×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

खाँण छुट्दा डाँको छाडेर रोए सचिव पाण्डे, क्षणभरमै सम्हालिए टोपबहादुर

काठमाडाैं | पुस २९, २०८०

NTC
Premier Steels

पूर्व गृहमन्त्री बालकृष्ण खाँण रिहा भएको दिन एउटै मुद्दामा थुनामा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे सबैले सुन्नेगरी आवाजै निकालेर रोएको पाइएको छ ।

Muktinath Bank

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पाण्डे खाँण छुटेको दिन सबैले सुन्नेगरी ‘ड्वाँड्वाँ’ रोएको केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उहाँ (पाण्डे) बालकृष्ण खाँण छुटेको दिन बेस्सरी चिच्याएर रुनुभएको थियो,’ केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलले लोकान्तरसँग भने, ‘धुरूधुरू होइन, आवाजै निकालेर रुनुभयो ।’


Advertisment
Nabil box
Kumari

पूर्व गृहमन्त्री खाँणलाई उच्च अदालत पाटनले मंसिर २८ गते ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो खबर पाण्डेले जेलका नाइकेमार्फत थाहा पाएका थिए ।

Vianet communication

‘उहाँलाई खबर सुनाइदिऊँ भनेर सुनाएको त रुन थाल्नुभयो, हामी त के गर्ने, के नगर्ने अन्योलमा पर्‍यौं,’ जेलका नाइकेको कुरा उद्धृत गर्दै अर्का एक सुरक्षा अधिकारीले लोकान्तरसँग भने ।

उच्च अदालतको आदेशपछि खाँण सम्पत्ति शुद्धीकरणमा समेत १५ लाख धरौटी बुझाएर छुटेका थिए ।

एकै मुद्दामा थुनामा रहेका खाँण छुटेपछि पाण्डे थप निराश देखिएका छन् । उनको दैनिकी पूजापाठमा बितिरहेको छ । उनलाई भेट्न परिवारका सदस्यबाहेक कोही आउँदैनन् ।

‘पाण्डे सरलाई भेट्न आफन्तहरू, नितान्त घरमा मान्छेभन्दा अरू आउनुभएको छैन,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने । 

null

टोपबहादुर छोरा छुट्दा खुसी, खाँण छुट्दा निराश

केन्द्रीय कारागारमै रहेका नेकपा एमालेका नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझीले पनि पूर्व गृहमन्त्री खाँण छुटेको कुरा कारागारका नाइकेमार्फत सुनेका रहेछन् ।

शुरूमा खाँण छुटेको थाहा पाउँदा केही निराश भएका रायमाझी तत्काल सम्हालिएका रहेछन् ।

‘रायमाझीजी केहीबेर निराश देखिनुभएको थियो, तर केही समयपछि सामान्य अवस्थामा आउनुभयो,’ सूचना अधिकारी लुइँटेलले लोकान्तरसँग भने ।

छोरा सन्दीप रायमाझीको रिहाइको दिन खुशी देखिएका रायमाझीको दैनिकी अन्य समयमा भने सामान्य हिसाबले बितिरहेको छ ।

कारागार स्रोतका अनुसार रायमाझीले सामान्य मेसमै खाना खान्छन् ।

कारागारमा कैदीबन्दी मिलेर मन लागेको खाना बनाएर खान पाउने व्यवस्था पनि छ । तर, रायमाझीले मेसमा नै अन्य कैदीबन्दीसहित सामान्य खाना खाने गरेका छन् ।

‘उहाँ लाइनमा बसी थाल थापेरै खाना खाइरहनुभएको छ,’ कारागार स्रोतले लोकान्तरसँग भन्यो । रायमाझीलाई भेट्न परिवारका सदस्य र केही जनप्रतिनिधि पनि आएका छन् ।

‘उहाँलाई भेट्न केही संघीय सांसद र प्रदेश संसादहरू आउनुभएको छ । त्यसका अलावा पार्टीका तल्लो तहका नेताहरू पनि आउनुहुन्छ,’ सूचना अधिकारी लुइँटेलले भने ।

null

प्रायः जिल्ला र प्रदेश स्तरका नेता आउने गरेको उनले खुलाए । रायमाझीलाई भेट्न आउनेहरूका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ ।

केन्द्रीय कारागारमा हैकम चलाउन खोजेपछि सानु भण्डारी र केशव दुलाललाई भने नख्खु कारागार स्थानान्तरण गरिएको थियो । उनीहरूले आफूहरू पनि भीआईपी नै भएकाले भेट्ने कक्ष छुट्टै चाहियो भन्दै कारागार व्यवस्थापनसँग माग राखेका थिए । 

सानु भण्डारीले त आम कैदीबन्दीले भेट्ने ठाउँमा आफन्त नभेट्ने भन्दै आएकालाई पनि फर्काएका थिए । त्यसपछि उनीहरूलाई सरुवा गरिएको थियो । नख्खु कारागारमा पनि उनीहरूले आफूहरूलाई छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।  

जिल्ला अदालत काठमाडौंले टोपबहादुर रायमाझी, बालकृष्ण खाँण र टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

उच्च अदालत पाटनको आदेशले टोपबहादुरका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल छुटेका छन् । टोपबहादुर, टेकनारायण लगायत भने अझै पनि कारागारमै छन् । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको आरोप अभियुक्तहरूमाथि छ । यो मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

पढ्नुहोस्, यो पनि :

खाँणलाई भेट्न दिन बिराएर पुग्छिन् मञ्जु, आफन्त आउँदा धुरुधुरु रुन्छन् सचिव पाण्डे
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x