कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
संसारमा तीन किसिमका मानिस हुन्छन् । नकारात्मक, सकारात्मक र तटस्थ । यिनलाई स्वार्थी, परमार्थी र न स्वार्थी न परमार्थी पनि भन्न सकिन्छ । कसैले नेगेटिभ, पोजिटिभ र न्युट्रल भन्छन् भने त्यो पनि होला । यीमध्ये नकारात्मकहरू अरूको दुःखमा खुसी हुन्छन् । सकात्मकहरू दुःखी हुन्छन् भने तटस्थहरूलाई वास्तै हुँदैन । यिनमा सकारात्मकको सङ्ख्या निकै कम छ । नकारात्मकहरू त्योभन्दा बढी र तटस्थहरू सर्वाधिक बढी छन् । जब कि हुनुपर्ने सर्वाधिक बढी सकात्मकको हो । सकै सबै नभए पनि बढी ।
यस्तो किन हुन्छ त्यता नजाऊँ । किनकि विभिन्न तर्क छन् । कसैले केही भनेका छन् कसैले केही । गुणको कुरा गर्ने पनि छन्, स्वभावको कुरा गर्ने पनि छन्, सङ्गतको कुरा गर्ने पनि छन् । तथापि यथार्थ यही हो कि दुनियाँ बढी नकारात्मककै भोका छन्, जुन न जीवनको उद्देश्य हो न प्रकृतिको सन्देश ।
जीवनको उद्देश्य त यसै पनि नकारात्मक होइन । उसको स्रोत नै सकारात्मक हो । सकारात्मकबाटै आएको हो । सकारात्मककै लागि आएको हो । प्रकृतिकै कुरा गर्ने हो भने पनि ऊ सकारात्मक छ, सकारात्मकताको कुरा गर्छ । त्यसैले त उसले न विभेद गर्छ न भत्काउने काम नै । यसको अर्थ उसले भत्काउन जानेको छैन भन्ने होइन । भत्काउन त भत्काउँछ तर बनाउनका लागि । भन्न त मानिसले पनि बनाउनकै लागि भत्काएको भन्ने गर्छ तर बनाउन भने सक्दैन । किनकि उसमा नकारात्मकता छ ।
भत्काउन त सजिलै छ । रेलिङ भाँच्यो, आगजनी गर्यो, टायर बाल्यो, गाडी जलायो, ढुङ्गा मुढा गर्यो, मान्छे भए गोली ठोक्यो भइहाल्यो तर बनाउन त त्यस्तो छैन । यसका लागि सकारात्मकता चाहिन्छ, जुन भत्काउनेसँग छँदैछैन । त्यसैले बनाउन परेपछि बनाउने ठाउँमा पुगेपछि कोही यस्तो भएन भन्छन् कोही त्यस्तो भएन भन्छन् । भनेजस्तो गर्न हुँदो रहेन छ भन्ने पनि होलान् । बनाउन त खोजेको हो तर के गर्ने ताल्चा र साँचो नै पाइएन भन्ने पनि होलान् ।
यहाँ यो त त्यो भन्ने कुरा छैन । यहाँ र उहाँ मात्र भन्ने पनि होइन । बीस–उन्नाइस हुनु छुट्टै कुरा हो जहाँको पनि अवस्था यस्तै छ, त्यस्तै छ । किनकि सबैमा नकारात्मकता हाबी छ । सबै यसकै पुजारी छन् । फलत न आफूले सुख पाएका छन् न अरूलाई सुख दिन सकेका छन् । कारण नकारात्मकको प्रतिफल नकारात्मक नै हुन्छ । संसारमा अँध्यारो खाने दियोले उज्यालो ओकलेको उदाहरण कतै भेटिएको छैन ।
हामीले सकारात्मक हुन नसक्दासम्म, सकारात्मक सोच विकास गर्न नसक्दासम्म जहिले पनि हुने यस्तै हो । नदीनालामा पानी बगिरहन्छ देश दुनियाँ यसैगरी चली नै रहन्छ । त्यसैले सदैव यस्तै अवस्थामा रहेर आफूले पनि दुःख पाइरहने र अरूलाई पनि दुःख दिरहने हो भने छुट्टै कुरो होइन भने सकारात्मकतातर्फ फर्कनै पर्ने हुन्छ ।
संसार परिवर्तनशील छ । यहाँ स्थायी भन्ने केही पनि छैन र सबैको अवस्था सदा एकनास रहन्छ भन्ने पनि छैन । माछाले कमिला खाने भनेको पोखरीमा पानी छउन्जेल मात्र हो । पानी सकिएका दिन तिनै कमिलाले खान शुरू गरिसकेका हुन्छन् । नकारात्मकताको अवस्था पनि त्यस्तै हो । उसलाई जन्माउने पनि नकारात्मकता नै हो अनि जन्मदातालाई खाने पनि नकारात्मकता नै हो । मात्र फरक केही समय जन्माउनेले खान्छ । पछि गएर जन्मेकाले खान थाल्छ ।
प्रश्न गर्न सक्नुहुन्छ, त्यसो भए के गर्ने ? उत्तर यही हो कि केही पनि नगर्ने । जे छ त्यसैलाई सकारात्मक तरिकाले हेर्ने र त्यस्तै हुने प्रयास गर्ने । सदा प्रशन्न रहने, प्रशन्न रहने प्रयास गर्ने । दुःखमा पनि हाँस्ने, हाँस्न प्रयास गर्ने, हँसाउने प्रयास गर्ने । यस्तो हुनुहुँदैन त्यस्तो हुनुहुँदैन भन्नुको सट्टा त्यस्तो किन भयो, त्यस्तो हुन नदिन के गर्ने भन्नेतर्फ ध्यान दिने ।
दार्शनिकहरू भन्ने गर्छन् भाँडो आधा खाली छ भन्नु र आधा भरी छ भन्नु एउटै हो । जसले जसरी भने पनि भाँडोको आधा भाग समानले भरिएको छ भन्ने हो तर भन्ने तरिकाले दिने अर्थमा भने आकाश जमिनको फरक छ । आधा खाली छ भन्ने बानीले एक दिन जीवनलाई नै खाली बनाइदिन्छ । आधा भरिएको छ भन्ने बानीले बिस्तारै जीवनलाई नै भरी बनाइदिन्छ । केही दिन्छ भने यसैले दिन्छ । कहीँ पुर्याउँछ भने पनि यसैले पुर्याउँछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...