×

NMB BANK
NIC ASIA

प्रहरी जवानसहित ३ जनाविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आरोप–पत्र दायर

काठमाडाैं | पुस ११, २०८०

NTC
Premier Steels

नवलपरासीस्थित इलाका प्रहरी कार्यालय, बर्दघाटका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसमेत ३ जनाविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा आरोप–पत्र दायर भएको छ ।

Muktinath Bank

इलाका प्रहरी कार्यालय, बर्दघाटकै तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटनामा उनीहरूले अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी जवान धवलले अर्जुनप्रसाद शर्मा र इन्द्रलाल श्रेष्‍ठबाट एक लाख ७५ हजार घुस लिएको ठहर गर्दै मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बुधवार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘घटनाको बेला सादा पोशाकमा परिचालित प्रहरी जवान सञ्जीव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार र नगद एक लाख २० हजार गरी जम्मा एक लाख ७५ हजार रुपैयाँ घुस/रिसवत लिएको देखिएकोले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन पनि हुन मागदाबी लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Vianet communication

 साथै, चितवनको भरतपुर महानगरपालिका, वडा नम्बर–८ स्थायी ठेगाना भएका अर्जुनप्रसाद शर्मा र वडा नम्बर–२१ का इन्द्रलाल श्रेष्‍ठलाई पनि उस्तै सजाय र जरिवाना मागदाबी गरिएको छ । 

 

प्रेस विज्ञप्ति:- मिति २०८०।०९।११ गते।

------------------------------------------

ईलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्‍चिम) का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटनाको सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयद्वारा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनको सुझावहरुमध्ये सादा पोशाकमा परिचालित प्रहरी जवान संजिव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) रकमान्तर गर्न लगाएको देखिएकोले थप कारबाही हुन भन्‍ने गृह मन्त्रालयबाट प्राप्‍त प्रतिवेदनको सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी जवान संजिव धवलले मिति २०७८।०४।२१ गते बेलुका अवैध मोबाइलसहितको गाडी लिई आउने अर्जुन प्रसाद शर्मा र इन्द्र लाल श्रेष्‍ठलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन प्रक्रिया अगाडि बढाउनुको सट्टा व्यक्तिगत लाभ प्राप्‍त गर्ने उदेश्यले अबैध सामान सहितको गाडी र निज व्यक्तिहरुलाई छुटाउनको लागि निजहरुबाट नगद रु.१,२०,०००।- (एक लाख बिस हजार रुपैयाँ) र बैंकिङ प्रणालीमार्फत रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) समेत गरी जम्मा रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिएको देखिएकोले निज संजिव धवललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र घुस/रिसवतसमेत असुल हुन तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको छ।

साथै, जिल्ला चितवन, भरतपुर महानगरपालिका, वडा नम्बर-८ स्थायी वतन भएका अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका, वडा नम्बर-२१ स्थायी वतन भएका इन्द्रलाल श्रेष्‍ठले व्यक्तिगत लाभ प्राप्‍त गर्ने उद्देश्यले राष्‍ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारी अवैध मोबाइलसहितको गाडी छुटाउन र आफूहरु कानूनी कारवाही समेतबाट बच्नको लागि गैरकानूनी रुपमा नगद रु.१,२०,०००।- (एक लाख बीस हजार रुपैयाँ) तथा मोबाइल बैंकिङ्ग प्रणालीमार्फत रु.५५,०००।- (पचपन्‍न हजार रुपैयाँ) समेत गरी जम्मा रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) प्रहरी जवान संजिव धवललाई गैरकानूनी रुपमा घुस/रिसवत दिएकोले निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता

नरहरि घिमिरे

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x