कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
गरम मसलाबिना दशैँको मासु अनिलो लाग्छ । यसैले दशैँमा सबैले गरम मसला किन्ने गरेका हुन्छन् । गाउँ होस् या शहर दशैँमा गरम मसलाले धेरै महत्व बोकेको हुन्छ र त यो बजारमा यसको व्यापार बढेको हुन्छ । सबै गरम मसलाका आ–आफ्नै विषेशता हुन्छन् । यी सबैले स्वास्थ्यसम्बन्धी महत्व बोकेका हुन्छन् । गरम मसला थरी–थरीका हुन्छन् ।
गरम मसलाको सुगन्धले सबैको घर आगन नै मगमग बनाउँछ । गरम मसलाको अर्थ तातो मसला भन्ने लाग्छ । हुन पनि अधिकांश गरम मसलाले हाम्रो शरीरलाई न्यानो बनाउन मद्दत पुर्याउछ । गरम मसलाको उत्पत्ति उत्तरी भारतबाट भएको इतिहास छ, जहाँ अत्यधिक जाडो हुन्छ । पछिल्लो समयमा आएर कुनै न कुनै परिकारमा विश्वर यो मसला प्रयोगमा आउन थालेको छ । स्वास्थ्यमा पनि गरम मसलाको धेरै फाइदा छ ।
शाकाहारी, मांसाहारी सबै परिकारमा गरम मसला प्रयोग गर्न सकिन्छ । मासुका परिकारमा त झन् गरम मसला हालिएन भने स्वाद नै खल्लो हुन्छ । चिया या खिर र मिठाइमा समेत गरम मसला प्रयोग हुन्छ । गरम मसला भारतमा अत्यधिक उत्पादन हुन्छ र विश्व बजारमा पुग्छ । हरेक गरम मसलाको आ–आफ्नै दर–भाउ र सुगन्ध रहन्छ । सबै परिकारमा एकै खालको गरम मसला हाल्न पनि मिल्दैन र मात्रा पनि फरक–फरक रहन्छ ।
खसीको मासुको कबाबमा धेरै गरम मसला प्रयोग हुन्छ भने कुखुराको करीमा केही कम मात्रामा यसको प्रयोग गरिन्छ । कुनै परिकारमा गरम मसलाको पाउडर हालिन्छ भने कुनै मा सिंगै हाल्नु पर्ने हुन्छ । भेज या ननभेज कुनै पनि बिर्यानी बनाउँदा अधिकांश गरम मसला हाल्नु पर्ने हुन्छ । अझ मटन बिर्यानी बनाउदा त झनै अतिरिक्त गरम मसला प्रयोग हुन्छ ।
तन्दुरी चिकन होस् या सेकुवा बनाउँदा थोरै मात्रामा भए पनि गरम मसला हालेन भने परिकारको बास्नामा धेरै फरक हुने मात्र होइन स्वाद नै अलिनो हुन जान्छ । दशैँको मासुमा त झन् गरम मसलाले ठूलो महत्व बोकेको हुन्छ । दशैँका अन्य समान किन्न छोडेर भए पनि गरम मसला किन्नै पर्ने हाम्रो परम्परा छ । दशैँ शहरबाट गाउँ जाँदा पनि सबैभन्दा पहिला हामी गरम मसला नै किन्छौ र बुज्रुकहरूको माग पनि त्यही हुन्छ ।
के–के हुन्छ त यसमा ?
बजारमा थरी–थरीका गरम मसला पाइन्छन् । छुट्टाछुट्टै, मिक्समा पाउडर या दानामा सबै खालका किन्न पाइन्छ । गरम मसला दर्जनौं किसिमका हुन्छन् । जिरा, धनिया, सुकाएको अदुवा (सुठो), सुकाएको लसुन, सुकाएको खुर्सानी, मरिच, पिप्ला, सोप, ल्वाङ, सुक्मेल, दालचिनी, अलाइँची, जाबित्री, जाइफल, तेजपात, चक्रफुल, पथ्थर फूललगायत सबै गरम मसला भित्र पर्छन् ।
सुकाएर राखिएका यी गरम मसला बजारमा सहज किन्न त पाइन्छ तर गुणस्तर रोज्न भने अली कठिन हुन्छ । कतिपय गरम मसलाको दानाको सुगन्ध निकालिएको पनि पाइने गरेको छ । तसर्थ दशैंको गरम मसला किन्दा निकै होस् पुर्याउनु पर्ने हुन्छ । गरम मसलाको धुलो किन्नुभन्दा दाना किन्नु उत्तम हुन्छ र यदी आफूले धुलो प्रयोग गर्ने चलन छ भने आफैँले हल्का तताएर पिस्दा राम्रो हुन्छ ।
स्वाद र सुगन्धका लागि प्रयोग गरिने आफैँले बनाएको गरम मसला हावा नछिर्ने डब्बामा बिर्को लगाएर राख्नु पर्छ । गरम मसलाको मिक्स बनाउँदा सबैको मात्रा मिलाउनुपर्ने हुन्छ, नत्र परिकारमा यसको सिधै असर पर्छ र स्वाद भिन्न हुन जान्छ । कुन परिकारमा कुन गरम मसला कति मात्रामा प्रयोग गर्ने भन्ने पनि ज्ञान हुन जरुरी हुन्छ । सबै मासु या सब्जीमा एकै खालको गरम मसला जाँदैन । परिकारअनुसार फरक र मात्रा पनि भिन्न हुन्छ ।
सामान्यतया गरम मसला कुनै पिरो खुर्सानीजस्तो त हुँदैन, तर हल्का पिरो, गुलियो र सुगन्धित हुन्छ । यसको काम शरीरमा न्यानो राख्नु मात्र नभएर जिब्रोमा स्वाद दिनु पनि हो । धुलो गरम मसला प्रयोग गर्ने हो भने परिकार पाक्न लागेको समयमा हाल्नु पर्छ । यस्तो अवस्थामा यसको सुगन्ध अझ बढी आउँछ र परिकार झन् ताजगी लाग्छ । यदि, तपाईंले खसीको पक्कु या भुटुवा बनाउँदै हुनुहुन्छ भने शुरूको अवस्थामा गरम मसला नहाल्नुस् । हालेमा एकातिर डढ्ने डर हुन्छ भने अर्कोतर्फ मासुको परिकारको सुगन्धी र ताजापनमा कमी आउँछ । पट–पट गरेर पाक्न लागेपछि निकाल्ने बेलामा हल्का गरम मसलाको पाउडर छरेर राम्ररी चलाएर पस्कनुभयो भने उत्तम रहन्छ ।
(पोषणबारे जानकार तथा सेफसँगको कुराकानीमा आधारित ।)
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...