पुस २७, २०८०
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
यस वर्ष तीज विशेष गीत विगतजस्तो धेरै संख्यामा सार्वजनिक भएनन् ।
अघिल्ला वर्षहरूको तुलनामा झण्डै ५० प्रतिशत कम तीज गीत सार्वजनिक हुँदा अधिकांशले चर्चा पाउन सकेनन् ।
यद्यपि, एकाध गीतले भने युट्युबमा राम्रो ‘भ्युज’ पाएका छन् ।
१. कमाउने नि हो, रमाउने नि हो...
युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने यस वर्षको तीज विशेष गीत हो, कमाउने नि हो, रमाउने नि हो । यसमा खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । नेत्र अर्यालको शब्द रहेको गीतमा खेमकै संगीत, विनोद बाजुरालीको 'एरेन्ज' छ ।
यो गीत हालसालै सार्वजनिक गरिएको भने होइन, असारको अन्तिममा सार्वजनिक गीतमा गायक प्रकाश सपुत र मोडल जुना विश्वकर्माको नृत्य छ ।
भिडियोले तीजको दिनसम्ममा १ करोड ६० लाख प्लस भ्युज पाइसकेको छ । शंकर बिसीको कोरियोग्राफी एवं निर्देशन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
यस गीतले टिकटकमा समेत निकै चर्चा पाएको छ ।
२. अरेली काँडैले...
चर्चामा रहेको यस वर्षको अर्को तीज विशेष गीत हो, ‘अरेली काँडैले...’ ।
शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत यतिबेला टिकटक, युट्युबदेखि तीजविशेष कार्यक्रममा निकै चर्चामा छ ।
एक महिनाअघि सार्वजनिक यस गीतले शुरूआती दिनमा भने खासै चर्चा पाएको थिएन, यद्यपि विस्तारै टिकटकमा गीत हिट भएसँगै युट्युबमा गीत हेर्ने र सुन्नेहरूको संख्या ह्वात्तै बढेको छ ।
तीजको दिनसम्म यस गीतको भिडियोलाई १ करोड ३३ लाख प्लसले हेरिसकेका छन् ।
नेत्र अर्यालकै शब्द र खेम सेञ्चुरीको संगीत रहेको यस गीतमा श्यामश्वेत रसाइलीको 'एरेन्ज' छ । यसमा गायक प्रकाश सपूत र मोडल अञ्जली अधिकारीले नृत्य एवं अभिनय गरेका छन् ।
सुनिल विकले यसको भिडियो निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियो गायिका शान्तिश्रीकै अफिसियल युट्युबमा हेर्न सकिन्छ ।
३. जाले रुमाल फाट्यो...
गायक प्रकाश सपुतले यस वर्ष सार्वजनिक गरेको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ले औसत चर्चा पायो ।
उनले ९ दिनअगाडि दुई वर्षअघि सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागका रूपमा समीक्षा अधिकारीको स्वरमा यस गीत ल्याएका थिए ।
आफ्नै शब्द एवं संगीतमा उनले ल्याएको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ ।
साथमा अभिनेता गौरव पहारी, विशाल पहारीका साथमा प्रकाश स्वयंले अभिनय गरेका छन् । यो गीतले प्रकाशका अगाडिका गीतले जस्तो चर्चा पाएन ।
यद्यपि, गीत सार्वजनिक भएसँगै युट्युबको ट्रेन्डिङमा उक्लिन सफल रह्यो । सोमवारसम्म ६७ लाख भ्युज पाएको गीत अहिले पनि ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
उनकै कथा, निर्देशन एवं निर्माण रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।
४. तीज चाड नारीको ...
यस वर्ष चर्चामा रहेको अर्को गीत हो, ‘तीज चाड नारीको’ । डेढ महिनाअगाडि सार्वजनिक यो गीतको भिडियोले युट्युबमा ६१ लख प्लस भ्युज पाएको छ ।
यसमा १९ जना गायिकाको स्वर र त्यति नै संख्यामा मोडलको अभिनय हेर्न सकिन्छ । दुर्गा पौडेलको शब्द, खुमन अधिकारीको संगीत रहेको गीतलाई विनोद बाजुरालीले 'एरेन्ज' गरेका हुन् ।
गायक खुमन अधिकारी र सूर्य खड्काको पुरुष स्वर रहेको गीतमा शान्तिश्री परियार, समीक्षा अधिकारीदेखि अस्मिता डल्लाकोटीसम्मका १९ जना गायिकाले स्वर दिएका छन् ।
भिडियोमा पनि सम्झना बुढाथोकीदेखि करिश्मा ढकालसम्मका १९ जना मोडलले नृत्य गरेका छन् । शंकर बिसीको निर्देशन रहेको गीतले सार्वजनिक भएका शुरूआती दिनमा निकै चर्चा पाएको थियो ।
५. बलमा...
यस वर्ष धेरैले साउनमै तीजका गीत सार्वजनिक गरे । सार्वजनिकमध्ये अधिकांश तीज गीतले राम्रो चर्चा नपाउँदा स्रोता–दर्शकहरू विष्णु माझीको गीतको प्रतीक्षामा थिए ।
विष्णुले ११ दिन अगाडिमात्रै ‘पुतलीको भट्टी’ भाग १९ का रूपमा ‘बलमा...’ शीर्षकको गीत ल्याइन् । यद्यपि, उक्त गीत स्रोता दर्शकले अपेक्षा गरेअनुसार चर्चामा आउन सकेन ।
विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द एवं संगीत रहेको गीतको भिडियोमा यसपटक विनु सुवेदीले नृत्य गरेकी छिन् ।
यो गीतले विगतमा जस्तो चर्चा पाउन सकेन । फलस्वरूप गीतको भ्युज पनि अपेक्षित रहन सकेन । यो समाचार तयार पार्दासम्म यस गीतले ५२ लाख हाराहारी भ्युज पाएको छ ।
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...