×

NMB BANK
NIC ASIA

सर्भिस लेनमा रातो रंग

रत्नपार्क-सूर्यविनायक द्रुत बस : काठमाडौं-भक्तपुर सडकमा किन पोतियो रातै रंग ?

काठमाडाैं | असोज २, २०८०

NTC
Premier Steels

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइरहेको हो ।


Advertisment
Nabil box
Kumari

संविधान दिवसको दिन (भोलि)बाट द्रुत बससेवा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

Vianet communication

null

बिहान-बेलुका कार्यालय समयमा दुईतर्फ गरी २५ वटा बस सञ्चालन गर्ने तयारी भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

बुधवार संविधान दिवसको सार्वजनिक बिदा परेकाले उद्घाटनस्वरूप रत्नपार्कबाट २ वटा बस सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।   

बिहान ९ र ११ तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म सो लेनमा एम्बुलेन्स, दमकल, शवबाहन र स्टाफ बसबाहेक अन्य सवारी चल्न नपाउने पनेरुले बताए ।

किन पोतियो रातो रंग?

सामान्यतया रातो रंगलाई सडकमा सवारी रोक्ने वा निषेध गर्ने प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।

साथै रातो रंगमा निरन्तर हेरिरहन पनि नसकिने भएकाले यसलाई दृष्टि अनुकूल रंग मानिँदैन । यस्तोमा रातो रंग नै सडकमा किन पोतियो भनेर प्रश्न उठेको छ ।

null

'लेन मार्किङ'को काम गरेको सडक विभागले भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै रातो रंग लगाइएको बताएको छ ।

'रातो रंग इन्टरनेसनल स्ट्यान्डर्ड हो । विज्ञको रिकमेन्डेसन अनुसार नै प्रयोग गरेका हौं किनभने इन्टरनेसनल स्ट्यान्डर्ड त्यही रहेछ,' सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले लोकान्तरसँग भने ।

त्यस्त द्रुत बसहरू निश्चित स्टेसनमा मात्र रोकिने भन्दै उनले त्यसका लागि समेत मार्किङको काम भइरहेको बताए ।

null

'स्टप मार्किङको काम पनि भइरहेको छ, दुई/तीन दिनमा सबै काम भइसक्छ,' पोखरेलले लोकान्तरसँग भने ।

प्रहरी भन्छ, 'हामी कार्यान्वयन गर्ने निकाय मात्र हौं'

सडकमा रातो पोतिएको विषयमा जिज्ञासा राख्दा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले अनभिज्ञता प्रकट गरे ।

null

'विभागले बनाएको व्यवस्थालाई हामीले कार्यान्वयन गर्ने मात्रै हो, विभागले के हिसाबले सडक मार्किङ गरेको छ भन्ने विषय हामीलाई थाहा हुँदैन,' भट्टले भने, 'हामीले सोध्दा अन्तर्राष्ट्रिय अभ्यास भनेर बताउनुभएको छ ।'

द्रुत सेवाअन्तर्गत २५ वटा बस गुड्ने जानकारी आएको र आफूहरूले त्यसमा सहजीकरण गर्ने भट्टले लोकान्तरसँग बताए ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x