×

NMB BANK
NIC ASIA

बुटवलको कालिकानगरमा चारखुट्टे हाइटेन्सन पोल हटाइँदै, मोनोपोल राख्ने तयारी

बुटवल | पुस २९, २०८०

NTC
Premier Steels

​​बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ ।

Muktinath Bank

फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको हो । त्यसको लागि आइतवारदेखि माटो परीक्षणको काम शुरू भएको छ ।​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोनोपोल चारखुट्टे जस्तो भद्दा संरचना पनि देखिँदैन । होराइजन चोकदेखि तलतिर सडकमा रहेका चार वटा ‘रिप्लेस’ गरिने नेपाल विद्युत प्राधिकरण योगीकुटी शाखाका इन्जिनियर इन्जिनियर सूर्य पाण्डेले बताए ।


Advertisment
Nabil box
Kumari

अति जोखिमपूर्ण रहेको यो सडकमा रहेका पोलहरूलाई नयाँ राख्नको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पहल गरेका थिए ।

Vianet communication

‘फराकिलो सडकका बीचमा रहेका चारखुट्टे हाइटेन्सनका पोलले दुर्घटनाको जोखिम समेत बढाएको छ । अब सानो मोनोपोल राखेपछि दुर्घटनामा कमी आउनुका साथै सुरक्षित पनि बढी हुन्छ । त्यसको लागि हामीलाई स्थानीयको साथ आवश्यक छ’, इन्जिनियर पाण्डेले भने, ‘२५ दिनभित्र ड्रिल गरेर स्वाइल टेस्ट गरिसकेपछि कस्तो आकारको पोल आवश्यक हुन्छ, त्यहीँअनुसार कम्पनीलाई निर्माण गर्न दिन्छौं ।’​

गर्मी अघि नै काम सक्ने गरी अघि बढेको उनले बताए ।​​​

योगीकुटीदेखि मगरघाट हुँदै मैनाहिया जाने खण्डमा भूमिगत प्रशारण लाइन विस्तारको काम पनि अघि बढेको छ ।

‘चार वटा खुट्टा भएको जिग्राउँदो पोल हेर्दा पनि त्यति राम्रो देखिँदैन’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘अहिले नयाँ प्रविधिका मोनोपोल विकास भएको छ । एउटा ठिङ्ग उभिने पोल हो । यसले सडकलाई साँघुरो पनि पार्दैन हेर्दा नराम्रो पनि हुँदैन । त्यो व्यवस्था अनुसार यो काम अघि बढाएका थियौं, त्यहीँअनुसार काम अघि बढेको हो ।’  

अहिलेको प्रशारण लाइनको पोलले सडकको धेरै भाग ओगटेको देख्दा भद्दा र बेलाबेला दुर्घटनाको समेत जोखिम बढेकोले मोनोपोल राख्न लागिएको हो ।

यो पोल राखिएपछि कालिकापथ थप आकर्षक र सुरक्षित हुनेछ ।​  विकसित देशहरूमा यस्ता मोनोपोल बढी प्रयोग भइरहेका छन् ।

नेपालमा एक दुई ठाउँलाई सुरक्षित बनाउन मोनोपोल राख्न थालिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x