर छ, जसले सङ्घीयतालाई संस्थागत गर्ने काम गरेको थियो । अहिले त्यही सङ्घीयता मुलुकलाई घाँडो सिद्ध हुँदै गएको कुरा स्वयं कांग्रेसी नेताहरू नै भन्न थालेका छन् । यसैका कारण महङ्गो एउटा राजा फाल्ने मुलुकले दर्जनौँ छोटे राजा पाल्नुपरेको छ । खेलाडीका लागि एउटा रङ्गशाला बनाउन नसक्ने मुलुकले उनीहरूका लागि त्यति नै सङ्ख्यामा आलिशान महल बनाउन बाध्य हुनुपरेको छ । 

मुलुकमा वैदेशिक रोजगारको जग बसाउने पनि गिरिजाप्रसाद कोइराला नै हुन् । मुलुकी शासनसत्ता समाल्ने व्यक्तिले स्वदेशमै रोजगार सिर्जना गर्नतिर लाग्नुपर्नेमा विदेशी शासकहरूसँग रोजगारीको हात फैलाउन गएको कुरा सायद धेरैलाई याद हुनुपर्छ तर उनका लागि त्यो पनि लाजको विषय भएन, बनेन । हाकाहाकी रोजगारीको भीक्षा माग्दै हिँडे खाडीतिर पुगेर । अहिले मुलुक रित्तियो भनेर चिच्याउनुको के अर्थ रह्यो र ? आखिर जे रोपिएको थियो त्यही फलेको न हो । 

एमालेले पनि पानी माथि ओभानो बन्न नखोजे हुन्छ भ्रष्टाचारको मामिलामा । उसले महाकाली सन्धीलाई चार करोडको चेकसँग साटेर यसमाथि लालमोहर लगाउने काम त्यतिबेलै गरेको हो । त्यति बेला चेक भजाएर पाटी चलाउन त सजिलै भएको थियो उसलाई तर त्यसले बुनेको भ्रष्टाचारको जालो अहिले आफैँलाई निल्नु न ओकल्नु हुन पुगेको छ । तत्कालीन विद्रोही शक्ति नेकपा (माओवादी) (अहिले माओवादी केन्द्र)को त के कुरा गर्ने । लुटतन्त्रलाई वैधानिकता दिने काम गर्ने नै उही हो ।  

यसको अर्थ पंक्तिकारको मकसद सङ्घीयताको विरोध गर्नु होइन । संविधानमै उल्लेख भइसकेपछि त्यस्तो कुरा आफैँमा संविधान विरोधी कुरा हुन् । संविधानको विरोध गर्नु पनि हुन्न र यस लेखको आशय त्यो हुँदा पनि होइन । अहिलेको आवश्यकता भनेको कसरी त्यसलाई कम खर्चिलो र भ्रष्टारमुक्त पार्न सकिन्छ भन्ने नै हो, जसमा भ्रष्टाचारविरोधी विज्ञान नामक प्रस्तुत किताव रामबाँण बन्न सक्छ । कुल २२८ पृष्ठको यस किताबमा विभिन्न शीर्षकको ४० प्रकरण छन्, जसले भ्रष्टाचारको स्वरूप, शैली र विस्तारको दिग्दर्शन गर्दै निराकरणको उपाय सुझाएको छ । त्यसैले यसलाई क्याम्पसस्तरीय पाठ्यक्रममै राखेर पठनपाठनको व्यवस्था मिलाउनुपर्ने देखिएको छ । भ्रष्टाचारको जरो यति तलसम्म फैलिइसकेको छ कि अब त्यसलाई चानचुने प्रयासले रोक्न सम्भव छैन । यसका लागि सामाजका हरेक वर्गलाई त्यस्तै किसिमको तरिका सिकाउनुपर्ने हुन्छ, जुन काम यस किताबले गर्न सक्ने देखिन्छ । 

यस किसिमको भ्रष्टाचारविरोधी शास्त्र अर्थात् भ्रष्टाचार विरुद्धको विज्ञान लेखेर जङ्गमजीले राम्रै गुन लगाएका छन् समाजलाई । उनले भ्रष्टाचार उन्मूलनको बाटो देखाइसकेका छन् । अब खाँचो छ त्यसलाई कसरी समाजको प्रत्येक तह र तप्कासम्म पुर्‍याएर कार्यान्वयन गर्ने भन्ने कुराको । आशा छ सरकारले साँच्चै मुलुकलाई भ्रष्टाचार मुक्त गर्न चाहेको हो भने यसतर्फ ध्यान दिनेछ । 

अन्त्यमा लेखकले भनेजस्तै भ्रष्टारविरुद्धको विज्ञानको अध्ययन, शोध, विश्लेषण, तथा परीक्षण गरी यसको प्राज्ञिक दृष्टिकोणमा विस्तृत व्याख्या गर्नुपर्ने भएकाले यसको प्रचार–प्रसार र विकासमा सम्बन्ध निकायको ध्यान पुगोस् भन्दै कलम बन्द गर्न चाहन्छु । धन्यवाद !

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x