×

NMB BANK
NIC ASIA

जनप्रतिनिधिलाई प्रश्नः प्राथमिकता जनसेवा कि सुखसयल ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

सबै स्थानीय तह अस्तित्वमा आइसकेपछि नेपालको राजनीतिमा एउटा नयाँ अध्याय प्रारम्भ भएको छ । लामो समयको अन्तरालमा जनताले निर्वाचित गरेका प्रतिनिधिले स्थानीय सत्ताको बागडोर आफ्नो हातमा लिएका छन् । अब आम जनसमुुदायसँग प्रत्यक्ष जोडिएका सामाजिक तथा आर्थिक विकासका मुद्दाहरू क्रमैसँग निरूपण गर्दै जानु स्थानीय जनप्रतिनिधिकै अभिभारा हो । चुनाव प्रचाप्रसारका सिलसिलामा उरालिएका नारा र दिइएका आश्वासन राजनीतिक उपभोगका लागि मात्र होइनन्, कार्यान्वयनका लागि हुन् भनेर देखाउनुपर्ने बेला आएको छ । त्यसैले अब स्थानीय जनप्रतिनिधिहरू आफ्ना वाचा र आश्वासनलाई कार्यक्रममा रूपान्तरित गर्न आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनमा ल्याउन क्रियाशील नरही हुँदैन । स्थानीय तहको निर्वाचनले लोकतान्त्रिक गणतन्त्रका जरालाई हरेक नागरिकको घरदैलोसम्म विस्तार गरेको छ ।

वास्तवमा स्थानीय तह अर्थात गाउँपालिका र नगरपालिका लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ र बाह्य रक्षक हुन् । त्यसैले सर्वप्रथम हाम्रो ध्यान स्थानीय तहको संस्थागत विकास, सुदृढीकरण र संवर्द्धनमा केन्द्रित हुनुपर्छ । स्थानीय तह जति सरल हुन्छन्, त्यति नै तत् क्षेत्रका जनताको सामाजिक, आर्थिक विकास आकांक्षाको सम्बोधन सहज हुन्छ । स्थानीय तह कानूनी रूपमा शक्तिशाली र अधिकारसम्पन्न रहेको तथ्य निर्विवाद छ । स्थानीय जनताको सर्वोपरि हितमा स्थानीय जनप्रतिनिधिले त्यो अधिकार र शक्तिको प्रयोगको हक निश्चयका साथ गर्न जरूरी छ ।

स्थानीय जनताले स्थानीय तहलाई आफ्नै संस्थाका रूपमा स्वीकार्नुपर्दछ । यसका लागि स्थानीय तहको कार्यसम्पादन शैली जनमुखी हुनु आवश्यक छ । स्थानीय तह दलगत राजनीतिका अखडा बन्नुहुँदैन । चुनावमा विजय प्राप्त गरेका प्रतिनिधिहरूले जनहितमा कुनै पनि काम गर्न सकेनन् भने स्थानीय तहसँग जनताको सम्बन्ध टाढिँदै जान्छ । स्थानीय तहको औचित्यमा नै प्रश्चवाचक हुनसक्छ । चुनावका बेला भोट माग्न घरघरमा आउने नेता चुनाव जितेपछि गाउँघरमा फर्किंदैनन् भन्ने व्यापक जनगुनासो छ । अनाहककै यस्तो गुनासो गरेका होइनन्, त्यसैले स्थानीय जनप्रतिनिधिले निरन्तर जनतासँग जोडिरहनुका अतिरिक्त स्थानीय जनभावनालाई स्थानीय तहबाट सम्पादन गरिने विकासका क्रियाकलापसँग एकीकृत गराउँदै लैजानुपर्छ ।

नेताहरूप्रति जनताले भर गर्न छाडेका छन् । आफूले दिएका आश्वासन पूरा नगर्ने नेताहरूउपर जनताको भरोसा नहुनु स्वाभाविक हुन्छ । अब यस्तो स्थितिले निरन्तरता पाइरहनु मनासिब हुँदैन । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुको अभिप्राय जनसमुदायको अधिकतम हितमा कार्यसम्पादन होस् भनेर हो । आफ्ना सानातिना विकासका आकांक्षा पूरा गराउन जनता जिल्ला सदरमुकाम केन्द्रमा धाउनुपर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्य यसमा निहित छ ।

स्थानीय जनप्रतिनिधि र सेवाग्राही जनता दुवैका लागि यो एउटा नयाँ अवसर हो । दुवै पक्षबाट यो अवसरको अधिकतम सदुपयोग हुनु जरूरी छ । स्थानीय तहमा विद्यमान सानातिना समस्या समाधान गर्ने जिम्मेवारी अब स्थानीय जनप्रतिनिधिको काँधमा आएको छ । निर्वाचित जनप्रतिनिधिले आफ्नो यो जिम्मेवारी आत्मसात गर्न सक्नुपर्दछ । जनताको प्रत्यक्ष हितमा कार्यसम्पादन गरेर स्थानीय जनप्रतिनिधिले आफ्नो योग्यता र नेतृत्व क्षमता प्रमाणित गर्नुपर्ने हुन्छ । प्रदेश र केन्द्र तहको नेतृत्वमा पुग्नका लागि स्थानीय तहमा सफल नेतृत्व अभ्यास पक्कै पनि फलदायी हुन्छ । ‘धेरै जोगी मठ उजाड’ लोकोक्ति चरितार्थ हुन नदिन जनप्रतिनिधिहरूले आफूमा समन्वय राखी काम गर्नुपर्छ ।

संवैधानिक रूपमा निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले वास्तवमा आफ्नो परीक्षण शुरु भएको वस्तुतः बुझ्न जरूरी छ । जनमुखी, विकासपे्रमी छवि निर्माण गर्न सकेको खण्डमा नेतृत्व शृंखलामा स्वयं माथि उक्लिने बलियो सम्भावना त रहन्छ नै, आफ्नो मातृ पार्टीको प्रभाव विस्तार गर्न पनि मद्दत पुग्दछ । स्थानीय जनजीवनसँग गाँसिएका सामाजिक आर्थिक विकासका उदाहरणीय कार्यसम्पादन गरी परिश्रममा खरो उत्रिनसक्नु पर्दछ । स्थानीय तहले संस्थागत स्वरूप लिन बाँकी रहेको, कार्यसम्पादनको परिपाटी स्थापित भइनसकेको र स्रोत साधन पनि कम भएको अवस्थामा स्थानीय जनप्रतिनिधिले धेरैतिर हात हाल्नु श्रेयकर हुँदैन । सुनियोजित र सुव्यवस्थित ढंगबाट कार्यको थालनी गर्नुपर्दछ ।

स्थानीय तहले आफ्नो प्रभावकारिता बढाउन खासगरी सेवा प्रवाहलाई सुचारु, गुणस्तरीय र सर्वसुलभ तुल्याउनेतिर ध्यान दिनुपर्छ । कुनै सन्देह छैन, स्थानीय तहमा पनि थुप्रै समस्या छन् । आवश्यकताहरूकै गणना गरेर साध्य छैन । सबै आवश्यकता एकैपटक पूरा हुन कदापि सक्दैन । न साधन स्रोतको पहल हुन्छ, न त व्यवस्थापन क्षमता नै उपलब्ध हुन्छ । त्यसैले आवश्यकताको प्राथमिकीकरण पहिलो शर्त हो । निर्धारित प्राथमिकताका क्षेत्रमा उपलब्ध साधनको कुशलतम उपयोग हुन जरूरी छ । केन्द्रबाट प्राप्त हुने अनुदान प्रत्येक गाउँलाई दामासाहीले बाँड्ने पुरानो परिपाटी अन्त्य गरी अत्यावश्यक क्षेत्रमा मात्रै साधन विनियोजन गर्नुपर्छ । कनिका छरेझैं सीमित साधन र स्रोत छिरोलेर कुनै विकास निर्माणको आशा गर्नु निरर्थक हुनेछ । स्थानीय तहले आफ्नो स्वायत्ततालाई सबल तुल्याउन स्थानीय स्रोत परिचालनमा ध्यान पु–याउन जरूरी छ । अर्कासँग हात थापेर आफ्नो खाँचो टार्नुपर्ने अवस्थामा स्वायत्तता कमजोर हुँदै जाने तथ्य स्मरणीय छ ।

नेपालको संविधानले स्थानीय तहलाई सरकारकै रूपमा स्वीकारेर तदनुरूप अधिकार प्रदान गरेको छ । प्रदत्त अधिकार आफ्नो क्षेत्रको विकास र जनआकांक्षाको सम्बोधनका लागि हो । स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ऐन कार्यान्वयनमा आएसँगै क्षेत्रगत कार्यसञ्चालन प्रक्रिया निर्धारण पक्कै पनि सरल हुन्छ । त्यसपछि स्थानीय तहको पदाधिकारी पूर्ण रूपमा काम गर्न अघि सर्नुपर्छ । अब अरूउपर दोषारोपण गरेर आफ्नो अकर्मण्यता ढाकछोप गर्न मिल्दैन । कार्य सञ्चालनका लागि स्थानीय विशिष्टतालाई पनि ध्यानमा राखी आफैंले विधिनिर्माण गर्नुपर्छ ।

स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकुशलताबाट स्थानीय तह संस्थागत गर्दै लोकतन्त्र सुदृढ तुल्याउने कार्य गर्नुपर्छ । अहिलेका स्थानीय जनप्रतिनिधिहरूले असल परम्पराको जग बसाउने ढंगले काम गर्नुपर्ने तथ्य मननीय छ । आफ्नो सीमा र सामर्थ्यलाई ख्याल राख्दै स्थानीय जनप्रतिनिधिहरूले सुव्यवस्थित ढंगबाट कार्य प्रारम्भ गर्नु वाञ्छनीय छ ।

तीनै चरणका स्थानीय तह निर्वाचनमा मतदाताले उत्साहपूर्ण सहभागिता जनाएकाले लोकतन्त्रप्रति आफ्नो बलियो विश्वास व्यक्त गरेका छन् । लोकतन्त्रप्रति आम मतदाताले प्रकट गरेको यो विश्वास वास्तवमा स्थानीय तहमा विकासका नयाँ लहर ल्याउनका लागि हो । स्थानीय तहको निर्वाचनपछि जनस्तरमा अभूतपूर्व राजनीतिक क्रियाशीलता बढेको छ । यो क्रियाशीलतालाई विकासको नयाँ लहर ल्याउने अभियानमा गोलबद्ध गर्न स्थानीय जनप्रतिनिधिले आफ्नो क्षमता प्रमाणित गर्न सक्नुपर्छ ।

स्थानीय जनप्रतिनिधि संविधानको अंग बन्नुभन्दा समस्या झन् जटिल बनाउन सक्नुमा आफ्नो नेतृत्व कुशलता साबित हुने भ्रमबाट मुक्त हुनुपर्छ । कतिपय ग्रामीण बस्तीहरूको अवस्था वास्तवमै अकल्पनीय र दयनीय छ । यस्तो अवस्थामा परिवर्तनको चाहना नितान्त जायज हो । अब स्थानीय विकास यसै दिशामा निर्देशित हुनुपर्दछ ।

लोकतन्त्र फगत औपचारिक नारामा सीमित राखिने विषय होइन, आम जनसमुदायको जीवनस्तर सुधारसँग गाँसिएको विषय हो । लोकतन्त्र समग्रमा समुन्नतिसँग सम्बन्धित हुन्छ । आम जनसमुदायको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेर नै अहिले लोकतन्त्रका जरालाई तृणमूलतहका जनताको घरदैलोसम्म विस्तार गरिएको हो । स्थानीय तहका जनता अब विकासले गति लिन्छ, अनियमितिता र भ्रष्टाचारको पुनरावृत्ति हुँदैन र आफ्नो दैनिक जीवनचर्यामा सहजता आउँछ भन्ने अपेक्षामा छन् ।

जनताको यो अपेक्षाउपर तुषारापात भयो भने लोकतन्त्र संकटमा पर्न जान्छ भन्ने कुरा यहाँ दोहो–याइरहनुपर्दैन । आफ्नो राजनीति सुरक्षित राखिरहन स्थानीय जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रको विकास अनि जनताको सेवा गर्ने पवित्र उद्देश्यका साथ क्रियाशील रहनु जरूरी छ । लोकतान्त्रिक मूल्य र मान्यताप्रति अटुट आस्था राख्दै तदनुरूप गतिविधि प्रवर्द्धन गरी स्थानीय जनप्रतिनिधिले लोकतान्त्रिक जीवनपद्धति बदल्नका लागि योगदान पु–याउनुपर्दछ ।

स्थानीय जनप्रतिनिधि आफूलाई प्रत्यक्ष लाभ हुने निर्णय गर्न लहसिनुहुँदैन । बडो दुःखको कुरा के हो भने स्थानीय जनप्रतिनिधिहरूले यस्तो लालसा देखाउन थालिसकेका छन् । आफूलाई प्रत्यक्ष लाभ पु–याउने निर्णय आफैंले गर्नु स्वस्थ अभ्यास किमार्थ होइन । यस्तो कार्य वास्तवमा अनैतिक हो । वास्तविक जनप्रतिनिधिले जनतालाई सेवा सुविधा पु–याउने कार्यलाई सर्वोपरि प्राथमिकतामा राख्नुपर्दछ । जनमत प्राप्त गरेका प्रतिनिधिले सेवाप्रवाहलाई सरल, सुविधाजनक, गुणस्तरयुक्त र सर्वसुलभ तुल्याउन हरहमेशा ध्यान पु–याई सेवाग्राही जनताको मन पनि जित्नुपर्छ । स्थानीय जनप्रतिनिधिहरू अकर्मण्य, आत्मकेन्द्रित र दलगत स्वार्थमा लिप्त भए भने जनता जनार्दनसँगको उनीहरूको सम्बन्धमा ह्रास आउँछ र लोकतन्त्रको जगमा पनि चिरा पर्दै जान्छन् । भनिरहनपर्दैन जग नै कमजोर भएपछि लोकतन्त्र टिक्न गाह्रो हुन्छ ।

लामो समयको रिक्ततापछि आफ्ना प्रतिनिधि पाउँदा स्थानीय जनता दंग छन् । स्थानीय जनतामा सर्वथा नवीन उत्साहको प्रारम्भ भएको छ । गाउँ÷नगरपालिका निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता अन्त्य गरेको छ । डेढ दशकदेखि आफ्ना प्रतिनिधि पाउनबाट जनता वञ्चित रहेका छन् । प्रायः सबै स्थानीय तहको संरचना इन्द्रधनुषी छ । एकल राजनीतिक दलबाट निर्वाचित प्रतिनिधि मात्रै रहेका स्थानीय तह बिरलै छन् ।

जुनसुकै दललाई प्रतिनिधित्व गर्ने भएपनि जनप्रतिनिधिहरू आपसमा मिलेर जनताका हितमा काम माग्नुपर्छ । स्थानीय जनप्रतिनिधिबीच मनमुटाव र चर्को विमति भएमा विकास प्रक्रियामा नराम्रो असर मात्रै पर्दैन, केन्द्रमा निहित अधिकार जनताको घर दैलोमा पु–याउने यो अभ्यास पनि सार्थक हुन सक्दैन । त्यसैले पार्टीगत पहिचान भिन्न भिन्न भएपनि जनप्रतिनिधिहरू आपसमा समन्वय गरी विकास प्रक्रियालाई गति दिनेतिर उन्मुख हुनुपर्छ । समझदारी र मेलमिलापको एउटा नयाँ संस्कृति निर्माण गर्नु अहिलेको खाँचो हो । नयाँ राजनीतिक संस्कार विकास गर्न स्थानीय जनप्रतिनिधिहरूले आफ्नो पुरानो सोच बदल्न जरूरी छ ।

(लेखक सरकारका पूर्वसचिव हुन् ।)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x