×

NMB BANK
NIC ASIA

नेपाली टिकटकर आयुषले पाकिस्तानी युवतीसँग इन्गेजमेन्ट गरेपछि ओलीको प्रतिक्रिया– मायाले जाति, धर्म र देशको सीमाको पर्खाल नाघ्छ

काठमाडाैं | असोज २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इन्गेजमेन्ट (टिकाटालो) गरेका नेपाली टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानी युवती अलिजेह जमालीलाई बधाई दिएका छन् । उनले शनिवार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । 

Muktinath Bank

बधाई दिँदै ओलीले मायाले जाति, धर्मको र देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले दूबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृतिअनुसार इन्गेजमेन्ट गरे,’ उनले फेसबूकमा लेखेका छन्, ‘मायाले जाति, धर्म र देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’


Advertisment
Nabil box
Kumari

चर्चित नेपाली टिकटकर आयुष ठकुरीले शुक्रवार दूबईमा प्रेमिका तथा पाकिस्तानी टिकटकर अलिजेहसँग इन्गेजमेन्ट गरेका थिए । 

Vianet communication
Laxmi Bank

आयुष र अलिजेहले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका हुन् ।

एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । उक्त समारोहमा अलिजेहका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।

नेपालका आयुष र पाकिस्तानकी अलिजेह टिकटक लाइभबाट जोडिए प्रेम सम्बन्धहुँदै इन्गेजमेन्टसम्म पुगेका हुन् । पछिल्लो समय यी दुवै दूबईमा बस्दै आएका थिए । 

आयुष हिन्दू हुन् भने अलिजेह मुस्लिम । यी दुई प्रेममा परेको थाहा पाएपछि पाकिस्तानमा कतिपयले धर्मको सवाल उठाउँदै आयुषले धर्म परिवर्तन गरेर मात्र मुस्लिम युवतीलाई विहे गर्न पाउने प्रतिक्रिया दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x