×

NMB BANK
NIC ASIA

पल शाह चलचित्र ‘मायाका रंगहरु’मा अनुबन्धित

काठमाडाैं | मंसिर २६, २०८०

NTC
Premier Steels

अभिनेता पल शाह चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)मा अनुबन्धित भएका छन् । यो चलचित्र केवल तामाङको निर्माण तथा डेब्यु निर्देशनमा बन्न लागेको हो । 

Muktinath Bank

‘मायावी’ चलचित्रको छायांकन सकेका पलले ‘पूजार सार्की’को छायांकनपछि ‘मायाका रंगहरु’मा काम गर्नेछन् । भारतको सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । भद्र भुजेल र राम मेहरा मुख्य सहायक निर्देशक रहने चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 


Advertisment
Nabil box
Kumari

चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । चलचित्रमा ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी निर्माण टिमको छ । 

Vianet communication

नेपाली र हिन्दी भाषामा निर्माण गरिने चलचित्रमा पल शाहबाहेक अन्य कलाकारहरू छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रले नेपाल र भारतको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास निर्देशक तामाङको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x