×

NMB BANK
NIC ASIA

टिप्पणी

‘एक भागवत र एक गीता’: यसकारण व्यापारमा चुक्यो चलचित्र

काठमाडाैं | असोज ६, २०८०

NTC
Premier Steels

एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृङला निर्माण गरिन् । उनले निर्देशन गरेका तीनवटै चलचित्र बक्स अफिसमा ‘हिट’ भए । 

Muktinath Bank

‘ए मेरो हजुर’को चौथो श्रृङखलापछि भने झरनाले ‘एक भागवत र एक गीता’ (परिमार्जित नाम) निर्देशन गरिन्, जुन चलचित्र अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, यसपटक भने झरनाले आफ्ना अगाडिका चलचित्रजस्तो सफलता पाउन सकिनन् । अघिल्ला चलचित्रबाट बम्पर ओपनिङको स्वाद चाखेकी उनले यसपटक कमजोर ओपनिङमै चित्त बुझाउनुपर्‍यो । 


Advertisment
Nabil box
Kumari

चलचित्रको व्यापार पछिल्ला दिनमा पनि सुखद् देखिएको छैन । व्यापार सुखद् नदेखिएपछि चलचित्रले दर्शक तान्न नसक्नुका कारणहरूबारे विभिन्न अड्कलबाजीहरू गरिएको छ । यहाँ पनि हामीले चलचित्र अपेक्षित नचल्नुका केही कारणहरू केलाउने प्रयास गरेका छौं । 

Vianet communication

लभस्टोरीबाट संवेदनशील कथातर्फ मोडिनु, कथावाचनमा चुक्नु
झरनाका यसअघिका तीनवटै चलचित्र लभस्टोरी जनरामा बनेका थिए । तर, यसपटक लभस्टोरीबाट बाहिर निस्किएर उनी सामाजिक कथातर्फ सोझिइन् । मैथली कथा र संस्कृतिलाई मूलधारमा समेट्दै यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील मुद्दामा ‘एक भागवत र एक गीता’ निर्माण गरिन् । यो प्रयासका लागि झरना प्रशंसाकी पात्रसमेत हुन् । 

null

यद्यपि, कथा वाचनमा चुक्न पुग्दा चलचित्रले उठाउन खोजेको मुल मुद्दाले दर्शकलाई केन्द्रित गराउन नसकेको हो कि भन्ने भान हुन्छ । 

लभस्टोरी चलचित्रका लागि चिनिएकी झरनाले फरक विषयमा चलचित्र बनाउनाले दर्शकले पहिलेजस्तो चासो नदिएका हुन् कि भन्ने टिप्पणीसमेत गर्ने गरिएको छ । 

‘ए मेरो हजुर’ भन्दा बाहिरी नाममा चलचित्र बनाउनु
हिट चलचित्रको नामलाई निरन्तरता दिँदा प्रचारप्रसारमा ठूलो टेवा पुग्ने विश्वास लिइन्छ । हिट चलचित्रको श्रृङ्खलाबाट सजिलै लगानी उठाउन सकिने मान्यता निर्माताहरूले राख्ने गरेका छन् । त्यसैले पनि निर्देशकहरू आफ्ना अगाडिका हिट चलचित्रको नामलाई निरन्तरता दिँदै आएका छन् । तर,  सिक्वेल बनाउँदा सिर्जनासमेत मर्न सक्ने कतिपय समीक्षकहरूले बताउने गरेका छन् । 

सिक्वेल आफैँमा नराम्रो नभए पनि ब्राण्ड भ्यालु बेच्नकै लागि सिक्वेल बनाउनु भनेको नाम भजाएर खानुजस्तै भएको तर्क उनीहरूले गर्ने गरेका छन् । झरनाको सन्दर्भमा उनले जुन ‘रिस्क’ लिएर ‘ए मेरो हजुर’ श्रृङ्खलाबाट बाहिर आइन्, त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । यद्यपि, ‘ए मेरो हजुर’को श्रृङ्खलालाई निरन्तरता नदिनुले व्यापारमा केही हदसम्म असर गरेको सहजै आकलन गर्न सकिन्छ ।

प्रचारप्रसारमा प्रर्याप्त समय दिन नपाउनु
यो चलचित्रले नामका कारण केही समय विवादको सामना गर्नुपरेको थियो । जसका कारण निर्माण टिम चलचित्र रिलिजको मुखमा धार्मिक संस्थासँग पटक–पटक छलफलमा बस्नुपरेको थियो । यसले चलचित्रको प्रचारप्रसार प्रभावित बनेको थियो । 

विवाद आउनुअगाडि पनि चलचित्रको प्रचारप्रसार राम्रोसँग हुन सकेको थिए । झरनाको विगतका चलचित्रको भन्दा यसपटकको प्रचारप्रसार निकै कमजोर लाग्थ्यो । 

यसर्थ, चलचित्रलाई दर्शकसम्म पुर्‍याउन प्रचारप्रसारमा प्रर्याप्त समय दिन नसक्दा त्यसको केही असर अहिले व्यापारमा समेत देखिन पुगेको अनुमान गर्न सकिन्छ । 

गीतसंगीत पक्षले कनेक्ट नगर्नु
कुनै समय गीत हिट भएको अवस्थामा चलचित्र नै हिट हुने सम्भावना बलियो हुन्थ्यो । त्यसैले अहिले पनि निर्माता/निर्देशक आफ्नो चलचित्रमा स्रोता–दर्शकलाई कनेक्ट गर्न सक्ने गीत होस् भन्ने चाहन्छन् । र, गीतका लागि निकै मेहनत समेत गर्ने गरेका छन् । झरना थापाको सन्दर्भमा पनि यसअघि ‘ए मेरो हजुर’को श्रृङखलाका गीतले राम्रो चर्चा पाएका थिए । 

null

यसपटक भने चलचित्रका गीतले त्यति साह्रो चर्चा पाउन सकेनन् । गीतसंगीत पक्षले स्रोता दर्शकलाई तान्न नसक्नुले पनि चलचित्रको व्यापार कमजोर हुनुमा केही हदसम्मको भूमिका खेलेको मान्न सकिन्छ ।  

अपेक्षित चलचित्रसँग एकैदिन रिलिज हुनु
गत भदौं २९ गते विपिन कार्की, सुहाना थापा, धिरन मगर अभिनित ‘एक भागवत र एक गीता’सँगै दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ पनि प्रदर्शनमा आएको हो । यी दुईलाई प्रतिक्षित चलचित्रका रूपमा चर्चा गर्ने गरिएको थियो । तसर्थ, अपेक्षित दुई चलचित्र एकैदिनबाट प्रदर्शनमा आउनुलाई पनि ‘एक भागवत र एक गीता’ले कमजोर व्यापार गर्नुको एउटा कारण मान्न सकिन्छ । त्यसमाथि शाहरुख खान स्टारर चलचित्र ‘जवान’को दबदबा पनि हलमा कायमै रहेको समयमा झरनाको चलचित्र प्रदर्शनमा आएको थियो ।

सकारात्मक प्रतिक्रिया नपाउनु
दुईवटा नेपाली चलचित्र एकैदिन रिलिज भए पनि यदि राम्रो प्रतिक्रिया पाएको भए ‘एक भागवत र एक गीता’को व्यापार सुखद् हुन सक्थ्यो । तर, यो चलचित्रले औसत मात्रै प्रतिक्रिया पायो । जुन प्रतिक्रियाले अगाडिका दिनमा दर्शकलाई हलसम्म तान्नमा अपिल गर्न सकेन । 

‘एक भागवत र एक गीता’ले अपेक्षित व्यापार नगर्नुमा विभिन्न कमी–कमजोरीहरू औल्याइए पनि चलचित्रभित्र रहेका थुप्रै राम्रा पक्षहरूको भने प्रशंसा गर्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x