पुस १२, २०८०
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
दीपक आचार्य भनेर सोध्यो भने कतिपयलाई अन्यौल हुन सक्छ । ‘काकु’ भनेपछि उनलाई नचिन्ने भने कमै होलान् । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का चर्चित पात्र हुन् ‘काकु’ । यो पात्रको लोकप्रियताले दीपकका अन्य परिचयलाई भने छोपिदिएको छ ।
जस्तो कि, उनी ‘सक्किगोनि’का श्रृङ्खला निर्देशकसमेत हुन् । चलचित्रमा समेत अभिनय गरेका दीपकले विभिन्न जनचेतनामूलक भिडियोहरू लेखन एवं निर्देशन गर्दै आएका छन् । म्युजिक भिडियो निर्देशकका रूपमा त उनको अलग्गै पहिचान छ ।
दुई दशकअघिदेखि निर्देशनमा होमिएका उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका छन् ।
उनलाई भिडियो निर्देशकका रूपमा पहिलोपटक चिनाउने काम भने प्रमोद खरेलको गीत ‘चल बतास चल’ले गरेको थियो । आशिष सचिनको सुपरहिट गीत ‘एक कान दुई कान मैदान’को भिडियो पनि दीपककै निर्देशनमा तयार भएको हो ।
यो भिडियोलाई झण्डै ५ करोडले हेरेका छन् । ३ वर्षअगाडि रमेश प्रसाइँको स्वरमा सार्वजनिक ‘रिङ्की बुङको राँगोलाई’ गीतको भिडियो दीपककै निर्देशनमा बनेको हो ।
एक समय जनजिब्रोमा झुण्डिएको तर पछिल्लो पुस्ताले बिर्सिएको गीतलाई फेरि ल्याइएको थियो । गीत हिट भएसँगै यसको दोस्रो भागसमेत सार्वजनिक भइसकेको छ ।
प्रमोद खरेलको ‘झुमा झुमा’, बसन्त सापकोटाको ‘पोखरेली झापाली’लगायत उनले निर्देशन गरेकाअरु पनि थुप्रै म्युजिक भिडियोहरू चर्चित छन् । उनी कथा बोकेका भिडियो निर्देशनमा समेत रुचाइएका निर्देशकमा पर्छन् ।
यद्यपि, आफ्ना अनेक परिचयलाई ‘काकु’को लोकप्रियताले छोपेको दीपक स्वयंम स्वीकार्छन् । भन्छन् – ‘म भद्रगोलबाट काकु पात्रका रूपमा देखिन थालेका हुँ । त्यसअघि मैले धेरै काम गरे पनि मलाई दर्शकमाझ चिरपरिचित बनाएको यही क्यारेक्टरले हो । मेरा अरु परिचयलाई यसले छोपिदिएको छ ।’
‘भद्रगोल’मा रहँदा जन्मिएको ‘काकु’ पात्रलाई ‘सक्किगोनि’मा निरन्तरता दिइएको छ । त्यसअघि दीपकले ‘हिजो आजका कुरा’, ‘मेरी बास्सै’लगायत सिरियलमा काम गरिसकेका थिए । ‘काकु’ पात्र अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’लगायत टिमसँग धेरै छलफलपश्चात जन्मिएको दीपक बताउँछन् । पात्रमार्फत् चिनिन पाउँदा खुसी व्यक्त गर्ने उनी ‘भद्रगोल’ र हालको ‘सक्किगोनि’ टिमलाई धन्यवाद दिन्छन् ।
आफूहरू टिममा छलफल गरेर काम गर्दै आएको उनले बताए । टिमवर्कका कारण नै ‘सक्किगोनि’ सिरियल दर्शकमाझ प्रिय बनेको उनको बुझाइ छ । सिरियलमा दीपक आफ्नो वास्तविक उमेरभन्दा पाको उमेरको भूमिकामा देखिँदै आएका छन् ।
‘काकु’ गाउँको एउटा चल्तापुर्जा पात्र हो । गाउँलेले गन्ने मान्ने पात्र हो । कथाअनुसार उसको पात्रले एकातर्फ गाउँको फटाहा ‘पाँडे’को फट्याइँ रोक्नु परिरहेको देखिन्छ । अर्कोतर्फ, ‘जिग्री’जस्तो गाउँको बेकामे पात्रले छोरी उठाइदेला कि भन्ने चिन्ता पनि छ । हालसालै पात्रको गेटअपमा भेटिएका उनले ‘काकु’ बन्दा कहिलेकाहीँ आफूलाई चौकीदार जस्तो महसुस हुने गरेको सुनाए ।
पात्रको ड्रेस लगाइसकेपछि सोही पात्रकै महसुस हुनुपर्ने उनी बताउँछन् । उनले आफ्नो मात्र नभइ सिरियलका अधिकांश पात्र समाज भित्रकै प्रतिनिधि पात्र भएको बताए । ‘यी हाम्रो समाजकै पात्र हुन्’ उनले भने, ‘हरेक समाजमा फटाहा पनि हुनसक्छन् । त्यहाँ जिग्रीजस्ता प्रतिनिधि पात्र पनि हुनसक्छन् । सिरियल हेर्दा दर्शकहरूले पनि आफ्नो गाउँ–ठाउँका कुनै न कुनै पात्रहरूसँग रिलेट गर्नुहुन्छ जस्तो लाग्छ ।’
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...