मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
काठमाडाैं | पुस २८, २०८०
नेपालमा केही सिरियल छन्, जसले दर्शकको मन जित्दै आफ्नो छुट्टै ब्राण्ड बनाएका छन् । ती सिरियलहरू युट्युबमा सार्वजनिक भएको केही घण्टामै लाखौं दर्शकले हेर्ने गरेका छन् । त्यसमा कमेडीदेखि सामाजिक कथावस्तु सम्मका सिरियल छन् । केही नयाँ सिरियलसमेत दर्शकको रोजाइमा परिसकेका छन् ।
‘सक्किगोनि’ सधैं चर्चामा
दर्शकमाझ निकै लोकप्रिय र सधैँ चर्चामा रहिरहेको सिरियल हो ‘सक्किगोनि’ । कमेडी जनरामा निर्माण हुँदै आएको सिरियलका हरेकजसो पात्रहरूसमेत दर्शकमाझ लोकप्रिय छन् ।
अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को संयुक्त लेखन एवं निर्देशन रहँदै आएको सिरियलले सार्वजनिक भएको एक दिनमै १० लाख बढी भ्युज पाउने गरेको छ । सार्वजनिक भएको एक सातामा सिरियलका प्रायः एपिसोडले ३० लाखभन्दा बढी भ्युज पाउने गरेका छन् ।
यसअघि ‘भद्रगोल’ सिरियल ल्याउने गरेका अर्जुन र कुमारको टीमले उक्त सिरियलबाट छुट्टिएपछि ‘सक्किगोनि’ प्रसारणमा ल्याएका थिए । सिरियलको सिजन–३ को ३४ एपिसोड (३३४) प्रसारणमा आइसकेको छ ।
सिरियलमा अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’का अलावा सागर लम्साल ‘बले’, हरिश निरौला ‘क्रक्रोज’, सीपी पुढासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, रक्षा श्रेष्ठ, रश्मी पाण्डे लगायतको अभिनय रहँदै आएको छ ।
हिमालय टेलिभिजनमा साप्ताहिक रूपमा प्रसारण हुँदै आएको सिरियल ‘इएच डिजिटल’ नामक युट्युबमा सार्वजनिक हुने गरेको छ । यो सिरियल सहरदेखि ग्रामिण भेगका हरेक उमेरका दर्शकमाझ लोकप्रिय मानिन्छ । ‘सक्किगोनि’को टिमले चलचित्र निर्माणको समेत तयारी गरिरहेको छ ।
टेलिभिजनमा आउँदैनन्, तर पनि निकै हिट छन् ‘कान्छी’ र ‘भुन्टी’
‘कान्छी’ र ‘भुन्टी’ नामक सिरियल टेलिभिजनमा प्रसारण हुँदैनन्, यद्यपि दर्शकमाझ निकै लोकप्रिय छन् । भ्युजको आधारमा हेर्ने हो भने नेपालमा सर्वाधिक धेरै भ्युज पाउने सिरियलमा यी दुई पर्छन् । आशा फिल्मसको प्रस्तुतिमा निर्माण हुने दुवै सिरियललाई आशा खड्काले लेखन, निर्माण एवं निर्देशन गर्दै आएकी छन् । १ सय ८४ एपिसोड प्रसारणमा आइसकेको ‘कान्छी’ र १ सय ९६ एपिसोड प्रसारणमा आइसकेको ‘भुन्टी’ दुवै सिरियलले सुरुवातदेखि नै लोभलाग्दो भ्युज पाउने गरेका छन् ।
यी दुवै सिरियलले सार्वजनिक भएको २४ घण्टा नबित्दै १० लाख बढी भ्युज पाएका हुन्छन् । दुवै सिरियलका अधिकांश एपिसोडले ५० लाख हाराहारी भ्युज पाउने गरेका छन् ।
यी दुवै सिरियलमा आशा खड्का र सागर गौतम शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । जसमध्ये ‘कान्छी’मा यी दुईका साथमा रामचन्द्र अधिकारी, रमा थपलिया, कमला रेग्मीलगायतको अभिनय रहँदै आएको छ । ‘भुन्टी’मा पनि आशा र सागरका साथमा शारदा गिरी, सुशील पोखरेल, हिउँवाला गौतम, सुवास गजुरेल, रमेश अधिकारी, विनोद श्रेष्ठलगायतले अभिनय गर्दै आएका छन् । ‘कान्छी’ सिरियल ‘कान्छी अफिसियल’ युट्युब च्यानलमार्फत् सार्वजनिक हुँदै आएको छ भने ‘भुन्टी’ सिरियल ‘सुकुमाया टीभी’मार्फत् सार्वजनिक हुने गरेको छ ।
यी दुवै सिरियल सामाजिक र पारिवारिक कथामा निर्माण हुँदै आएका छन् । विशेषगरी ग्रामिण भेगका दर्शकमाझ यी सिरियल लोकप्रिय मानिन्छन् ।
छोटो समयमै लोकप्रिय भएको ‘सीता’
प्रशारणमा आएको छोटो समयमै दर्शकले रुचाएको सिरियल हो, सीता । अहिलेसम्म १६औं भागमात्र प्रशारणमा आए पनि यसले निकै राम्रो भ्युज पाउन थालेको छ । सिरियलका अधिकांश भाग युट्युब ट्रेन्डिङमा समेत पर्ने गरेका छन् ।
सहिन प्रजापतिको कथा, संवाद र निर्देशन रहेको यो सिरियलमा अभिनेत्री सुनिशा बजगाईँ शीर्ष भूमिकामा छिन् । उनले चलचित्रबाट नपाएको चर्चा अहिले सिरियलबाट पाइरहेकी छन् । सिरियलमा उनका साथमा राजु भुजु, सविता गुरुङ, तारा केसी, सहिन प्रजापति, बालकृष्ण ओली, सामिया कार्की, आर के. मानन्धरलगायत कलाकारहरूले अभिनय गर्दै आएका छन् । महिलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको सिरियलको निर्माता शैलेश खत्री हुन् । हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको सिरियल युट्युबमा ‘आरटी इन्टरटेन्मेन्ट’मार्फत् सार्वजनिक हुँदै आएको छ । सिरियलका पछिल्ला एपिसोडले युट्युबमा २० लाखभन्दा बढी भ्युज पाएका छन् । केही एपिसोडले ३० लाखभन्दा बढी समेत भ्युज पाएका छन् ।
सामाजिक कथाको ‘जुठे’
सामाजिक कथामा निर्माण हुँदै ‘जुठे’ दर्शकमाझ लोकप्रिय सिरियल हो । यो सिरियलले पनि प्रसारणको छोटो समयबाटै दर्शकको मन जितेको थियो । १ सय ३८ एपिसोडसम्म प्रशारणमा आइसकेको सिरियलललाई मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु माष्टर’ले संयुक्त लेखन तथा निर्देशन गर्दै आएका छन् ।
सिरियलको शीर्ष भूमिकामा पनि मरिचमान र राजु स्वयंमले अभिनय गर्दै आएका छन् । उनीहरूबाहेक रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, श्रीप्रसाद थापा, सरिता ढुंगाना लगायतको अभिनय रहँदै आएको छ । हिमालय टेलिभिजनमा प्रशारणमा आउने सिरियल युट्युबमा ओएसआर डिजिटलमार्फत् सार्वजनिक हुने गरेको छ । सिरियलले सार्वजनिक भएको छोटो समयमै युट्युबमा १० लाख प्लस भ्युज पाउने गरेको छ ।
कमेडी सिरियल ‘हल्का रमाइलो’
दर्शकमाझ निकै लोकप्रिय कमेडी सिरियलमा पर्छ ‘हल्का रमाइलो’ । केही समय अगाडिसम्म यो सिरियललाई मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु मास्टर’ले नै लेखन एवं निर्देशन गर्नुका साथै सिरियलमा शीर्ष भूमिकामा पनि उनीहरूकै अभिनय रहने गरेको थियो । पछिल्लो समय भने यो सिरियलबाट ‘राजु मास्टर’ छुट्टिएका छन् ।
‘बल्छी ध्रुबे’ले निर्देशन गर्दै आएको सिरियलमा उनी स्वयंमका साथमा लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरु विष्ट, दीपेन्द्र तिमिल्सिना, कृष्ण शिवाकोटी, पूजन घिमिरेलगायतको अभिनय रहँदै आएको छ । हिमालय टीभीमा प्रसारण हुने ‘हल्का रमाइलो’ मरिचमानकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक हुँदै आएको छ । यस सिरियलका हरेक एपिसोडले लाखौं भ्युज पाउने गरेका छन् ।
सेन्टिमेन्टल सिरियल ‘बुहारी’
टेलिभिजनमा प्रशारण नहुने तर युट्युबमा निकै हिट अर्को सिरियल हो, ‘बुहारी’ । चेलीको कथामा सेन्टिमेन्टल जनरामा रहेर निर्माण हुँदै आएको सिरियलका हरेक एपिसोडले युट्युबमा लोभलाग्दो भ्युज पाउने गरेका छन् ।
यसका पछिल्ला प्रायः एपिसोड ३० लाखभन्दा बढी हेरिएका छन् । १ सय ५८ भागसम्म प्रशारणमा आइसकेको यो सिरियलललाई रामचन्द्र बोहराले लेखन एवं निर्देशन गर्दै आएका छन् ।
सिरियलमा रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, विजय देउजा, लक्ष्मण विक्रम बस्नेत, विद्या कार्की, महेशजंग थापा, सरिता राजोपाध्यायलगायतको अभिनय रहँदै आएको छ । ‘बुहारी अफिसियल’ युट्युब च्यानलमार्फत सिरियल सार्वजनिक हुँदै आएको छ ।
बेगम र रियाशाको ‘गाह्रो छ हो’
नेपाली दर्शकमाझ ‘गाह्रो छ हो’ शीर्षकको सिरियल पनि निकै लोकप्रिय छ । कमेडी जनराको यो सिरियल १८४ एपिसोडसम्म प्रशारणमा आइसकेको छ । सिरियलमा विष्णु सापकोटा, बेगम नेपाली, रियाशा दाहाल, सुशील पोखरेल, विनोद राई, मनराज श्रेष्ठ, राजकुमार देवकोटा, करुणा श्रेष्ठलगायतको अभिनय रहँदै आएको छ ।
बेगम नेपालीको लेखन रहेको यस सिरियललाई मनराज श्रेष्ठले निर्देशन गर्दै आएका छन् । यसका पनि अधिकांश एपिसोडले युट्युबमा लाखौं भ्युज पाउने गरेका छन् । एपीवान टेलिभिजनमा प्रसारण हुने सिरियल ‘भटभटे माइला’ युट्युबमार्फत सार्वजनिक हुँदै आएको छ ।
लोकप्रिय बन्दै राजु मास्टरको ‘सकस’
राजु पौडेल ‘राजु मास्टर’ले सुरु गरेको नयाँ सिरियल ‘सकस’ले छोटो समयमै दर्शकबाट राम्रो माया पाइरहेको छ । सिरियल प्रसारणमा आएको दुई महिनामै यसले लाखौं भ्युज पाउन थालेको हो । राजु पौडेलको लेखन एवं निर्देशन रहने सिरियल अहिलेसम्म ८ भाग प्रसारणमा आएको छ ।
सिरियलमा राजु पौडेलका साथमा लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, लोकेन्द्र लेखक, दिपक शर्मा, कमला रेग्मी, बिनोद श्रेष्ठ, अनिता बस्नेत, प्रमिला खनाल लगायतको अभिनय रहने गरेको छ । सामाजिक कथाको यो सिरियलको पछिल्लो एपिसोड पनि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।
यीबाहेक अरु पनि थुप्रै सिरियल छन्, जसले युट्युबमा राम्रो भ्युज पाउने गरेका छन् । निकै लामो इतिहास बोकेको सिरियल ‘मेरी बास्सै’ निकै आरोह अवरोह व्यहोर्दै अहिलेसम्म निरन्तर प्रसारणमा छ । यद्यपि, कुनै समयको सर्वाधिक चर्चित यो सिरियलको भ्युज भने पछिल्लो समय केही घटेको पाइन्छ ।
यस्तै, कुनै समय ‘भद्रगोल’ नामक सिरियल सर्वाधिक चर्चामा थियो । यो सिरियलबाट ‘पाँडे’ र ‘जिग्री’को टिम छुटिट्टएपछि ‘भद्रगोल’को भ्युज निकै घटेको छ ।
‘हर्के हवल्दार’, ‘अति भो’जस्ता अन्य थुप्रै सिरियल पनि प्रसारणमा छन् । जसमध्ये केहीलाई भने राम्रो भ्युज पाउन संघर्ष गर्नु परिरहेको छ । केही सिरियलहरू थपिने क्रममा पनि छन् । चर्चित हास्य कलाकार शिवहरी पौड्यालले ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ नामक सिरियल निर्देशन गर्ने तयारी छ ।
कलाकार शिशिर भण्डारी आफ्नो चर्चित गीत ‘फोटो फिरिममा’को नाममा सिरियल ल्याउने अन्तिम तयारीमा छन् । यसको ट्रेलर उनले सार्वजनिक गरिसकेका छन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...