×

NMB BANK
NIC ASIA

पर्दाकी सकम्बरीसँग सम्वाद

प्रकाश सपुत इज माइ गडफादर, उहाँले इन्स्पायर गर्दा स्ट्रोङ फिल गर्छु: सकम्बरी [अन्तर्वार्ता]

म कलाकार मात्र होइन, नर्स पनि हो

काठमाडाैं | माघ ६, २०८०

NTC
Premier Steels

‘सकम्बरी’ गीतबाट मोडलिङमा प्रवेश गरेकी मोडल हुन् कुसुम शर्मा । ‘डेब्यू’ कामबाटै दर्शकको नजरमा परेकी यी सुन्दरी मोडलले त्यसयता थुप्रै भिडियोमा आफ्नो कला र सौन्दर्य देखाइसकेकी छिन् ।

Muktinath Bank

हिजोआज पनि उनले मोडलिङ गरेका म्युजिक भिडियोहरू सार्वजनिक हुने क्रम जारी छ । मोडलिङकै कामका कारण उनले चलचित्रमा समेत फड्को मार्न थालेकी छिन् । उनै कुसुमसँग लोकान्तरले आफ्नो अनुभव, सफलता र आगामी यात्राबारे कुराकानी गरेको छः  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोडलिङ यात्रा कस्तो भइरहेको छ ? 
एकदमै राम्रो भइरहेको छ । एकपछि अर्को भिडियो आइरहेका छन् । दर्शकहरूले पनि माया गरिदिनुभएको छ ।


Advertisment
Nabil box
Kumari

अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ? 
मोडलिङ यात्रा शुरू गरेको धेरै भएको छैन । यद्यपि, धेरै काम गरिसकेकी छु । डेढ दर्जनभन्दा बढी भिडियो रिलिज भइसकेका छन् । केही रिलिजको तयारीमा छन् । केही भिडियो रिलिज नै भएनन् । 

Vianet communication

आफूले काम गरेका भिडियोलाई दर्शकले रुचाउँदा कस्तो लाग्छ ? 
एकदमै खुशी लाग्छ । अझै राम्रो काम गर्न पाउँ भन्ने हुन्छ । यो माया र विश्वासलाई कसरी जोगाइराख्ने भन्ने पनि दबाब हुन्छ । 

तपाईंका जति गीत आए, तीमध्ये धेरै चर्चा चाहिँ प्रकाश सपुतसँगका गीतलाई लिएर भयो । अरू गीतको चर्चा त्यति नहुनुको कारण के हो जस्तो लाग्छ ?

प्रकाश सर (सपुत) आफैँमा एउटा ब्रान्ड हो । उहाँका सबैजसो गीतले चर्चा पाउँछन् । सोहीकारण उहाँको प्रोजेक्टमा म नभएर अरू कोही जोडिएको भए पनि चर्चा हुन्थ्यो । मेरा अरू गीतको पनि चर्चा हुँदै नभएको होइन । गीतले प्रोडक्सन अनुसारको चर्चा पाइरहेका छन् । मेरा अरू भिडियोलाई प्रकाश सरसँग जोडिएका गीतसँग तुलना गर्न मिल्दैछ । 

‘मुटु कटक्कै’ गीत चलेपछि ‘कुसुमलाई चल्न प्रकाश सपुतको सहारा’ भन्ने खालका गसिपहरू आइरहेका थिए । त्यस्ता गसिप देख्दा कस्तो लाग्छ ? 

हुन त चर्चित व्यक्तिहरूकै धेरै समाचार बन्छन् । यद्यपि, त्यही कुरालाई सकारात्मक तरिकाले पनि पेश गर्न सकिन्छ जस्तो लाग्छ । मैले उक्त कुरालाई नकारात्मक तरिकाले चाहिँ हेरेकी छैन । ममा केही छ र त मेरो बारेमा गसिप बन्छ । समाचार बन्छ । ‘ए, मेरो पनि न्युज बन्ने बेला भएछ । तैँले अझै राम्रो काम गर्नुपर्छ’ भन्ने फिल हुन्छ । 

पहिलो काम नै अत्यधिक हिट भयो । त्यसले अगाडिका दिनमा दबाब महसुस चाहिँ कत्तिको भयो ? 

एकदमै हुन्छ । मैले पहिलो काममै नसोचेको सफलता पाएको हो । यो कुरालाई मैले मजाकका रूपमा लिनुहुन्न । चर्चामा आइसकेपछि हराऊँ जस्तो कसैलाई पनि हुँदैन । मैले के गर्दा राम्रो हुन्छ ? दर्शकको मायालाई मैले कसरी जोगाइराख्न सक्छु ? कसरी राम्रो काम गर्न सक्छु ? भन्नेजस्ता कुराले धेरै प्रेसर दिँदोरहेछ । ला ! म डाउन–डाउन हुँदै जाने हो कि भन्ने लाग्दोरहेछ । विस्तारै–विस्तारै चर्चा पाउँदै जानु राम्रो हुन्छ । एकैपटक माथि पुगेर तल झर्दा नमज्जा हुन्छ । यस्तै कुराहरूले गर्दा अत्तिनै ‘प्रेसर फिल’ हुँदोरहेछ । 

चलचित्र ‘सञ्जीवनी’मा काम गर्ने तय भएको केही समय भिडियोमा काम गर्नुभएन । त्यतिबेला केही बन्धन थियो ? 

संगीत क्षेत्रमा आएँ । शुरूमै राम्रो भयो । सबैले माया गरिदिनुभयो । लगत्तै चलचित्रबाट अफर आयो । मेरा लागि यो पनि नसोचेको र ठूलो कुरा थियो । एउटा भिडियो खेलेर चलचित्र आयो भन्दा दर्शकहरू पनि उत्साहित हुन्छन् । सोहीकारण एकछिन भिडियो नगर्ने भन्ने सम्झौता थियो । चलचित्रको छायांकन शुरू हुन केही समय लाग्ने भयो । पछि सोच्यौं – एउटै काममा दर्शकले विश्वास गरिरहन्छन् भन्ने हुँदैन । सधैँ ‘लकले फेबर’ गरिरहेको हुँदैन । मेरो कामहरू आइरहेनन् र दर्शकले चिनेनन् भने म हराउँदै जान सक्छु । काम गरेपछि दर्शकले चिनिरहन्छन् । क्यामेरा फेस गरिरहँदा केही कुरा भए पनि सिकिन्छ भन्ने भएपछि आएका म्युजिक भिडियो गर्न थालेँ । 

कलाकारितामा करिअर शुरू गरेको एक वर्ष पनि भएको छैन । यो समयमा कुनै दिन अब यो क्षेत्रमा काम गर्दिनँ भन्ने दिमागमा आयो कि आएन ?

आएको थियो नि । त्यही भएर फेसबूकमा पोस्ट पनि गरेकी थिएँ । मलाई बीचमा एकदमै प्रेसर फिल भएको थियो । मानिसहरूले प्रकाश सपुतबिना कुसुम शर्मा केही पनि होइन । ‘फ्लप मोडल’ जस्ता आशयका कुराहरू आउँदा, ड्रेसको सानो विषयमा समेत कन्ट्रोभर्सी बनाइदिँदा प्रेसर फिल गरेकी थिएँ । म सँग कलाकारिता मात्र होइन, मेरो हातमा नर्सिङको अर्को ‘पावरफूल वे’ पनि छ । यो कलाकार मात्र होइन, नर्स पनि हो भनेर प्रमाणित गर्छु भन्ने लागेको थियो । यद्यपि, फेरि मानिसहरूले जे भने पनि हरेस खानुहुन्न । त्यस्तो भन्नेहरूलाई यही क्षेत्रमा केही गरेर सक्षम हो भनेर प्रमाणित गर्नुपर्छ भन्ने लाग्यो । कुसुम तँ लुजर होइन भन्ने खालको फिल भयो । 

प्रेसर महसुस गरिरहेको समयमा त्यो आँट चाहिँ कसरी आयो ? 

मेरो इन्स्पिरेशन प्रकाश सर हो । उहाँले मलाई मोडलिङमा डेब्यु गराउने मात्र नभएर मलाई सधैं हौसला दिने गर्नुभएको छ । 

मानिसहरूले राम्रो काममा पनि खोट लगाउँछन्, त्यस्तो कुराहरूलाई धेरै मनमा लिनुहुन्न । राम्रो गर्दै जानुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । तिमी तिम्रोमात्र नभएर अरूको पनि खुशी हो भनेर सोँच्नुपर्छ भन्नुहुन्थ्यो । काम गर्दिनँ भन्ने होइन, अझ राम्रो काम गरेर अगाडि बढ्छु भन्ने मनमा लिनुपर्छ भन्नुहुन्थ्यो । मैले सामाजिक सञ्जालमा केही निराशाजनक खालको पोस्ट गर्दा प्रकाश सरले आफै टेक्ट वा फोन गर्नुहुन्छ । कहिले भेटेरै पनि सम्झाउनुहुन्छ । उहाँले जहिले ‘इन्स्पायर’ गर्नुहुन्छ अनि म आफूलाई अझै स्ट्रोङ फिल गर्छु । 

चलचित्र घोषणा भएको धेरै भयो । छायांकन शुरू हुन किन ढिला भइरहेको छ ?

चलचित्र विदेशमा छायांकन हुने हो । त्यसका लागि म एक जनाको भिसा लागेर हुँदैन, सबैको लाग्नुपर्यो । सबै टिमको प्रक्रिया पूरा गर्दा ढिला हुनु स्वाभाविक हो । त्यसमाथि चलचित्रका लागि म आफूमा पनि केही निखार आउनुपर्यो । वर्कसपहरू गरिरहेको छु । सम्भवतः अबको दुई महिनामा सेटमा गइसक्छौं । 

चलचित्रमा अभिनयको अफर आउँदाको शुरूवाती अनुभूति कस्तो थियो ? 

निर्देशक दिनेश सरबाट फोन आयो । तर, मैले शुरूमै निर्णय दिइनँ । प्रकाश सपुत इज माइ गडफादर, के गर्ने भनेर उहाँलाई सुनाएँ । सबैको सल्लाह लगेँ, स्क्रिप्ट पढेँ । अनि बल्ल अभिनय गर्ने डिसिजन लिएँ । चलचित्रबाट अफर आउँदा एकदमै खुशी थिएँ । मेरो सानैदेखिको सपना पर्दामा देखिनु थियो । म नृत्यमा पर्फेक्ट छैन । यद्यपि, एक्ट चाहिँ गर्न सक्छु भन्ने विश्वास थियो । भिडियोमा करिअर शुरू गर्नेवित्तिकै चलचित्रबाट अफर आउँदाको खुशी त कति कति । त्यसमाथि बच्चैदेखि हेर्दै आएको अभिनेता आर्यन सिग्देलसँग काम गर्नेभन्दा अझ खुशी भएँ । 

डेढ दर्जनभन्दा बढी भिडियोमा काम गर्नुभयो । तर, अहिले पनि तपाईको वास्तविक नामभन्दा पहिलो भिडियो ‘सकम्बरी’को नामले चिन्नेहरू धेरै हुनुहुन्छ । यसरी दर्शकमाझ चिनिँदा कस्तो लाग्छ ? 

खुशी लाग्छ । प्राउड फिल हुन्छ । निक नेम भन्ने कुरा यत्तिकै पाइँदैन । आफूले गरेको कामलाई माया गरेर धेरै मानिसहरूले सोही नामले चिन्छन् भने त्यो त उहाँहरूको माया हो । मलाई चिन्ने मेरो पहिचान पनि हो भन्छु । एउटा कलाकारको लागि दर्शकहरूले दिएको नामभन्दा प्यारो अरू नाम हुँदैन जस्तो लाग्छ । शुरूको प्रोजेक्टमाभन्दा राम्रो गरौं भन्ने सधैं हुन्छ, तर शुरूमा मलाई जे भनेर चिन्नुभयो, त्यसमा खुशी छु । 

चलचित्रसम्मको यात्रा तय गर्दै हुनुहुन्छ । अभिनय प्रशिक्षण लिनुभयो कि तयारी गर्दै हुनुहुन्छ ? 

सोँच त पहिल्यैबाट हो । तर, समय नमिल्दा सिक्न पाएकी छैन । मैले अघि पनि भनेँ, मलाई राम्ररी नाँच्न आउँदैन । मैले डान्स सिक्नुपर्छ । फिगर, फेसलाई पनि मेन्टेन गर्नुपर्छ । मलाई थिएटर ज्वाइन गर्न मन छ । विस्तारै आवश्यक कुराहरू सिक्दै, कमी कमजोरी सुधार्दै जानेछु । 

भिडियोमा धेरै मोडलहरूसँग सहकार्य गर्नुभयो । अब, कोसँग देखिन मन छ ? 

चलचित्रको हिरोसँग काम गर्ने मन छ । पल शाह, आकाश श्रेष्ठलगायतसँग एकपटक भिडियोमा आफूलाई हेर्ने रहर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x