×

NMB BANK
NIC ASIA

म्याद थप नगरिँदा शुक्लाफाँटा नगरपालिकाका करार स्वास्थ्यकर्मीले पाएनन् तलब

काठमाडाैं | असोज २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर– दशैँ आउँनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल  पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन् । 

Muktinath Bank

‘म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्,’ चौध वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भने, ‘नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् । ‘काम गर म्याद थप भइहाल्छ भन्छन्, बिनातलब कति दिन काम गर्न सकिन्छ,’ उनले भने, ‘नगर प्रमुखलाई यसबारे अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन ।’
 
नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन् । “कोरोना महामारीका बेला बिनातलब तीन महिना बढी काम गरेका छौँ,’ स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भने, ‘हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दशैँमा तलब नपाइदा निकै खल्लो महसुस गरिरहेका छौँ ।’
 
म्याद थप भएर तलब पठाएको सन्देश कुन बेला मोबाइलमा आउँछ भनेर पर्खेर बसेको उल्लेख गर्दै उनले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निरास भएको बताए ।  शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताए ।
 
‘केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्,’ उनले भने, ‘केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन् ।’ उनका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलव्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ । वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

 करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उनको भनाइ रहेको छ । ‘नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ,’ वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हुँदैछ ।’

Vianet communication
Laxmi Bank

 करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रुपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन् । अहेव पदमा कार्यरतले रु १५ हजारदेखि रु १८ पाँच सय तलबमा कार्य गर्दै आएका छन् । ‘खटाइएका काममा लगनशीलतका साथ काम गर्दै आएका छौँ,’ स्वास्थ्यकर्मी दिलबहादुर धामीले भने, ‘तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरुपमा तलबको व्यवस्था गरिनुपर्छ ।’ दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराइनुपर्ने उनले उल्लेख गरे । –रासस– 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x