×

NMB BANK
NIC ASIA

युवा भनिएकाको पनि उही चाल

संसदीय समितिमा युवाको उपस्थिति लाजमर्दोः देउवा–ओलीभन्दा फरक देखिएनन् गगन–विश्वप्रकाश

शीर्ष तथा प्रभावशाली सांसदको उपेक्षामा 'मिनी पार्लियामेन्ट', सभापति भन्छन्, 'कोरम पुर्‍याउनै गाह्रो छ'

काठमाडाैं | मंसिर २९, २०८०

NTC
संसदीय समितिमा कात्तिक मसान्तसम्म प्रभावशाली सांसदहरूको उपस्थिति
Premier Steels

विधि निर्माण गर्ने थलो संसदीय समितिमा दलका शीर्ष नेता र चर्चित सांसदहरूको उपस्थिति निराशाजनक पाइएको छ । ‘मिनी पार्लियामेन्ट’को रूपमा चिनिने संसदीय समितिमा दलका शीर्ष नेता र प्रभावशाली सांसदहरूको उपस्थिति निकै कमजोर पाइएको हो । 

Muktinath Bank

संसदीय व्यवस्थालाई आदर्श मान्ने प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय समितिमा कम उपस्थित हुने सांसदमा पर्छन् । कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवा जेठदेखि कात्तिकसम्म बसेका समितिका १३ मध्ये ३ वटा बैठकमा मात्र उपस्थित भएका छन् । देउवा कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको बजेट अधिवेशनमा पनि उनी ६२ मध्ये १६ बैठकमा मात्र उपस्थित भएका थिए । देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विषय उठान हुने समिति रोजेका थिए । 


Advertisment
Nabil box
Kumari

अघिल्लो प्रतिनिधि सभामा देउवाले विकास समिति रोजेका थिए । ‘संसदीय समितिमा उपस्थित हुन्नन् देउवा’ भनेर समाचार लेखेपछि उनी बैठकमा उपस्थित हुन थालेका थिए । नेता/सांसदको रोजाइमा सम्बन्धित दलले संसदीय समितिमा सदस्य सिफारिश गर्छ । 

Vianet communication

देउवाको कार्यशैलीमा प्रश्न उठाउने कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको उपस्थिति पनि अत्यन्त निराशाजनक देखिएको छ । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रहेका महामन्त्रीद्वय थापा र शर्मा ८ वटा बैठकमध्ये जम्मा २ वटामा उपस्थित भएको संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत हेर्ने क्षेत्राधिकार रहेको राज्य व्यवस्था समितिमा बस्न सांसदहरूको तँछाडमछाड हुन्छ । समितिको सभापति कांग्रेस सांसद रामहरि खतिवडा छन् । अघिल्लो प्रतिनिधि सभाका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यही समितिमा थिए । 

राज्य व्यवस्था समितिको बैठक २०८० जेठ, साउन र कात्तिक महिनामा एक–एक तथा भदौमा २ र असोजमा ३ पटक बसेको थियो । मंसिर महिनामा केही बैठक बसे पनि यहाँ कात्तिक महिनासम्मको हाजिरी विवरण विश्लेषण गरिएको छ ।  

जेठ महिनामा बसेको पहिलो बैठकमा उपस्थित भएका गगन साउन, भदौ र कात्तिक महिनाको बैठकमा उपस्थित भएनन् । असोज महिनामा ३ वटा बैठक बसेकोमा २४ गतेको बैठकमा मात्र उनी उपस्थित थिए । गगन संसदीय समितिको सभापति भइसकेका सांसद हुन् । दोस्रो संविधानसभाको कालखण्डमा उनी कृषि तथा जलस्रोत समितिको सभापति बनेका थिए । 

जेठ र साउन महिनाको बैठकमा उपस्थित भएका अर्का महामन्त्री शर्मा भदौ, असोज र कात्तिक महिनामा राज्य व्यवस्था समितिको एउटै बैठकमा उपस्थित भएका छैनन् । पहिलोपटक प्रतिनिधि सभामा निर्वाचित भएका शर्मा संसद्को बजेट अधिवेनशनका ६२ मध्ये ४२ बैठकमा उपस्थित भएका थिए । प्रायः प्रौढ उमेरका नेताको बाहुल्य रहेको कांग्रेसभित्र गगन र विश्वप्रकाश महामन्त्री बनेपछि युवा नेतृत्वमा आएको भनेर चर्चा हुने गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा १२ मध्ये ८ वटा बैठकमा उपस्थित भएकी छिन् । भदौ ११ गते सभापति निर्वाचित हुनुअघि आरजु चारवटा बैठकमा अनुपस्थित रहेकी थिइन् ।

कृषि, सहकारी र प्राकृतिक स्रोत साधन समितिमा नेकपा एमालेका सांसद अमृतलाल राजवंशी १२ वटै बैठकमा उपस्थित भएका छन् भने विष्णुकुमार कार्की मात्र ३ बैठकमा उपस्थित भएको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको हाजिरी विवरणमा उल्लेख छ । 

रवि ६ बैठकमा उपस्थित हुँदा उपेन्द्र जम्मा १ 

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ८ वटा बैठकमध्ये ६ वटामा उपस्थित भएका छन् । भदौको १ र असोज महिनाको १ बैठकमा मात्र उनी अनुपस्थित रहेको संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ । 

सभापति लामिछानेले हालै देशबाहिर रहेका बेला कतारबाट भिडियोमार्फत बैठकमा सम्बोधन गर्न खोजेका थिए । रास्वपाका सदस्यहरूको उपस्थिति औसत देखिन्छ । 

राज्य व्यवस्था समितिमा रहेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ५ वटा बैठकमा उपस्थित भएका छन् । नेकपा एमालेका रघुजी पन्त सबै बैठकमा उपस्थित भएका छन् । 

सभापति निर्वाचनअगाडि बैठकको सभापतित्व गरेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि ५ वटा बैठकमा उपस्थित भएका छन् । 

राज्य व्यवस्था समितिमा सबैभन्दा कम उपस्थित हुने सांसद उपेन्द्र यादव हुन् । उनी एउटा बैठकमा मात्र उपस्थित भएका छन् । जेठ, साउन, भदौ र असोजमा पूरै अनुपस्थित यादव कात्तिक महिनामा मात्र बैठकमा उपस्थित भएको देखिन्छ । 

उपेन्द्र वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित भएर आएका सांसद हुन् । प्रतिनिधि सभाको बजेट अधिवेशनका ६२ मध्ये ४० बैठकमा मात्र उनी उपस्थित भएका छन् ।

सभापति खतिवडाले समितिमा कोरम पुर्‍याउन समस्या परेकाले राज्यका महत्त्वपूर्ण विषयमा छलफल गर्न नसकिएको बताए । 

‘सेनाका अधिकारीको उमेरबारे समितिमा उजुरी परेको थियो । काठमाडौं–निजगढ फास्ट ट्र्याकको विषय पनि छ, तर समितिको बैठक बस्न सकेको छैन, उता सरकारले रथि नियुक्तिको निर्णय गरिसक्यो,’ खतिवडाले लोकान्तरसँग भने, ‘समितिमा कोरम पुर्‍याउनै समस्या पर्‍यो । नेताहरूले संसदीय समितिलाई महत्त्व दिएनन् ।’

nullराज्य व्यवस्था समितिको भदौ र असोजको हाजिरी

केपी ओली १० मध्ये १, माधव नेपाल ८ बैठकमा 

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय समितिका १० मध्ये एउटा बैठकमा मात्र उपस्थित भएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य रहेका ओली भदौ महिनाको एउटा बैठकमा उपस्थित भएका हुन् ।

भदौ ११ गते समितिको सभापति निर्वाचनका दिन ओली बैठकमा उपस्थित भएका थिए । 

प्रतिनिधि सभाको बजेट अधिवेशनमा ओली ६२ मध्ये ४४ दिनको संसद् बैठकमा उपस्थित भएका थिए । 

संसदीय समितिलाई उपेक्षा गरेका ओली अन्य दलका शीर्ष नेताको तुलनामा भने धेरै उपस्थित भएका थिए । 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरी समग्र पार्टी सञ्चालनको कामका कारण अध्यक्ष संसदीय समितिमा कम उपस्थित भएको बताउँछन् ।

‘अध्यक्षज्यू उपस्थित हुनुभयो भने अन्य सांसदलाई उपस्थितिका लागि दबाब पर्छ, आगामी दिनमा उहाँ नियमित उपस्थित हुनुहोला,’ गिरीले लोकान्तरसँग भने । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भने १० मध्ये ८ वटा बैठकमा उपस्थित भएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल संसद्को बजेट अधिवेशनमा भने ६२ मध्ये ३८ दिनको बैठकमा मात्र उपस्थित भएका थिए । 

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरा ८ वटा बैठकमा उपस्थित भएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर २ दिनमात्र उपस्थित भएका छन् । समितिको सभापति जसपाका राजकिशोर यादव छन् । 

पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेसका डा. नारायण खड्का १० मध्ये ३ वटा बैठकमा मात्र उपस्थित भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि ५ वटा बैठकमा मात्र उपस्थित भएका छन् । 

संसदीय समितिमा उपस्थित नै नहुनेमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य रहेका राठौर १४ मध्ये एउटै बैठकमा पनि उपस्थित भएका छैनन् । राठौरले अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसकेको बताए । 

‘म २० वर्षदेखि बिरामी छु, बिरामी भएकै कारण संसद्मा उपस्थित हुन सकेको छैन’ राठौरले भने । 

२० वर्षदेखि बिरामी भएको दाबी गर्ने राठौर प्रतिनिधि सभा निर्वाचनमा बाँके– ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १८४ मा सभापतिको अनुमतिविना लगातार ५ वटा बैठकमा अनुपस्थित रहने सदस्यलाई समितिको सिफारिशमा सभामुखले समितिबाट हटाउने व्यवस्था छ । तर, लगातार ५ बैठकमा अनुपस्थित कसैलाई अहिलेसम्म समितिबाट हटाइएको छैन ।

राजेन्द्र लिङ्देन १७ मध्ये ९ मा उपस्थित

प्रतिनिधि सभाको पाँचौं ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कात्तिक मसान्तसम्म बसेका १७ मध्ये ९ वटा बैठकमा उपस्थित भएका छन् । 

प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति रोजेका लिङ्देन ९ वटा बैठकमा उपस्थित भएका छन् । लिङ्देन बजेट अधिवेशनका ६२ मध्ये ४४ बैठकमा उपस्थित भएका थिए । 

लेखा समितिमा रहेका नेकपा एमालेका सचिव योगेश भट्टराई १७ मध्ये १२ वटा बैठकमा उपस्थित भएका छन् । एमालेकै अर्का सांसद गोकुल बास्कोटा १४ वटा बैठकमा उपस्थित भएका छन् । 

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी १४ वटा बैठकमा उपस्थित भएका छन् ।

लेखा समितिको असोज महिनाको हाजिरी

महिला तथा सामाजिक समितिका ३ जना सांसद सबै बैठकमा उपस्थित भएका छन् ।

आस्माकुमारी चौधरी, कल्पना मियाँ कुसारी र शान्ति श्रेष्ठ १६ वटै बैठकमा उपस्थित भएको सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

प्रधानमन्त्री तथा मन्त्रीहरू सम्बन्धित समितिको पदेन सदस्य हुन्छन् । तर, समितिले बोलाएमा बाहेक उनीहरूको उपस्थिति अनिवार्य हुँदैन ।

सरकारको निगरानी गर्ने समिति निकम्मा !

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यकारी (सरकार)लाई व्यवस्थापिका (संसद्)ले सन्तुलन र नियन्त्रण गर्ने गर्छ । सरकारमाथि निगरानी र नियन्त्रणको काम संसदले संसदीय समितिमार्फत गर्ने कानूनी व्यवस्था छ । 

संसद् र संसदीय समितिलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन भएको देखिँदैन ।

सभामुख देवराज घिमिरेले आयोजना गरेको सामूहिक छलफलमा सभापतिहरूले कोरम नपुग्ने समस्या साझा रहेको बताएका थिए ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा संसदीय समितिप्रति नेताहरूको उपेक्षाले व्यवस्थालाई कमजोर बनाउने काम गरिरहेको बताउँछन् । 

‘संसद् र संसदीय व्यवस्थालाई दह्रो बनाउन संसदीय समितिलाई बलियो बनाउनुपर्छ । संसद् दह्रो नभए अहिलेको व्यवस्था कमजोर हुन्छ । निर्वाचित भएर आएका व्यक्तिले सबैभन्दा बढी समय संसदमा दिनुपर्ने हो, तर नेताहरूले उपेक्षा गरिरहेका छन्,’ सभापति खतिवडाले लोकान्तरसँग भने । 

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संसदीय समितिमा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिइएको बताए ।

‘संसद् बैठकमा उपस्थित हुने तर समितिलाई प्राथमिकतामा नराख्ने कारणले अहिले समितिमा उपस्थिति कम देखिएको छ,’ गिरीले भने, ‘विधेयकमाथिको दफावार छलफललगायत समितिको बैठकमा सांसदहरू अनिवार्य उपस्थित हुनेगरी जानुपर्छ ।’ 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसदहरू बैठकमा उपस्थित नभएर कोरम नपुग्ने अवस्था लाजमर्दो भएको बताए ।

‘संसद्को अधिवेशन सकिएपछि सांसदहरू जिल्ला र निर्वाचन क्षेत्रमा फर्किने भएकाले पनि संसदीय समितिमा सांसदहरूको उपस्थिति कमजोर देखिएको छ,’ लेखकले लोकान्तरसँग भने, ‘कोरम नपुगेर संसद् बैठक स्थगित हुन दिनु हुँदैन भनेर लागिपरेका छौं । समितिका बैठक पनि चल्नुपर्छ भनेर सचेत भई लागिपरेका छौं ।’

पढ्नुहोस् यो पनि :

महिनामा एकदिन पनि हाजिर नभई देउवा, माधव, स्वर्णिमसहित ३७ सांसदले पचाए तलब

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x