२५ असार २०८३, बिहीबार
नक्कली शरणार्थी प्रकरण

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

मंसिर २८, २०८०
काठमाडौं
पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा हुने भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेपछि खाँण कारागारमुक्त हुने भएका हुन् ।

अघिल्लोपटक सुनुवाइ हुँदा खाँणका सम्बन्धमा न्यायाधीशहरूको राय बाझिएको थियो ।

न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र प्रकाश खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

बिहीवार न्यायाधीश कोइरालाको राय न्यायाधीश पाण्डेसँग मिलेपछि खाँण धरौटीमा छुट्ने पक्का भएको हो ।

हेर्नुहोस्, आदेश:

null

null

null

nullnull

उच्च अदालत नियमावली २०७३ को नियम १२ मा राय बाझिएको अवस्थामा तेस्रो न्यायाधीशको निर्णय अन्तिम मानिने व्यवस्था छ ।

नियम १२ को उपनियम (१) मा भनिएको छ-

संयुक्त इजलासबाट हेरिने मुद्दा तथा प्रतिवेदनको सुनुवाइ गर्दा दुईजना न्यायाधीशहरूका बीच मतैक्य नभएमा दुई न्यायाधीशहरूको रायसहित सो मुद्दा वा प्रतिवेदन निर्णयार्थ तेस्रो न्यायाधीशसमक्ष पेस गरिनेछ । यसरी पेस भएपछि तेस्रो न्यायाधीशको रायबमोजिम कायम हुन आएको बहुमतको निर्णय अन्तिम निर्णय मानिने छ ।

salt training

कमेन्ट गर्नुहोस्