×

NMB BANK
NIC ASIA

रंगमञ्चमा मलिका

ठूलो पर्दाबाट रंगमञ्च प्रवेश गरेकी मलिका

काठमाडाैं | पुस १८, २०८०

NTC
Premier Steels

चार वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘यात्रा’बाट अभिनेत्रीका रूपमा उदाएकी मलिका महत अहिले रंगमञ्चमा रमाइरहेकी छिन् । उनी डेब्यु नाटक ‘पगला घोडा’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । जुन माघ ६ गतेसम्म चल्नेछ ।

Muktinath Bank

यात्राअघि एकाध म्युजिक भिडियो गरेकी मलिकाले त्यसपछि अभिनय गरेको ‘पानीफाटो’ नामक फिल्म प्रदर्शनमा आइसकेको छ । उनले अभिनय गरेका ‘सतीदेवी’, ‘अगस्त्य’लगायत फिल्म प्रदर्शन हुनै बाँकी छन् । म्युजिक भिडियोमा पनि उनलाई दर्शकले निकै रुचाएका छन् । ‘फुलबुट्टे सारी’ उनको सर्वाधिक चर्चित म्युजिक भिडियो हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

फिल्म र म्युजिक भिडियोमा रहमाइरहेकी मलिका नाटकको अफर आउँदा ‘अगस्त्य’ फिल्मको सुटिङमा थिइन् । प्रस्ताव सुनेर एकदमै उत्साहित भइन् । कारण, उनलाई अभिनयप्रति रस जगाएकै नाटकले थियो । 

Vianet communication

स्कुले जीवनमै उनले नाटकमा अभिनय गरेकी थिइन् । ‘कक्षा ४ मा पढ्दा स्कुलबाट नाटकमा भाग लिएकी थिएँ,’ मलिकाले भनिन्, ‘त्यतिबेला नाटक गर्दा अभिनय मलाई मनपर्दो रहेछ । मभित्र अभिनय कला रहेछ भन्ने फिल गरेकी थिएँ ।’ त्यतिबेला ‘मधुमालती’ नाममा नाटक गरेकी मलिका कक्षा ८ मा ‘बत्ती’ नामक नाटक खेलेको सम्झन्छिन् । कलेज पढ्दा पनि उनले ‘मनचिन्ते, फिरन्ते’ नामक नाटकमा अभिनय गरेको सुनाइन् । 

उनी इन्स्टाग्राममा सक्रिय थिइन् । इन्स्टाग्राममा राखेको फोटोका माध्यमबाट म्युजिक भिडियोमा डेब्यू गरिन् । उनले ‘प्लस टू’ पढ्दा नै म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । 

फिल्म ‘यात्रा’को सन्दर्भमा पनि इन्स्ट्राग्राममा फोटो हेरेपछि निर्माण यूनिटबाट उनलाई अफर आएको थियो । त्यसयता केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेपछि उनी रंगमञ्चमा होमिएकी हुन् । 

null

कर्ममा विश्वास राख्ने मलिका मेहनत गरेपछि जे पनि सहज हुने विश्वास गर्छिन् । नाटकको स्क्रिप्ट सुनेपछि चुनौती हुने भए पनि मेहनत गरेपछि सहज हुने विश्वासका साथ उनी नाटक खेल्ने निर्णयमा पुगिन् । दुई महिना नाटकका लागि छुट्याइन् । जब स्क्रिप्ट रिडिङमा बसिन्, तब हरेक दिन धेरै नयाँ कुराहरू जानकारी पाउँदै गइन् । तयारीका लागि १ महिना थोरै भएको महसुस गर्न थालिन् । 

‘नाटकको इनर्जी पहिल्यैदेखि थियो । स्कुल जीवनमा गुरुहरूले जे गर भन्यो त्यही गरेको भएकाले नाटकको ब्याकग्राउण्ड, प्रोसेस थाहा थिएन । त्यतिबेला त्यति गाह्रो महशुस भएको थिएन’ उनले तयारीको अनुभव सेयर गर्दै भनिन्, ‘तर, अहिले एकैपटक यति धेरै क्यारेक्टर निर्वाह गर्दा, धेरै डाइलगहरू कण्ठ गर्नुपर्दा गाह्रो महसुस भयो ।’ नाटकमा उनले चारवटा पात्रको भूमिका निर्वाह गरेकी छन् ।

नाटकको प्राक्टिसमा उनी चुप लागेर सुन्थिन् । घर गएपछि भने आफूसँगको लडाइँ शुरू हुन्थ्यो । शुरूवातका केही दिन धेरै गाह्रो भएको उनले सुनाइन् । ‘मेहनत गर्नुपर्छ भन्ने थाहा थियो । तर, यतिसम्म भन्ने लागेको थिएन,’ उनले सुनाइन् । कहिलेकाहीँ उनलाई नाटक गर्न सक्छु कि सक्दिनँ भन्ने डरसमेत लाग्थ्यो । फेरि आफैले हौसला दिन्थिन्, – हार मान्नुहुन्न, सकिन्छ । ‘म ४५ केजीको व्यक्तिले १५० किलोको भारी बोक्न थालेको जस्तो फिल भएको थियो । जब प्रोसेसहरू बुझ्दै गएँ । सबैले हौसला दिनुभयो । विश्वास बढ्दै गयो,’ मलिकाले भनिन् । 

null

अहिले नाटकबाट सबैको सकारात्मक प्रतिक्रिया पाउँदा भने उनी दंग छिन् । अब, फेरि नाटकबाट अफर आयो भने गर्ने कि नगर्ने ? भन्ने प्रश्नमा उनले भनिन्, ‘सजिलो पात्रबाट शुरू गरेको भए हुन्थ्यो कि भन्ने यो नाटक शुरू गर्दा लागेको हो । यद्यपि, अहिले खुशी छु । नाटकसँग त सधैं माया जोडिएको छ । आउँदा दिनमा अफर आयो भने अवश्य गर्छु ।’

थिएटर आकारको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक ‘पगला घोडा’ भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको सुप्रसिद्ध नाटकको नेपाली अनुवाद हो । शिव खाँड ठकुरीले अनुवाद गरेको नाटकको परिकल्पनाकार एवं निर्देशक घनश्याम श्रेष्ठ हुन् । मलिकासहित नाटकमा आशान्त शर्मा, प्रमोद अग्रहरी, विजय ताम्राकार र विम्ब अधिकारीले अभिनय गरेका छन् । महिला र पुरुषको सम्बन्ध र पितृसत्तात्मक समाजमा महिलाको स्थान कस्तो छ भन्ने विषयमा नाटक केन्द्रित छ । एक युवतीको अन्त्येष्टिमा मसानघाटमा उपस्थित भएका विभिन्न क्षेत्रका चार पुरुषहरूले गरेका वाचाको वरिपरि नाटक घुमेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x