माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नेताहरूले एकले अर्कालाई आरोप लगाउँदा धेरै प्रयोग गरिने शब्द हो, ‘तिमीहरूको मुटु हामीले छामेका छौँ ।’ खासमा नेताहरू कसैको मुटु छामेका हुँदैनन्, खाली उनीहरूले प्रतीकात्मक रुपमा मात्र छामेको कुरा गरेका हुन् । तर, विराटनगरका डाक्टर निकेशराज श्रेष्ठले भने साँच्चै नै धेरै जनताको मुटु छामिसकेका छन् । यसको अर्थ हो, उनले ६ हजारभन्दा बढी नागरिकको मुटुरोगीको उपचार गरिसकेका छन् । पूर्वतिर डा निकेशलाई ‘कलियुगकै भगवान्’ भनेर पनि सम्बोधन गर्ने गरिन्छ । तर उनले भने आफूलाई भगवान् नभई ‘मान्छे’ मात्रै भएको परिचय दिने गरेका छन् ।
डाक्टर बन्ने हुटहुटी
धरानको घोपा क्याम्प (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा जन्मिएका डा निकेश कोशी प्रदेशकै पहिलो सिनियर कन्स्ल्टयान्ट इन्टरभेसनल कार्डियोलोजिस्ट हुन् । उनका बुवा पनि डाक्टर थिए भने आमा नर्स थिइन् । आमा क्रोएसियन मूलकी हुन् । निकेशले कक्षा ३ सम्मको अध्ययन धरानको एक निजी विद्यालयबाट गरेका थिए । त्यसपछि उनले भारतको दार्जिलिङमा अध्ययन गरे । उनले दार्जिलिङबाट विद्यालय शिक्षा हासिल गरेका थिए ।
बुवा–आमा नै मेडिकल क्षेत्रका भएका कारण निकेशलाई पनि सानैदेखि डाक्टर नै बन्ने हुटहुटी थियो ।
‘बुवा–आमा नै मेडिकल क्षेत्रका भएकाले म सानैदेखि यही वातावरणमा हुर्किएँ । यसैकारण मलाई सानैदेखि डक्टर नै बन्नुपर्छ भन्ने सोच आयो,’ उनी भन्द्धन् । यही हुटहुटीलाई मेट्न निकेशले मणिपाल कलेज पोखराबाट एमबीएस गरे । इन्ट्रनसिप पनि उनले पोखराबाटै गरे । त्यसपछि उनले विसं २०५८ मा मेडिकल अधिकृतको रूपमा काम गर्न शुरू गरे । डेढ वर्षपछि उनी सिनियर मेडिकल अधिकृत बने । २०६३ मा एमडी गर्न सफल भए । यसपछि २०६३ देखि २०६६ सम्म उनले घोपा क्याम्पमा मुुटुरोगीको उपचार गर्न थाले ।
डा फिलिपसँगको त्यो भेट
काम गर्दै जाँदा निकेशको डा फिलिप अर्वनसँग भेट भएको थियो । फिलिपको ठूलो फाउन्डेसन थियो । उनको लक्ष्य नेपालमा क्याथ ल्याब स्थापना गर्ने भन्ने थियो । नेपालमा पनि गंगालाल हृदय रोग केन्द्रमा भर्खर मात्रै क्याथ ल्याब स्थापना भएको थियो । क्याथ ल्याबअनुसार उपचार गर्ने डाक्टर नेपालमा धेरै थिएनन् । औलामा गन्दा सकिने थिए । फिलिप स्विट्जरल्यान्डका नागरिक हुन् । उनले डा निकेशलाई स्विट्जरल्यान्डमा पढ्नका लागि आग्रह गरे । नेपालमा मुटुको उपचार सहजरुपले हुँदैन थियो भने विशेषज्ञ डक्टरको पनि अभाव थियो । यसैले उनी स्विट्जरल्यान्डमा अध्ययन गरेर नेपालमै फर्के । ‘डा फिलिपले मलाई स्विजरल्यानडमै बस्न पटक–पटक आग्रह गर्नुभएको थियो । तर मैले आफ्नै जन्मथलोमा फर्किने निर्णय गरेँ, उनी भन्छन् ।
निकेश आउँदासम्म घोपा क्याम्पमा मुटुको सामान्य उपचार मात्रै हुने गरेको थियो । त्यसबारे अध्ययन गरेर आएका उनले क्याथ ल्याबसम्बन्धी सेवा शुरू गर्न अनुरोध गरे । जनशक्ति तयार भएपछि उनकै हुटहुटीका कारण क्याथ ल्याबको स्थापना भयो । त्यहाँ केही वर्ष काम गरेपछि उनले विराटनगरको न्युरो अस्पताललाई आफ्नो कर्मथलो बनाए । उनी हाल त्यही कार्यरत रहेका छन् ।
हृदयाघात, मुटुको रगतका नशासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोग लगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिने उनी बताउँछन् । क्याथ ल्याब नयाँ खालको उपचार पद्धति भएकाले पनि ठूलो चुनौती रहेको उनी बताउँछन् ।
तर यसबारे बिरामीलाई बुझाउन नसकेको उनको गुनासो छ । ‘क्याथ ल्याबबारे बिरामीहरूलाई बुझाउन समस्या भएको छ,’ उनी भन्छन् । यसको भारतमा मात्रै राम्रो उपचार हुन्छ भन्ने मानसिकतालाई चिर्नका लागि यहाँ ठूलो संघर्ष गर्नु परेको उनी बताउँछन् ।
डाक्टरले मानिसलाई बचाउने भ्रमबाट मुक्त हुन उनी सर्वसाधारणलाई आग्रह गर्छन् । ‘हामीले मानिस बचाउन सकिँदैन, मात्र मुटु बचाउन सकिन्छ,’ उनले भने, ‘मुटु बचाउन सकियो भने अन्य रोगको उपचार गर्दैजाँदा निको हुँदै जान्छ ।’
तर धेरैले मुटुको मासु मरेपछि मात्रै मुटुको उपचार हुने अस्पतालमा बिरामी ल्याउने गरेका छन् । यस्तो अवस्थामा भने डाक्टरलाई अफ्ठयारो पर्ने उनी बताउँछन् । यसका बीच पनि उनीसँग क्रिटिकल बिरामी बचाएको अनुभव छ । डा निकेशले एउटा दृष्टान्त दिए । ‘केही समयअघि एकजना बिरामी विराटनगरको आरके अस्पतालमा भर्ना हुनु भएछ । जब बिरामी बाच्दैन भन्ने अवस्थामा पुगेपछि भेन्टिलेटरमै राखेर न्युरोमा अस्पतालमा ल्याइयो । हृदयघात भएको ५ दिनपछि न्युरोमा रिफर गराएर ल्याइएको रहेछ । उनका दुईवटा नली ब्लक थिए,’ घटना सम्झिँदै उनले भने, ‘हामीले ठूलो मेहनत गरेर भल्भ खोल्यौँ । अहिले पनि ती बिरामी फलो अपका लागि आइरहनु भएको छ ।’ यस्ता जटिल प्रकृतिका बिरामीको उपचारमा सफलता हासिल हुँदा आफूलाई धेरै खुसी लाग्ने उनी बताउँछन् ।
आफ्नै बुवाको उपचारको अनुभव
६ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेका डा निकेशसँग आफ्नै बुवाको उपचार गरेको अनुभव पनि छ । साथी डाक्टरका बुवा–आमाको समेत आफूले उपचार गरेको उनले सुनाए । अरु अस्पतालमा ठीक नभएका बिरामी अहिले डा निकेशकोमा आउने गरेका छन् ।
डाक्टरहरूले नै मुटुमा भएको समस्यालाई हेल्चेक्र्याइ गरिदिने गरेको उनको गुनासो छ । अरुले हेल्चेक्र्याइ गरेका बिरामीलाई पनि उनले उपचार गरेका छन् । हृदयाघात भएका बिरामीलाईसुई लगाएर उपचार गर्नु गलत भएको उनी बताउँछन् ।
साथै, कतिपय अस्पताल प्रशासनले सरकारले दिने १ लाख रुपैयाँका बारेमा केही नभनी दिँदा मुटुमा समस्या भएका आएका बिरामीहरू उपचार नै नगराइ घरमै बस्ने गरेको पाइएको उनको अनुभव छ । यसो नगर्न र आफूले राज्यबाट पाउने सेवा सुविधाबारे अपडेट हुन उनी सबैसँग आग्रह गर्छन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...