×

NMB BANK
NIC ASIA

नवरात्र र शक्तिउपासना

कात्तिक २०, २०७४

NTC
Premier Steels
पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिन्दुसंस्कृतिमा चारवटा नवरात्रको अस्तित्व भेटिन्छ । यस्ता नवरात्रहरूमा आश्विन शुक्लप्रतिपदादेखि नवमीसम्म, मागशुक्लप्रतिपदादेखि नवमीसम्म, चैत्रशुक्लप्रतिपदादेखि नवमीसम्म र आषाढशुक्लप्रतिपदादेखि नवमीसम्मका तिथिहरू पर्दछन् ।kamal rijal

धार्मिक तथा आध्यात्मिक दृष्टिले सबै नै नवरात्रहरू उत्तिकै महत्त्वका भएपनि हाम्रो लोकव्यवहारमा आश्विशुक्लप्रतिपदाबाट शुरु हुने नवरात्रले विशेष महत्त्व पाएको देखिन्छ । खासगरी नवरात्र भनेको शक्तिउपासनाको पर्व हो र वैदिककालदेखि नै सनातन रूपमा चल्दै आएको यो परम्परा अहिलेसम्म पनि कायमै छ । यही सनातन आर्ष परम्परा अनुसार अहिले पनि यस नवरात्रमा मुलुकभरिका प्रायः सबै शक्तिपीठहरूमा र नेपालीका घरघरमा समेत घटस्थापना गरी आ–आफ्नो शक्ति र क्षमताअनुसार शक्तिस्वरूपिणी माता भगवतीको उपासना गर्ने परम्परा कायमै छ ।

विशेषगरी यस पर्वमा पूजाआजा, जपतप, यज्ञअनुष्ठानद्वारा शक्तिस्वरूपिणी माता भगवतीको उपासना गर्नाले मानव समुदायबीच आपसी सद्भाव र सहयोगको साथमा आयु, आरोग्य वृद्घि भई प्राणीमात्रकै हित र समुन्नति हुन्छ भन्ने धार्मिक जनविश्वास रहिआएको छ । तर हामीले जति नै पुकार्दै आएपनि हाम्रो वर्षाैंदेखिको शान्तिको कामना भने खोइ कुन्नि किन हो अहिलेसम्म पनि पूरा भएको छैन ।

हुन त यतिनखेर अशिक्षा, गरीबी र पछौटेपनजन्य रोग, भोक, शोक आदि हाम्रा अन्य समस्या र आवश्यकता कम भएका छन् तथापि पहिलो आवश्यकता भनेको शान्ति नै हो । यस्तो परिप्रेक्ष्यमा समग्र नेपाली समाजबाट भएको शान्तिको कामनातर्फ राजनीतिक दल, राजनेताहरू र धार्मिक सङ्घसंस्था तथा नागरिक समाजको तर्फबाट विशेष ध्यान जानपर्ने देखिन्छ र अब त अति नै भइसकेकाले माता भगवतीले पनि समग्र नेपालीको पुकारा सुनेर उनीहरूको ध्यान त्यतातिर आकर्षित गराउन विशेष पहल गर्नैपर्ने बेला आएको छ । विगतमा जतिजति बेला समाजमा सम्हाल्नै नसक्ने गरी अशान्ति र दुःखकष्ट फैलिन्छ त्यतित्यतिबेला माता भगवतीले विशेष अवतार लिएर त्यसको समाधान गरेकी छन् ।

यसको अर्थ माता भगवती त्यत्तिकै आउँछिन् भन्ने चाहिँ होइन । माता भगवतीबाट आफूले चाहेअनुसारको काम लिन केवल घटस्थापना गरेर जमरा राखेको भरमा कति सकिन्छ सकिन्छ, खाली थालीमा भगवती थापेर र अँध्यारो कोठामा जमरा राखेर पूजा गरेको भरमै माता भगवती खुशी होलिन् कि उनलाई खुशी पार्न अरू केही पनि गर्न पर्ला ? कतै अहिलेसम्म जति नै नवरात्र मनाएपनि उनलाई खुशी पार्न नसक्नुको कारण हाम्रा यही नवरात्र मनाउने प्रक्रिया नमिलेर त होइन ? नवरात्र मनाइरहँदा हाम्रो ध्यान त्यतातिर पनि जानुपर्छ ।Durga

वस्तुतः माता भगवतीको उपासना भनेको उनलाई मन पर्ने काम गरेर उनको काख पाउने प्रयास गर्नु हो । सामान्यतया भोक लागेको बेलामा र दुःख पाएको बेलामा आमालाई सम्झने र आमाको काख पाइसकेपछि मानिसले मात्र होइन पशुपक्षीले समेत केही न केही राहतको महसूस गर्ने व्यावहारिक यथार्थ नै हो ।

नवरात्रको शक्तिउपासनाको परम्पराभित्र पनि यही नै तथ्य अनुभूत गर्न सकिन्छ । हामीलाई अशान्ति, अभाव, रोग, भोक, शोक आदि शत्रुबाट सुरक्षित हुन उनै ममतामयी शक्तिस्वरूपिणी जगज्जननी आमाको काख चाहिएको छ । तर त्यो कुरो चाहेर मात्र पाउन सकिन्न । यसका लागि आमाले देखाएको बाटो पनि हिँड्नुपर्दछ र उनले राखेको नियमको पनि परिपालन गर्नुपर्ने हुन्छ ।

उनी संसारकै आमा हुन् । त्यसैले उनलाई जगदम्बिका भनिन्छ । संसारकै आमा भएकी नाताले उनलाई आफ्ना सन्तानहरूले आपसमा झगडा गरेको र काटाकाट र मारामारको महाभारतमा उत्रेकोे मन पर्दैन । आफ्ना सन्तानहरू आपसमा मिलेर बसून्, सक्नेले नसक्नेहरूप्रति सहयोगको हात बढाऊन् भन्ने चाहना राख्नु एउटी आमाको लागि स्वाभाविकै पनि हो । यदि हामीले दुःखबाट सदाको लागि मुक्त भई जीवनलाई सुखी र आनन्दित बनाउने हो भने आमाको काखमा जानैपर्दछ र आमाको काखमा गएर चाहेको कुरो पाउन उनले राखेको नियमको पालन पनि गर्नैपर्ने हुन्छ । वास्तवमा नवरात्रको विधान र यतिबेला विशेषगरी बढी पाठ गरिने चण्डीसप्तशतीको कथा प्रसङ्गले हामीलाई यही नै सन्देश दिएको छ ।

अब प्रश्न आउँछ, यसका लागि आमाले कस्तो नियम राखेकी छन् अनि केकस्तो बाटो तोकिदिएकी छन् त ? यसका लागि चण्डीसप्तशतीकै कथा प्रसङ्गलाई सम्यक् मनन गर्नुपर्ने हुन्छ । जस्तो चण्डीसप्तशतीको पहिलो अध्यायमा मधुकैटभ वधको प्रसङ्ग आएको छ । मधुकैटभ भनेको अशिक्षा र अज्ञानको प्रतीक हो ।

जतिबेलासम्म हामीबाट अज्ञान र अशिक्षाको भुमरीबाट आफू पनि बाहिर आउने र अरूलाई पनि ल्याउने प्रयास हुँदैन, त्यतिबेलासम्म हामीले चाहेको चीज पाउन सक्दैनौं । घरबास गुमेर हिँडेका यस अध्यायका कथाका पात्र समाधि नामका वैश्यलाई पनि पुनः पहिलेको अवस्थामा फर्कन मधुकैटभवध भएर नै अगाडि बढ्न परेको छ र यस प्रसङ्गले हामीलाई पनि त्यही सन्देश दिएको छ । त्यसैगरी दोस्रो अध्यायमा महिषासुरवधको प्रसङ्ग आएको छ । महिषासुर भनेको अहङ्कार हो ।

अहङ्कारले कसैको पनि भलो गर्दैन । जति नै शक्तिशाली भएपनि जसले अहङ्कारलाई जित्न सकेको छैन, उसले कसैलाई पनि जित्न सक्दैन । त्यतिबेलासम्म आफ्नो समस्यामाथि कहिल्यै विजय पाउन सक्दैन । महिषासुर अत्यन्त शक्तिशाली थियो । उसले तीनै लोकमाथि विजय पाएको थियो । तर आफंैभित्रको अहङ्कारमाथि विजय पाउन नसकेकोले त्यसैको कारण त्रिलोक विजयी भएर पनि अवसानको नियति भोग्न बाध्य हुनप–यो । त्यसैले आमाको काखमा पुगेर दुःखको समुद्रबाट पार हुन चाहनेले अहङ्कारको जंघार तर्नैपर्ने हुन्छ । यस अध्यायको कथा प्रसङ्गले यही नै सन्देश दिएको छ ।

त्यसैगरी छैठौं अध्यायमा धूम्रलोचन वधको प्रसङ्ग आएको छ । धूम्रलोचन भनेको नराम्रो दृष्टि हो । संसारलाई आफ्नो अनुकूल बनाउन सर्वप्रथम दृष्टि सुधार्नुपर्छ । वास्तवमा संसारको आफैंमा कुनै रूप र रङ्ग नै छैन । यसलाई जस्तो आँखाले हे–यो त्यस्तै देखिन्छ । वास्तवमा दुःख पाउनुमा संसारको दोष छैन । दोष त त्यसलाई हेर्ने दृष्टिकोणमा नै हुने गर्छ । कालो चश्माले हेरे त्यही संसार कालो, सेतो चश्माले हेरे सेतो र रङ्गीन चश्माले हेरे रङ्गीन नै देखिन्छ ।
संसारलाई आफ्नो अनुकूल बनाउन धूम्रलोचनवध अर्थात् नराम्रो दृष्टिको अन्त्य गर्नै पर्दछ । धूम्रलोचन वधमार्फत यस कथाको प्रसङ्गले यही सन्देश दिएको छ ।
सातौं अध्यायमा चण्डमुण्डवधको प्रसङ्ग आएको छ । चण्डमुण्ड भनेको पशुभाव अर्थात् जडस्वभाव र जडप्रवृत्ति नै हो । मानव जस्तो चैतन्य गुणले धनी भएर पनि पशुवत् व्यवहारमा उत्रेको माता भगवतीलाई मन पर्दैन र त्यसलाई फालेर मात्र आफ्नो काखमा आउनुपर्छ भन्ने सन्देश माता भगवतीले यस अध्यायको कथामार्फत दिनुभएको छ । त्यस्तै आठौं अध्यायमा रक्तबीज वधको प्रसङ्ग आएको छ ।
रक्तबीज भने तृष्णा हो । संसारमा जति नै खाएपनि र जति नै पाए पनि तृष्णाको पेट कहिल्यै भरिँदैन । तृष्णाको वशमा छउञ्जेल मानिसका अघि सदैव अभाव र आवश्यकताको भण्डार लागि नै रहेको हुन्छ । त्यसैले माता भगवतीले यस अध्यायको कथामार्फत रक्तबीज वध गरेर मात्र आफ्नो काखमा आउनसक्ने र पाउनसक्ने सन्देश दिनुभएको प्रस्टै अनुभूत गर्न सकिन्छ । त्यसैगरी नौ र दश अध्यायमा क्रमशः निशुम्भ र शुम्भवधको प्रसङ्ग आएको छ । निशुम्भ र शुम्भ भनेको कुविचार र कुवासना नै हो । आमाको काख पाएर सुखी हुन यी दुईमाथि पनि विजय पाउनैपर्ने हुन्छ ।

हामीलाई यी दुई अध्यायको कथाप्रसङ्गले यही नै सन्देश दिएको छ । समग्रमा भन्नुपर्दा सुख, शान्ति र आनन्द हामी सबैको यतिनखेरको इष्टवस्तु र इष्टकामना हो । तर हाम्रा यी इष्टवस्तु र इष्टकामना त्यत्तकै चाहेकै भरमा प्राप्त हुनेवाला भने छैनन् । यसका लागि शक्तिस्वरूपिणी जगज्जननी माता भगवतीको काखमा जानैपर्दछ र त्यहाँसम्म पुग्नका लागि उनले देखाएकी वा बताएकी बाटोबाट हिँडेर यस्तैयस्तै विविधखाले दानवरूपी हाम्रा दुर्गुणहरूमाथि विजय पाउनैपर्ने हुन्छ । अन्यथा जति नै नवरात्र मनाएपनि, जति जति नै घटस्थापना गरेर जमराको खेती नै गरे पनि हुनेवाला केही छैन ।
हामी माता भगवतीलाई खुशी पार्न निर्दोष पशुको बलिदानमा गर्व गर्दछौं तर बलिदान गर्नु भनेको निर्दोष पशु नभई आफूलाई दुःख दिने अहङ्कारकै हो भन्ने जस्ता सामान्य कुरामा त हेक्का रख्न सक्दैनौं भने के हाम्रा त्यस्ता स्वार्थी व्यवहारले पनि भगवती खुशी होलिन् त कतै त्यतातिर पनि ध्यान जानपर्ने पो हो कि ? अस्तु ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x