फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
विराटनगरका राजेन्द्र राउत नेपालको पहिलो पिँढीका उद्योगीका रूपमा चिनिन्छन् । उनै पहिलो पिँढीका उद्योगीलाई पालो दिने पुस्ता पनि विराटनगरमा तयार भएको छ । ती अरू कोही नभएर उनका २ छोरा प्रतीक र प्रत्युस हुन् ।
प्रतीक राउत ३२ वर्षका भए भने उनका भाइ प्रत्युस ३१ वर्षका मात्रै छन् । उनीहरू बुवा राजेन्द्रले सञ्चालन गरेका उद्योगहरू धानिरहेका छन् । अहिले राउत दाजु–भाइको ध्यान नेपाली उद्योगलाई कसरी माथि लाने भन्नेमा छ ।
फूटबलर थिए बुवा राजेन्द्र
राजेन्द्र देशकै सबैभन्दा सफलमध्ये एक फूटबल क्लब मनाङ–मस्र्याङ्दीका पूर्वखेलाडी हुन् । उनी एक सफल फूटबलर बन्न चाहन्थे । अर्कोतिर उनका बुवा दलबहादुर छोरा व्यवसायी बनेको देख्न चाहन्थे । बुवाको कुरा काट्न नसकेपछि राजेन्द्रले खेलकुद र व्यवसाय सँगसँगै लैजाने निर्णय भए । गरे । उनी दुवैतिर सफल पनि भए ।
यसरी बने उद्योगी
२०४२ सालमा राजेन्द्रले काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरेका थिए । राजेन्द्रले त्यही गार्मेन्ट उद्योग २० वर्षसम्म चलाए । उनले त्यही गार्मेन्ट उद्योगलाई दुअबीको मोरङ–सुनसरी करिडोरमा सारेका थिए । उद्योग चलाइरहेका बेला भएका राजनीतिक आन्दोलन, बन्द, हडताल, चक्काजाम जस्ता कारणसँग सामना गर्दै आएका राजेन्द्रले अमेरिका सामग्री पठाउने गरेका थिए । यो गार्मेन्ट उद्योग बन्द गरेर सिमेन्ट उद्योग खालेका थिए । मारुती सिमेन्ट निजी क्षेत्रकै पहिलो सिमेन्ट भएको उनले जानकारी दिए ।
हाल राजेन्द्रका १४ वटा उद्योग सञ्चालनमा छन् । उनले १ हजारलाई रोजगारी दिएका छन् । धेरै जिम्मेवारीमा पनि छन् ।
उनी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य, साफ चेम्बरको केन्द्रीय सदस्य, नेपाल सरकारको लगानी बोर्डका सदस्य, तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार तथा उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका अध्यक्षसमेत हुन् ।
आफू धेरै जिम्मेवारीमा भएपछि राजेन्द्रले उद्योग चलाउने जिम्मेवारी छोराहरूलाई दिएका छन् ।
उद्योग छोराहरूमा सरुवा
मारुती सिमेन्ट उद्योगको जिम्मेवारी अहिले उनकै कान्छा छोरा प्रत्युसले सम्हालिरहेका छन् । जेठा छोरा प्रतीकले भने शिवम् अर्गनाइजेसनको नेतृत्व गरिरहेका छन् । प्रतीकले ८ वर्षदेखि उद्योगको नेतृत्व सम्हालेका हुन् । भाइ प्रत्युसले भने ६ वर्षदेखि उद्योग हेरिरहेका छन् । दुवैजना दाजुभाइले सर–सल्लाह गरेर नै काम गरिरहेका छन् । ‘बुवाको सल्लाहबमोजिम नै हामी दाजुभाइ अगाडि बढ्छौं,’ प्रतीकले भने, ‘कुनै दाजुले र कुनै भाइले हेरे पनि कति उद्योगमा त हामी सँगै काम गर्छौं ।’
दाजुभाइले अन्नपूर्ण सिमेन्ट र मारुती सिमेन्टका लागि चुनढुङ्गा उत्पादन गर्ने गरेका छन् । शिवम् फुटकर उद्योग (जुता चप्पल बनाउने) तथा राउत सर्भिस कन्स्ट्रक्सन पनि उनीहरूले सञ्चालनमा ल्याएका छन् ।
दाजु प्रतीकले फुटकर उद्योग हेर्ने गरेका छन् भने भाइले सिमेन्ट उद्योग चलाउँछन् ।
बाल्यकालमा २ दाजुभाइ एकदमै मिल्थे । उमेर पनि १ वर्षको मात्रै फरक छ । यसैले दाजु जता–जता जान्थे, भाइ पनि उतै–उतै पछ्याउँदै जान्थे ।
अहिले बिजनेसमा पनि उस्तै भएको उनीहरू बताउँछन् । संघर्ष गरेपछि मात्रै सफलता मिल्छ भन्ने दाजुभाइको योजना रहेको छ । ‘डोकोमा दूध दुँदा अडिँदैन, त्यसका लागि बाल्टी नै चाहिन्छ’ भनेर उनीहरू लागिपरेका छन् । बुवाले स्थापना गरेका उद्योगलाई थप अघि बढाउन उनीहरू दुवै उत्तिकै मेहनत गर्छन् । मजदुरसँगै बसेर काम गर्छन् ।
बुवाको संघर्षको सम्झना
प्रतीक–प्रत्युस दुवैले भारतको बैंगलोरस्थित जेनरल युनिभर्सिटीबाट बिजनेसमा स्नातकोत्तर गरेका छन् । यद्यपि, दाजुभाइ नै पढाइ र व्यवसाय फरक भएको बताउँछन् । पढाइले मात्रै व्यवसायका लागि पर्याप्त नहुने उनीहरूको बुझाइ छ । बिजनेसका लागि योजना बनाउने नै सफल हुने उनीहरूको तर्क छ । ‘बिजनेसका लागि पढाइ सामान्य हो,’ दाजु प्रतीक भन्छन्, ‘बिजनेस सजिलो बाटो नभए पनि यसमा सहजता अपनाउनु पर्छ ।’
बुवाहरूले पनि सजिलो बाटो नअपनाएको प्रतीकले सम्झिए । ‘उहाँले ठूलो संघर्षबाट नै आफ्नो काम गर्नुभएको हो । उहाँजस्तै धेरैजसो उद्योगी–व्यापारीले आउने पिँढीलाई सहज बनाउन नै संघर्ष गरिरहनुभएको थियो । हुन पनि उद्योगी–व्यापारीले आफूलाई भन्दा आउने पिँढीलाई नै संघर्ष गर्ने गर्छन्,’ उनले भने ।
१५ वर्षअघि बुवाले गरेको संघर्षले अहिले आफूहरूलाई सहज भएको प्रतीक र प्रत्युस बताउँछन् । विभिन्न समयमा भएका राजनीतिक परिवर्तन तथा उद्योग क्षेत्रमा भएका आन्दोलन र समस्याले ग्रस्त भएका बेला बुवाले ठूलो संघर्ष गरेर उद्योग क्षेत्र बचाएको उनीहरूले स्मरण गरे ।
‘हामीले बुवा–आमाले सञ्चालन गरेका उद्योग–धन्दा सञ्चालन गर्दै लग्यौं भने पारिवारिक लिगेसी पनि बढ्छ,’ प्रत्युस भन्छन्, ‘तर बुवाले संघर्ष गर्नु भएकै छ भनेर हामी त्यतिकै रमाउन थाल्यौँ भने पछिल्लो पिँढीले झन् ठूलो संघर्ष गर्नुपर्ने हुन्छ ।’
अघिल्लो पुस्ताले गरेको संघर्षलाई निरन्तरता नदिँदा धेरै मानिस बिचल्ली भएको आफूले पाएको उनले सुनाए । ‘पहिला हजुरबाका पालामा मेरो यति बिगा जग्गा थियो, मदिरा सेवन गरेर र जुवा–तास खेलेर सकेँ अहिले भाडामा छौं भनेर मलाई धेरैले भन्ने गरेका छन्,’ उनले थपे, ‘उद्योग–धन्दा क्षेत्र पनि यस्तै हो भन्नेमा हामी सचेत छौं ।’
बुवा–आमाकै देनका कारण आफूहरू विदेश पलायन हुनबाट बचेको पनि दाजुभाइ सगर्व सुनाउँछन् । ‘बुवा र उहाँका साथीहरूले स्वदेशमै गरेको संघर्षका कारण हामी यही बस्ने वातावरण बन्यो,’ प्रतीकले भने ।
यद्यपि, आउने पिँढीलाई विदेश पलायन हुनबाट कसरी रोक्ने भन्ने चिन्ता रहेको उनीहरूको गुनासो छ ।
‘हामीलाई नेपालमै बस्ने वातावरण बनाउन योभन्दा १०/१५ वर्षअघिको रोडम्यापले काम गरेको छ । त्यसको आउटपुट हामी हो । अरू अभिभावकले पनि यस्तै वातावरण बनाउँन्,’ प्रत्युस थप्छन् ।
आर्थिक मन्दीबारे...
पछिल्लो समय देशमा आर्थिक मन्दी छ । यसले उद्योग धन्दालाई पनि अप्ठ्यारो परेको बताइन्छ । अहिलेमात्रै आर्थिक मन्दी भएको दाजु प्रतीक स्वीकार्दैनन् । आफूले उद्योग सम्हालेदेखि नै यस्तो भएको उनी बताउँछन् । यो वर्षभन्दा अर्काे वर्ष धेरै समस्या आउँछ भन्ने गरेको सुनेको उनले बताए । ‘अमेरिका होस् या अस्ट्रेलिया वा बंगलादेश जुनसुकै देशमा पनि आर्थिक संकट हुन सक्छ,’ उनले भने, ‘हामीले कति धैर्य गर्ने भन्नेमात्रै हो । हामी कति संघर्ष गर्न सक्छौ भन्ने हो ।’
अर्थतन्त्रको भविष्यबारे अहिलेदेखि नै सोचेर सोहीअनुरुप अगाडि बढ्नुपर्ने प्रतीकको भनाइ छ । ‘आगामी वर्षमा अझ गाह्रो हुन्छ भन्ने थाहा भएपछि त्यसबारे अहिले नै अध्ययन गर्नुपर्छ, तयारी गर्नुपर्छ,’ उनले थपे । सहजतालाई लिएर अगाडि बढ्यो भने मानिस निराशामा जान सक्नेतर्फ उनले सचेत गराए ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...