×

NMB BANK
NIC ASIA

विज्ञको सुझाव

दशैँमा मासुको छनोटः पोलेको–भुटेको नखाऔँ, छाला र बोसोरहित रोजौँ

-तारानाथ निरौला

विराटनगर | कात्तिक ५, २०८०

NTC
Premier Steels

चाडपर्वमा खाने चिजवस्तु हाम्रो नियमित आहाराभन्दा फरक हुनुपर्छ भन्ने छैन । साधारण मानिस, जो दिनभर ठूलो परिश्रम गर्दैनौं, शारीरिक व्यायाम पनि गर्दैनौं, त्यस्तालाई २४ घण्टामा २ हजार २५० किलो क्यालोरी खानेकुरा चाहिन्छ । त्यो प्राप्त गर्नका निम्ति हाम्रो दैनिक आहारामा चामल, दाल, तरकारी, तेलको मात्रा मिलाउन आवश्यक छ । शरीरका लागि आवश्यक पर्ने कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन र मिनरल सबैको मात्रा मिलाउन सकेको खण्डमा हामीले अहिले जे खाइरहेका छौं, त्योभन्दा फरक केही खानु पर्दैन । तर, चाडवाडको नाममा हामी चाहिनेभन्दा बढी र हाम्रो ‘रुटिन’भन्दा बढी खान्छौं । पाहुनालाई पनि बढी खानका निम्ति ढिपी गर्छौं । यो चलन स्वास्थ्यका लागि सबैभन्दा घातक छ ।

Muktinath Bank

शरीरलाई चाहिने शक्ति प्राप्त गर्न हप्तामा दुईपटक मासु, दुई दिन एक–एक वटाका दरले अण्डा, दैनिक ५० ग्राम चामल, ५० ग्राम दाल र तरकारी भए पुग्छ । योभन्दा खानेकुरा बढी हुनेबित्तिकै ‘इनर्जी’ बढी हुन्छ । बढी भएको इनर्जी काम गरेर वा व्यायाम गरेर खर्च गर्नुपर्ने हुन्छ । खर्च गर्न सकेनौं भने शरीरमा सञ्चित भएर बस्छ । यसरी जोगिएर बसेको शक्तिले शरीरमा हानी गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

खानेकुरामा प्रोटिन, कार्बोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाउन आवश्यक छ । चाडपर्वमा कार्बोहाइड्रेडको मात्रा नियमितभन्दा कम र प्रोटिन तथा चिल्लो पदार्थ बढी खान्छौं । माछामासु चिल्लो पदार्थका स्रोत हुन् । त्यसमा पनि भुटुन हालेर माछा–मासु पकाउने चलनले चिल्लो पदार्थ बढी हुन जान्छ । पनिर, मासु, चिल्लोमा डुबेका वस्तु हामीलाई मन पर्छ । जसले गर्दा चिल्लो पदार्थको उपभोग बढी र कार्बोहाइड्रेडको मात्रा कम हुन्छ । यसले अनुपात मिल्दैन अनि चिल्लो पदार्थ पाचन प्रणालीमा जान सक्दैन र अपच हुन्छ । जब अपच हुन्छ, हाम्रो स्वास्थ्यमा हानिकारक अवस्था आउँछ । त्यसैले कार्बोहाइड्रेड र चिल्लो पदार्थको मात्रा मिलाएर खान सक्यौं भने हामीलाई कहिल्यै पनि अपच हुँदैन । दिनमा हामीले ४ देखि ५ टुक्रा (पिस) मासु खायौं भने पर्याप्त हुन्छ । चाडबाडमा त्यसलाई थपेर ७ टुक्रासम्म पुर्याउन सकिन्छ, त्योभन्दा बढी भए हानिकारण मानिन्छ । 

Vianet communication

विज्ञानले भन्छ- चिल्लो पदार्थ जल्न वा टुक्रिएर शक्तिमा परिवर्तन गर्नका लागि कार्बोहाइड्रेड जरुरी हुन्छ । हामीले खाएको खानेकुरा पचाउनका निमित्त पेटका दुई खण्ड छन्– माथिल्लो पाचन प्रणाली र तल्लो पाचन प्रणाली । कार्बोहाइड्रेड पचाउने वा टुक्र्याउने प्रक्रिया मुखबाटै शुरू हुन्छ । मुखमा आउने र्याल (सेलिभरी इन्जाइम)ले पचाउने प्रक्रिया शुरू गर्छ । त्यसपछि सानो आन्द्रामा पुग्छ र त्यसले पचाउने धेरै प्रक्रिया पूरा गर्छ । त्यसपछि ठूलो आन्द्राले पचाएका वस्तुहरू, भिटामिन र पानीजन्य पदार्थलाई शोषण गर्ने काम गर्छ । सानो आन्द्राले राम्रोसँग पचाउन नसकेको वस्तु ठूलो आन्द्रामा पुग्छन् ।

null 

ठूलो आन्द्रासम्म पुग्दा ‘क्रुड फाइबर’को पनि पर्याप्त मात्र जरुरी हुन्छ । मासु र चिल्लो पदार्थको मात्रा बढी अनि कार्बोहाइड्रेड तथा बोक्राजन्य वस्तु कम खायौं भने पाचन प्रणालीमा फाइबरको मात्रा अपुग भई दिसा कडा हुन जान्छ, कब्जियत हुन्छ । कब्जियतले पाचन प्रणालीमा समस्या उत्पन्न हुन्छ । अल्छी लाग्छ र स्पाइनल कर्डमा त्यसको असर पर्छ । त्यसबाट सुषुम्नामा प्रभाव परेपछि शरीरमा इन्जाइमहरू चलायमान हुँदैनन् र पाचन प्रणालीमा एक प्रकारको अवरोध उत्पन्न हुन्छ । त्यसैले हामीले कार्बोहाइड्रेड, प्रोटिन र चिल्लो पदार्थको मात्रा एकदम मिलाएर खानु जरुरी छ । चिल्लो पदार्थबाट ९, कार्बोहाइड्रेडबाट चार र प्रोटिनबाट पाँच किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । यो मात्रा मिल्नु पर्छ र साथमा फाइबरको मात्रा पनि मिल्नुपर्छ । 

दशैँ–तिहारमा मासु बढी खाइन्छ । चाडबाड सांस्कृतिक परम्परा हो, यसलाई तोड्न सकिँदैन । पर्वको बेलामा पाहुना जाँदा दिएको खानेकुरा नाइँ भन्न सकिँदैन । खान्नँ भनियो भने अपमान गरेको महसुस हुने भएकोले चाहेर–नचाहेर बढी खान पुग्छौं । शरीरलाई चाहिनेभन्दा बढी इनर्जी पेटमा पुगेपछि त्यसले समस्या पार्छ  । एउटा सिद्धान्तले भन्छ ‘हामीले जति शक्ति खाएका छौं, त्यति बराबरकै शक्ति काम गरेर, व्यायाम गरेर वा कुनै पनि विधिबाट खर्च गर्नुपर्छ । खर्च नहुँदा मानिस मोटाउँदै जाने, इन्जाइमहरूले काम नगरी आराम गरेर बस्ने अवस्था आउँछ । शरीरमा रोग शुरू हुने मुख्य कारण नै यही हो ।  

मासु धेरै खान हुँदैन भनेर मुख्य गरेर दुई कारणले भनिएको हो । मासु खाँदा छाला र चिल्लो पदार्थ बढी खान्छौं । छाला शरीरका लागि हानिकारक छ । बोसोयुक्त मासुले शरीरलाई आवश्यकभन्दा बढी चिल्लो पदार्थ सेवन गर्न सहयोग पुग्छ । अर्को कुरा मासुका लागि पैसा तिरेर छाला खानु बुद्धिमतापूर्ण पनि छैन । त्यसैले सकेसम्म छालारहित मासु खानुपर्छ । तर हाम्रो जिब्रो छालासहितको मासुमा रमाउन बानी परेको छ । छाला रोग र सूक्ष्म जीवहरूको भण्डार पनि हो ।

null 

अर्कोतर्फ आर्थिक अवस्था कमजोर भएका वा कडा परिश्रमी वर्गले मासुको पैसा तिरेर बोसो किनिरहेको देखिन्छ । बोसो मासु होइन । मासुको मूल्य महंगो छ, जुन गरिब परिवारको उपभोग्य क्षमताभन्दा बाहिर छ । त्यसैले उनीहरू यस्तै चाडबाड र मौकामा मात्र मासु खान्छन् । जतिबेला मासु खान्छन् यो मिहिनेती वर्गले मासुमा बोसोको मात्रा बढी रुचाउँछ । 

धेरैले पोलेको मासु मन पराउँछौं । हाम्रा घर–घरमा सेकुवा खाने पनि चलन छ । सेकुवा क्यान्सरको स्रोत हो । मासु सेक्नु वा पोल्नु एकदमै खराब कुरा हो । मासु पोल्दा त्यसमा भएको प्रोटिन डढ्छ । डढिसकेपछि त्यसमा क्यान्सर उत्पन्न गर्ने पदार्थ बन्छ । सकेसम्म मासु पोलेर वा डढाएर खानु हुँदैन । सेकुवा नडढ्ने गरी निकै माथि राखेर तताएर खान सकियो भने मात्र असर गर्दैन नत्र खराबी हुन्छ । 

हामीले शरीरको आवश्यकता पूरा गर्न खानेकुरा खान्छौं । शरीरलाई जति आवश्यकता हुन्छ त्यति खानुपर्छ । खानेकुरा धेरै वा थोरै हुँदा त्यसले असर गर्छ । खाना बढी भयो भने अपच हुने, शक्ति बढी भई मोटाउने र कम भयो भने दुब्लाउनेजस्ता समस्या हुन्छ । जब हामीसँग शक्ति धेरै हुन्छ, शरीरका इन्जाइमहरूले काम गर्न छोड्छन् । अपच हुनेबितिकै छाडापखाला, बान्ताजस्ता समस्या हुन्छ । अपच हुँदा खाना पचाउने इन्जाइमहरूलाई सुषुम्ना शीर्षकले राखिदिन्छ । जसका कारणले मानिसलाई आलस्य बनाउने, छाडापखाला लाग्ने, बान्ता हुनेजस्ता समस्या हुन्छ । हामीलाई चाहिनेभन्दा बढी पौष्टिक तत्व खाने प्रचलनले कलेजो (लिभर)मा पनि समस्या हुन्छ । राम्रो चिजलाई शरीरमा पठाउने र नराम्रोलाई बाहिर निकाल्ने फिल्टरको काम कलेजोले गर्छ । रक्सीलगायत अनावश्यक वस्तुको सेवन बढी भयो भने लिभर ब्लक भई ‘ड्यामेज’ हुने सम्भावना पनि हुन्छ ।

null 

खानामा चिल्लो पदार्थ बढी भयो भने पानीमा मिसिएर मिर्गाैलासम्म पुग्छ र त्यसले असर गर्छ । खानपान नमिलेको खण्डमा छालामा एलर्जीलगायतका समस्या हुनसक्छ । एलर्जीले इन्जाइमहरूलाई निष्कृय र ‘डाइभर्ट’ गराउँछन् । पाचन प्रणालीकै असरले सुगर तल–माथि हुने समस्या हुन्छ । त्यसैले पाचन प्रणाली शरीरका लागि महत्वपूर्ण छ । शरीर स्वयं एउटा औषधि उद्योग हो । पाचन प्रणालीले शरीरलाई सन्तुलित बनाइराख्ने भएकोले सँधै सन्तुलित आहारको सेवनमा जोड दिनुपर्छ । 

प्रोटिनबाट मांसपेशी निर्माण हुने, कार्बोहाइड्रेडबाट शक्ति प्राप्त हुने, चिल्लो पदार्थले कार्वोहाइड्रेडलाई पचाउने र शक्ति उत्पादन गर्ने, क्यालिसयम, फस्फोरसजस्ता मिनरलले हाडजोर्नी बन्न मद्दत गर्ने र भिटामिनबाट रोग प्रतिरोधात्मक शक्ति प्राप्त गर्न सहयोग हुने भएकोले यी पाँचवटा तत्वहरू शरीरलाई जरुरी हुन्छ । जुन सन्तुलित आहारबाट आवश्यक मात्रामा प्राप्त गर्न सकिन्छ । 

हामीले खाना खाएनौं भने शरीरमा सञ्चित भएको प्रोटिन खर्च हुँदैजान्छ । धेरै भोको बस्यो भने कार्बोहाइड्रेड अभाव हुन्छ । त्यसका कारणले गर्दा शरीरमा सुगरको मात्रामा असन्तुलन हुनपुग्छ । कार्बोहाइड्रड शरीरमा सञ्चित नहुने भएकोले समय समयमा खाइरहनु पर्छ । खानेकुरा धेरै खायौं भने वा खान पाएनौं भने क्षति हुन्छ । त्यसैले मेरो सुझाव छ, दशैँमा हामीले एकदमै धेरै खानुपर्ने र अरुबेला भोकै बस्नुपर्ने भन्ने होइन ।  शरीरलाई जति शक्ति जरुरी पर्छ त्यति खाऊँ, त्यसो भयो भने न हामी बिरामी पर्छौं वा कम भएर अस्वस्थ हुनुपर्ने अवस्था नै आउँछ ।

(खाद्य विज्ञ तारानाथ निरौलासँग लोकान्तरकर्मी उत्तम पोख्रेलले गरेको कुराकानीमा आधारित ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x