×

NMB BANK
NIC ASIA

लुम्बिनीमा फेरि अघि बढ्यो विश्वशान्ति धाम निर्माण

बुटवल | मंसिर ३०, २०८०

NTC
Premier Steels

भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढेको छ । धाम निर्माण कार्यक्रमको शनिवार महागुरू श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामा, अमेरिकन दूतावासकी प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुनः शुरुवात गरे । 

Muktinath Bank

लेखक तथा धर्मगुरू रिन्पोछेले थालेको विश्व शान्ति धाम निर्माण महत्वाकांक्षी परियोजना हो । धाम निर्माणमा झण्डै ३० मिलियन डलर लाग्ने अनुमान छ । जसलाई ‘क्राउड फन्डिङ’मार्फत उठाउने लक्ष्य लिइएको छ । शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य परियोजनाको रहेको बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वशान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एकसाथ आउन सक्ने र शान्तिको बिगुल फूकेर मानवताको कल्याण र लाभको लागि काम गर्न सक्ने खुला मञ्च हुने कार्यक्रममा बताइयो । समारोहमा गुरू रिन्पोछेले कोभिड–१९ अघि निर्माण शुरू गरेर रोकिएको काम पुनः शुरूवात गरिएको बताए । नेपाल भौतिक रूपमा कमजोर भए पनि संसारको सबैभन्दा धनी हुने स्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने उनले धारणा राखे । 


Advertisment
Nabil box
Kumari

करोडौं विदेशी भगवान् बुद्धले प्रतिपादन गरेको धर्मका लागि लालायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

Vianet communication

यो आयोजना लुम्बिनीका लागि मात्र नभइ संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ ।  लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरूको सहयोगबाट यो निर्माण हुने बताए । 

नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरूलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझन सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ । 

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरू रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल सङ्ग र जेम्स स्टरलिंक लगायतले विश्वशान्ति धाम निर्माणले बौद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे । 

तीन हजार ४०० वर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्वशान्ति धाम तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

शिलान्यासपछि उपस्थित सबै पालैपालो श्रमदानमा सहभागी भएका थिए । विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र घट्दो मानसिक स्वस्थ्यलाई सम्बोधन गर्न नयाँ समाधान चाहिएको र त्यसको लागि विश्वका सारा मानव एकै परिवारको रुपमा सँगै काम गर्न सिकुन् भन्ने सन्देश प्रवाह गर्न खोजिएको कार्यक्रममा बताइयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x