×

NMB BANK
NIC ASIA

शुल्क वृद्धि विवाद

विद्यार्थी संगठन र क्याम्पसको अडानले इन्जिनियरिङको प्रवेश परीक्षा प्रभावित: १० हजार विद्यार्थीको भविष्य अन्योलमा

काठमाडाैं | असोज १८, २०८०

NTC
Premier Steels

अस्वाभाविक ढंगले गरिएको शुल्क वृद्धिपछि सिर्जित तनावका कारण इन्जिनियरिङ अध्ययन गर्न चाहने १० हजार बढी विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सिर्जित तनावका कारण प्रवेश परीक्षासमेत हुन नसक्दा हजारौं विद्यार्थीको भविष्य अन्योलमा परेको हो । पटक-पटक मिति तोकिए पनि प्रवेश परीक्षा हुन सकेको छैन । पुरानै शुल्कमा अध्यापन हुनुपर्ने विद्यार्थीहरूको माग र शुल्क वृद्धि गरेरै छाड्ने क्याम्पस प्रशासनको अडानका कारण प्रवेश परीक्षा प्रभावित हुँदै आएको छ ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज १७ गते डीनको कार्यालयले आधिकारिक सूचना जारी गरेर अर्को सूचना नआउञ्जेलसम्म लागि प्रवेश परीक्षा स्थगित गरेको थियो । प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएका कारण अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगन गरिएको डीन कार्यालयले जनाएको छ । यसअघि प्रवेश परीक्षा असोज २२ गतेका लागि निर्धारण गरिएको थियो । यो विषय गिजोलिँदै जाँदा इन्जिनियरिङ संस्थान पुल्चोक क्याम्पसका तीनजना सहायक क्याम्पस प्रमुख, ६ जना विभागीय प्रमुख, १२ जना सहायक विभागीय प्रमुख र २३ जना कार्यक्रम संयोजकले पदबाट राजीनामा दिएका छन् । त्यसैगरी प्रवेश परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरूले समेत पदबाट राजीनामा दिएका छन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

पुल्चोक क्याम्पसका प्राध्यापक संघका अध्यक्षसमेत रहेका एप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभाग प्रमुख प्रा. डा. हेमराज पन्तले विद्यार्थी नेताहरूका कारण राजीनामा दिएको बताए । स्ववियुले संस्थानका डीन र सहायक डीनलाई बन्धक बनाएर जबरजस्ती पुरानो शुल्कमा प्रवेश परीक्षा लिने सूचनामा हस्ताक्षर गराएका कारण सामूहिक राजीनामा दिएको उनले बताए । 'अहिले क्यामपस प्रमुख यहाँ हुनुहुन्न, विदेश जानुभएको छ, त्यसैले हामी सबै जनाले निमित्त क्याम्पस प्रमुखलाई राजीनामा बुझाएका छौं,' डा. पन्तले लोकान्तरसँग भने, 'क्याम्पस प्रमुख फर्किएपछि निमित्त क्याम्पस प्रमुखले पनि क्याम्पस प्रमुखलाई राजीनामा गर्ने, क्याम्पस प्रमुखले डीनलाई राजीनामा बुझाउने र सहायक डीनले डीनकहाँ र डीनले विश्वविद्यालयको उपकुलपतिकोमा पुगेर राजीनामा बुझाउने तयारी छ ।'

असोज १७ गते निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले सूचना नै जारीगरी सबैले राजीनामा दिएको जनाएका छन् । सामूहिक राजीनामामा वार्ताको औचित्य समाप्त भएको भन्दै संस्थान कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्क बमोजिम परीक्षा सञ्चालन गर्न माग गरिएको छ । 

तीन वटै क्याम्पसका प्राध्यापक संघका सभापति, कर्मचारी संघका सभापति र स्ववियु सभापतिसहित ११ सदस्यीय कमिटीले १३ वर्षमा नाफा पुर्‍याउनेगरी ५ लाख ५४ हजार रुपैयाँ शुल्क कायम गरेको थियो ।

null

लफडाको भित्री कारण

शैक्षिक सत्र २०८०/८१ को स्नातक (बीई/बीआर्क) तहका विभिन्न कार्यक्रम लागि २०८० असोज २२ गतेदेखि पुरानै शुल्कमा प्रवेश परीक्षा सञ्चालन हुने भन्दै त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानले असोज १५ गते सूचना प्रकाशन गरेको थियो । असोज १५ गते संस्थानका डीन प्रा. डा. शशीधरराम जोशीको हस्ताक्षरमा पुरानै शुल्कमा प्रवेश परीक्षा लिइने व्यहोरा सहितको सूचना सामाजिक संजालमा राखिएको थियो । 'इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको फारम २०८० असोज १७ देखि १९ गते सम्म फारम भर्ने समय थप गरिनुका साथै २०८० असोज २२ गते देखि प्रवेश परीक्षा संचालन गर्ने व्याहोरा समेत सम्बन्धित सबैको लागि जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको थियो । सूचना सामजिक सञ्जालमा पोस्ट गरिएको सूचना संस्थानको वेब साइटमा भने राखिएको छैन ।

null

त्यसको भोलिपल्ट असोज १६ गते पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरू प्रा. डा. हेमराज पन्त, सह प्राध्यापक डा. संजय उप्रेती, सहप्राध्यापक डा. इन्द्रप्रसाद आचार्य, सहप्राध्यापक डा. ज्योति तन्डुकार, सहप्राध्यापक डा. क्षितिज चरण श्रेष्ठ, उपप्राध्यापक डा. सुदिप भट्टराई, उपप्राध्यापक युवराज अधिकारी, कर्मचारी संघका सभापति पुरुषोत्तम कार्की र सचिव बेदबहादुर खडकाले सामूहिक राजीनामा गरेका थिए ।

सोही दिन प्रवेश परीक्षा सञ्चालन गराउन नसकिने भन्दै परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. सुशीलबहादुर बज्राचार्य,  सदस्यहरू सहप्राध्यापक डा. संजिव प्रसाद पाण्डे, उपप्राध्यापक किरण चन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल, सल्लाहकार  रहेका सहायक डीन सहप्राध्यापक डा. सुरज लामिछाने र प्राध्यापक डा. हिक्मत राज जोशीले राजीनामा दिएका थिए ।

असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने पदाधिकारीहरूले नै सामूहिक राजीनामा गरेपछि अन्ततः डीन जोशीले असोज १७ गते सूचना प्रकाशित गरी अर्को सूचना नआउन्जेलसम्म प्रवेश परीक्षा स्थगित गरेका हुन् ।  संस्थानको ५ वटा आंगिक र १० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

डीनको सूचनालाई लिएर विवाद

पुरानै शुल्कमा परीक्षा सञ्चालन हुने भनेर सामाजिक सञ्जालमा पोस्ट गरिएको सूचनामा हस्ताक्षर डीनकै भए पनि संस्थानले भने आधिकारिक रूपमा सूचना प्रकाशन नगरेको पुल्चोक क्याम्पसका प्राध्यापक संघका अध्यक्ष पन्त बताउँछन् । 'विद्यार्थी नेताहरूले डीन जोशी सर र सहयक डीन सुशील बज्राचार्य सरलाई बन्धक बनाएर जबर्जस्ती सूचनामा सही गर्न लगाएर आफैले सूचना सामाजिक सञ्जालमा राखेका हुन्,' पन्तले भने, 'त्यसबारे डीन सरले हामीलाई जानकारी गराएपछि हामी सबै विभाग प्रमुखसहित विभिन्न जिम्मेवारी पाएकाहरूले सामूहिक राजीनामा गरेका हौँ ।'

null

घटनाबारे पन्तले यसरी सुनाए:

null

'असोज १५ गते सहायक डीन सुशील बज्राचार्यको पहलमा पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल, थापाथली क्याम्पसका स्ववियु सभापति पुस्कर शाही र धरान क्याम्पसका स्ववियु सभापति नविन श्रेष्ठलाई लिएर डीन सरसँग छलफल गर्न शिवपुरी डाँडा पुग्नुभएको थियो । समस्या समाधानका लागि छलफल गर्नगि उहाँले पहल लिनुभएको थियो । बाटोबाटै नै डीन सरलाई पनि पिक गरेर शिवपुरी लगिएको थियो । त्यहाँ पुग्दै १०/१२ जना विद्यार्थीहरू आए र केही समयपछि थप २०/२५ जना विद्यार्थीहरू आएर डीन सर र सहायक डीन सरलाई घेरेर बन्धक बनाए । पुरानै शुल्कमा प्रवेश परीक्षा लिने भनेर सूचनामा जबरजस्ती हस्ताक्षर गर्न लगाए । हामीले साइन गर्दैनौं भनेपछि धाकधम्की दिनुका साथै ती विद्यार्थीहरूले गालीगलौज गर्न लागे । बाध्य भएर डीनसरले हस्ताक्षर गरिदिनु भयो । त्यसपछि स्ववियु सभापति विराजले उक्त सूचना अपलोड गर्न राति ११ बजे क्याम्पसका स्टाफलाई दबाब दिए । आज हुँदैन, भोलि १० बजे अपलोड गर्ने भनेपछि उनी मानेका थिए । यी सबै कुरा हामीलाई डीन सरले पछिल्लो दिन मिटिङमा सुनाउनुभयो । त्यसपछि हामीले त्यही बैठकबाट सामूहिक राजीनामा दियौं ।'

पन्तले जबरजस्ती हस्ताक्षर गर्न लगाएर सूचना जारी गर्न लगाएको दाबी गरे पनि पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल भने प्रहरी प्रशासनकै उपस्थितिमा सहमतिमा डीनले हस्ताक्षर गरेको दाबी गरे । 'हामी १ बजे नै शिवपुरी डाँडाको ग्रीन भिलेज रिसोर्टमा बसेर छलफल गरेका थियौं । त्यहाँ प्रहरीको पनि उपस्थिति थियो । प्रहरीले पनि अपडेट लिइरहेका थिए,' अर्यालले लोकान्तरसँग भने, 'त्यहाँ सहमतिमै सूचनाको मस्यौदा गर्ने काम भएको थियो । त्यसपछि ७ बजे डीन कार्यालयमा आएर मस्यौदामा डीन सरले सहमतिमै हस्ताक्षर गर्नुभयो ।' राति ९ बजे डीनले संस्थानको वेबसाइटमा अपलोड गर्न स्टाफलाई निर्देशन पनि दिएको उनले खुलाए । 'अपलोड गर्ने स्टाफ आज छैन । भोलि अपलोड गर्ने भन्ने कुरा भएको थियो । हामीले कुनै पनि किसिमको गालीगलौज, धाक धम्की दिएका छैनौं,' अर्यालले अगाडि भने, 'त्यहाँ केही स्वार्थ समूह भएका प्राध्यापकहरूको चलखेलले १० हजार बढी विद्यार्थीहरूको भविष्य अन्यौलमा परेको छ ।'

null

पुरानै शुल्कको अडानबाट कुनै पनि हालतमा आफूहरू ब्याक नहुने उनले दोहोर्‍याए । 'उहाँहरूले सक्नुहुन्न भने पदबाट मात्र होइन जागिरबाट पनि राजीनामा दिए हुन्छ । त्यसपछि निकास निस्किन्छ,' अर्यालले लोकान्तरसँग भने, 'की त उहाँहरूले निकास के हो भन्नु पर्‍यो । मेरो गोरुको बार्है टक्का भनेर अनिर्णयको बन्दी त बनाउनु भएन । राजीनामा दिएर गए नियुक्ति खान सयौं मान्छे तयार छन्, ती आउने मानिसले निकास दिन्छन् ।'

स्ववियु सभापति अर्याल र प्राध्यापक संघका अध्यक्ष पन्तको आ-आफ्नै जिकिर रहे पनि त्यस विषयमा डीन र सहायक डीनको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । बुधवार डीन तथा सहायक डीनको कार्यालय पुग्दा कार्यकक्षमा ताला लागेको थियो । डीनको नेमप्लेट ढोका अगाडिकै कुर्सीमा राखिएको थियो भने सहायक डीनहरूको नेम प्लेट ढोका अगाडि भुइँमा राखिएको थियो ।

null

गत भदौ ६ गतेदेखि नै डीन र सहायक डीनको कार्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले गरेको तालाबन्दी हालसम्म यथावत रहेकाले कार्यालय नखुलेको एक कार्यालय सहयोगीले बताए ।

के हो शुल्कको लफडा ?

२०५३/०५४ सालदेखि इन्जिनियरिङ संस्थान मातहतका क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँ शुल्क तोकिएको छ । उक्त शुल्कमा संस्थानकै क्याम्पसमा पनि व्यापक घाटा भइरहेको भन्दै शूल्क बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको थियो । संस्थानको पुल्चोक क्याम्पस प्राध्यापक संघका अध्यक्ष पन्तका अनुसार २०५३ सालको ३ लाख १८ हजार अहिलेको समयमा पनि कायम राख्दा शिक्षक, कर्मचारीको तलबसमेत खुवाउन नसकेर क्याम्पस घाटामा गएको हो । '२०५८ सालमा म नियुक्त हुँदा मेरो तलब ८ हजार रुपैयाँ थियो, अहिले ७० हजार रुपैयाँ पुगेको छ । तर, विद्यार्थीको शुल्क यथावत हुँदा करारमा नियुक्त गरिएका कार्मचारी तथा शिक्षकको तलब खुवाउन सकिएको छैन,' पन्तले लोकान्तरसँग भने, 'त्रिभुवन विश्वविद्यालयले स्थायी कर्मचारीको मात्र तलब दिने गरेको छ  । स्थायी कर्मचारीहरू क्रमशः अवकाश हुँदै जाँदा निजी स्रोतबाट शुल्क लिएर नै करारका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउनु परेको छ ।'

पुल्चोक क्याम्पसमै वार्षिक ९ करोड रुपैयाँ घाटा भइरहेकोले नाफामा जाने गरी शुल्क बढाइएको उनले बताए । २०७९ फागुनतिर साहयक डीन सुशील बज्राचार्यको अध्यक्षतामा गठित कमिटीले ७ लाख ७५ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । ५ वर्षमा क्याम्पस नाफामा जाने हिसाब गरी उक्त शुल्क निर्धारण गरिएको पन्तले बताए । पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, धरान क्याम्पसकका सहायक डीन, क्याम्पस प्रमुखसहितको टोलीले उक्त शुल्क कायम गरी बुकलेट सार्वजनिक गरेको थियो । त्यसपछि तीनवटै क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले वृद्धि गरिएको शुल्क फिर्ता लिन भन्दै विरोधका कार्यक्रम गरे । तालाबन्दीसमेत गरे ।

null

उक्त विषय त्रिविका उपकुलपति हुँदै कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पनि पुग्यो । मिलाएर लैजान प्रधानमन्त्रीले उपकुलपतिलाई निर्देशन दिएका थिए । त्यसपछि सह प्राध्यापक डा. हरिराम पराजुलीको संयोजकत्वमा एउटा अर्को कमिटी बन्यो । तीन वटै क्याम्पसका प्राध्यापक संघका सभापति, कर्मचारी संघका सभापति र स्ववियु सभापतिसहित ११ सदस्यीय कमिटी बनेर ५ वर्षको साटो १३ वर्षमा नाफा पुर्‍याउनेगरी ५ लाख ५४ हजार रुपैयाँ शुल्क कायम गरेको थियो । 'उक्त शुल्क कायम गर्दा पुल्चोक क्याम्पसका स्ववियु सभापति विराज अर्याल गएनन् । थापाथली र धरान क्याम्पसका स्ववियु सभापति पुगेका थिए । सबै निर्णयमा सहजकर्ताको रूपमा सहयोग पनि गरेका थिए तर, निर्णयमा भने हस्ताक्षर गरेनन्,' प्राध्यापक संघका सभापति पन्तले लोकान्तरसँग भने ।

पुल्चोक क्याम्पसमा बीई तहमा एउटा विभागको ४८ वटा सीट संख्यामा ५० प्रतिशत छात्रवृति छ भने ५० प्रतिशतमा विद्यार्थीले शुल्क तिरेर पढ्छन । 'स्नातक तहको नयाँ कार्यक्रमहरूमा भने २५ प्रतिशत मात्र छात्रवृति छ, ७५ प्रतिशत शुल्कमै पढ्छन्,' पन्तले लोकान्तरसँग भने,'स्नातक तहमा एक ब्याचमा कुल ६२४ जना विद्यार्थी हुन्छन् ।'

आर्किटेक्टमा भने ८ र १० सेमेस्टर गरी विद्यार्थीलाई पढाउनु पर्दा कलेजलाई घाटा हुने गरेको उनले बताए । स्नातकोत्तर तहमा भने २ वर्षको साढे ३ लाख रुपैयाँ शुल्क लिने गरिएको उनले बताए । स्नातकोत्तर तहमै  स्पोन्सर्ड कोर्सको भने साढे ६ लाख रुपैयाँ लिने गरिएको छ । कुनै सरकारी कर्मचारीलाई सरकारले नै पढाउन स्पोन्सर गर्दा उक्त शुल्क लिने गरिएको छ । एक वर्षमा स्नातकोत्तरको एउटा ब्याचमा ५ सय विद्यार्थी अध्ययनरत रहेको उनले बताए । स्नातकोत्तर तहमा ५ जना विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने गरिएको छ ।

त्यसै गरी पीएचडीमा पनि पुलचोक क्याम्पसमा १ सय विद्यार्थी अध्ययनरत छन् । प्रति सेमेस्टर ५५ हजार रुपैयाँ गरी ५ वर्षमा १० सेमेस्टरको साढे ५ लाख तथा थप ५० हजार गरी ६ लाख रुपैयाँ पीएचडी अध्ययनरत प्रति विद्यार्थीबाट लिने गरिएको पन्तले खुलाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x