×

NMB BANK
NIC ASIA

देउवाको उत्तराधिकारी खोजी

उत्तराधिकारी प्रस्ट नहुँदाको संशय– तेस्रोपटक सभापति बन्नतिर लाग्लान् देउवा ?

काठमाडाैं | कात्तिक १६, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसमा लगातार दुईपटक पार्टी कमान्ड सम्हालेपछि शेरबहादुर देउवाको उत्तराधिकारी को हुने भन्ने चर्चा शुरू भएको छ । तर, उनको उत्तराधिकारीको प्रस्ट तस्वीर सामने आउन सकेको छैन ।

Muktinath Bank

२०७२ सालमा रामचन्द्र पौडेल र २०७८ मा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा लगातार दुईपटक कांग्रेसको सभापति बनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब कांग्रेसको विधानले देउवालाई सभापतिमा तेहरिन दिँदैन । तर, पनि आफूपछिको उत्तराधिकारी तयार नगरेका देउवाले फेरि आफैं सभापतिमा तेहेरिने गरी विधान संशोधनको कदम त चाल्दैनन् ? भन्ने आशंका पनि उब्जिन थालेको छ ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको विधानअनुसार कांग्रेसका केन्द्रदेखि सबै तहका सभापतिले दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवारी दिन नपाइने व्यवस्था छ । 

Vianet communication

विधानको धारा ५७ मा भनिएको छ, ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैनन् । तर धारा ७२(४)को हकमा यो व्यवस्था लागू हुने छैन ।’ 

७२ (४)मा नयाँ संविधान अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था सम्बन्धमा केन्द्रबाहेकका निर्वाचनको विषय मात्र उल्लेख गरिएको छ ।

कांग्रेस केन्द्रमा दुई कार्यकाल सभापतिमा गुजारेपछि तेस्रोपटक पुनः यही पदमा उम्मेदवार बन्न नपाइने व्यवस्थाले सभापति देउवालाई रोक्ने देखिएको छ । अब १५ औं महाधिवेशनमा यो विधान संशोधन नभइकन देउवाले सभापतिमा उम्मेदवारी दिन पाउने छैनन् । 

कांग्रेस विधानको धारा ४७ मा संशोधनको विषय उल्लेख छ । विधानको ४७(१)मा भनिएको छ, यो विधान संशोधन गर्नुपरेमा केन्द्रीय महाधिवेशनले सम्पूर्ण सदस्य संख्याको साधारण बहुमतले र केन्द्रीय महासमितिले सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतले संशोधन गर्न सक्नेछ ।

यही धाराको ४७ (२)मा संशोधनको प्रस्तावबारे व्याख्या गर्दै भनिएको छ, विधान संशोधनको प्रस्ताव केन्द्रीय कार्यसमितिले र केन्द्रीय महाधिवेशन वा केन्द्रीय महासमितिका २५ प्रतिशत सदस्यले केन्द्रीय कार्यसमितिमार्फत प्रस्तुत गर्न सक्नेछन् । 

उत्तराधिकारी नतोक्दा आशंका

लगातार दुईपटक सभापतिमा जिते पनि देउवाले आफ्नो बलियो उत्तराधिकारी तयार गरेका छैनन् । देउवाको उत्तराधिकारी बन्न उपसभापति पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौलासम्मका नेता दाबेदार देखिएका छन् । कतिपयले शेखरलाई नै देउवाले पार्टी बिसाउँछन् भनेर पनि तर्क गरिरहेका छन् ।  

तर, यी कुनै पनि नेताले सभापति जित्ने गरी आधार तयार गरेका छैनन् । यी कुनै पनि नेतालाई देउवाले आफ्नो उत्तराधिकारी मान्ने गरी ग्रीन सिग्नल पनि दिएका छैनन् । देउवानिटक कतिपय नेताले उनैलाई सभापतिमा तेहरिन सुझाव दिन थालेको एक नेताले दाबी गरे । तर, यसरी सुझाव दिने नेताको संख्या अहिले न्यून मात्र छ ।

null

विधान संशोधन सभापतिमा तेहरिने विषय सहज नभएको केन्द्रीय सदस्य श्याम घिमिरे बताउँछन् । 

‘सभापतिले आफूपछिको उत्तराधिकारी को हो भन्नुभएको छैन । त्यसैले उहाँ फेरि पनि तेहेरिन खोज्ने हो कि भन्ने धेरैलाई लागेको हुन सक्छ,’ घिमिरे भन्छन्, ‘तर विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि आफूलाई बाटो खुलाउने जोखिम उहाँले मोल्नुहुन्छ भन्ने मलाई लाग्दैन ।’

केन्द्रीय समिति र महासमितिमा सभापति प्रस्ट बहुमतमा भए पनि विधान संशोधनको विषय र प्रक्रियाले झन् बढी अन्योललता थप्ने घिमिरे बताउँछन् । 

बरु पदाधिकारी थप्ने र मनोनीत गर्ने संख्या बढाउनका लागि विधान संशोधन हुन सक्ने उनले बताए । ‘संशोधनका लागि सभापतिसँग बहुमत पुग्छ । तर, बहुमत र अल्पमतका नाममा विरोधबीच विवादास्पद निर्णय गर्दा पार्टी नै एक नरहन सक्ने जोखिम छ । त्यसैले यो (सभापतिमा तेहरिने) कदममा उहाँ जानुहुन्छ भन्ने लाग्दैन ।’

सभापतिलाई तेस्रोपटक उठ्न दिने गरी संस्थापनकै सबै नेता तयार नहुने घिमिरे बताउँछन् । सभापतिबेगर आफ्नो अस्तित्व नदेख्नेले मात्रै तेस्रोपटकको बहस गरेको विश्वकर्मा बताउँछन् । 

‘पार्टीमा कतिपय नेता हुन्छन्, जसलाई आफ्नो राजनीतिमा विश्वास लाग्दैन । सभापतिबेगर अस्तित्व नदेख्नेले तेस्रोपटक पनि सभापति उठ्नुपर्छ भनेका हुन सक्छन्,’ विश्वकर्मा भन्छन्, ‘भन्नेले भने पनि, उचाल्नेले उचाले पनि सभापतिको तेस्रोपटकका लागि मूड नै छैन ।’

सबैलाई बराबरी माया देखाउँदा उत्तराधिकारी नतोकेको तर्क विश्वकर्माले गरे ।

‘सभापतिले आफूपछिको उत्तराधिकारी कसैलाई तोक्नुभएको छैन । उहाँले लचकता देखाउनु भनेको सबैलाई बराबरी माया छ भन्नु हो । आशीर्वाद लिन आउनेलाई सद्भाव राख्दा नेताहरूले म नै उत्तराधिकारी हो भनेर दाबी गर्ने उहाँहरूको कुरा हो,’ विश्वकर्मा भन्छन्, ‘तर महाधिवेशनका लागि पर्याप्त तीन वर्षको समय बाँकी छ । यसैले अहिले नै कसैलाई तोक्नुपर्ने दबाब उहाँलाई छैन । उहाँले भन्नुभएको पनि छैन ।’

यसै महासमिति अघि विधान संशोधन नहुने 

आगामी मंसिरको दोस्रो हप्ता कांग्रेसको महासमिति बैठक बस्दैछ । तर, विधान संशोधनका लागि केन्द्रीय समितिले विधान मस्यौदा समिति बनाएपछि मात्रै संशोधनको प्रक्रिया अघि बढ्ने व्यवस्था छ । एक महिनामा यो प्रक्रिया पूरा गर्न गाह्रो छ । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा यही बाधा अड्काउ फुकाउबाहेक विधान संशोधनका लागि कुनै प्रस्ताव आउने सम्भावना कम रहेको बताउँछन् । 

‘नेताहरूबीच विधान संशोधन समिति नबनाउने तर दैनिक काम कारबाहीका लागि बाधा छन् भने नीति महाधिवेशनको समेत काम गर्ने महासमिति बैठकमै छलफल गरौंला भन्ने भएको छ,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘तर पदाधिकारी थप गर्ने वा अरू कुनै महत्त्वपूर्ण विषयमा संशोधन गर्ने विषयमा नेताबीच संवाद भए पनि औपचारिक रूपमा पार्टीमा यो विषयले प्रवेश पाएको छैन ।’

तर सभापतिले मजाकमा पार्टी बैठकमा विधान संशोधन गरेर फेरि निर्वाचन लड्छु भनेर ठट्टा भने गरेको विश्वकर्माले स्वीकारे ।

‘उहाँले केन्द्रीय समितिमा फेरि सभापतिमा उठ्ने गरी विधान संशोधन गराउँछु भनेर साँच्चै भन्नुभएको होइन । तपाईंहरूले मलाई धेरै जिस्क्याउनुभयो भने म बाटो खुलाउँछु भनेर ठट्टामात्रै गर्नुभएको हो,’ विश्वकर्माले भने, ‘तर सभापति आफैंले तेस्रो कार्यकालका लागि म उठ्दिनँ भनेर केही समयअघि भएको भक्तपुरको कांग्रेस सम्मेलनमा घोषणा गर्नुभएको थियो । विधानले पनि दिँदैन, मेरो पनि चाहना छैन भन्नुभएको छ ।’ 

देउवाले २०७९ असार २९ गते केन्द्रीय समिति बैठकमा आफू फेरि तेहरिन सक्ने चेतावनी दिएका थिए । 

‘म राम्रो र बलियो पार्टी बनाएर योग्य नेतालाई संगठन बुझाउन तयार भएर बसेको छु । तर तपाईंहरूले मलाई यस्तै गरी धेरै जिस्क्यारहनुभयो विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु । मलाई धेरै नजिक्याउनुहोला,’ शेखर पक्षका नेताले आलोचना गरेपछि देउवाले केन्द्रीय समितिको बैठकमा यस्तो चेतावनी दिएका थिए । 

आफू अघि नबढ्दा आरजूलाई स्थापित गर्न चाहन्छन् देउवा

देउवाको भित्री चाहना आफू नै दोहोरिनेमा छैन । तर, उनी आफू सक्रिय हुँदा नै पत्नी आरजू राणा देउवालाई स्थापित गर्ने चाहनामा छन् । 

‘सभापतिपत्नी केन्द्रीय सदस्य र सांसद भइसक्नुभएको छ । अब सभापतिले छोड्दा उहाँ आफ्नो उत्तराधिकारी आरजु बनोस् भन्ने चाहनामा हुनुहुन्छ,’ अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘यस्तोमा के गर्दा आरजू सहजै प्रभावशाली पदाधिकारीमा आउँछिन्, त्यही अनुकूल उत्तराधिकारीको खोजी सभापतिले गर्नुहुन्छ भन्ने लाग्छ । यस्तोमा उहाँले टीम पनि हेर्नुहुँदैन । आरजूलाई व्यवस्थापन गर्ने शर्तमा जुन टीमको नेतालाई पनि उहाँले सभापतिमा समर्थन गर्ने सम्भावना छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x