पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
काठमाडाैं | माघ ७, २०८०
कुसुम शर्मा यस्ती भाग्यमानी मोडल हुन्, जसले पहिलो म्युजिक भिडियोबाटै लोभलाग्दो चर्चा कमाइन् । ९ महिनाअघि प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट उनले मोडलिङमा पाइला चालेकी थिइन् ।
उक्त गीतले कुसुमलाई चर्चा मात्र दिलाएन, धेरैले उनको अभिनयको समेत खुलेर प्रशंसा गरे । त्यसयता उनले डेढ दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । फिल्ममा समेत डेब्यु गर्ने तयारीमा छिन् उनी । अभिनेता आर्यन सिग्देल र कुसुमलाई लिएर फिल्म ‘सञ्जीवनी’ निर्माणको घोषणा भएको केही समय भइसकेको छ ।
थुप्रै म्युजिक भिडियोमा काम गरिसके पनि ति कामलाई पहिलो भिडियोको लोकप्रियताले छोपेको छ । उनलाई धेरैले वास्तविक नाम (कुसुम)भन्दा पहिलो भिडियोको नाम (सकम्बरी) भनेर चिन्ने गरेका छन् । त्यही नामले बोलाउने गरेका छन् ।
दर्शकमाझ वास्तविक नामभन्दा ‘सकम्बरी’ भनेर बढी चिनिँदा कस्तो लाग्छ ? लोकान्तरको प्रश्नमा कुसुमले भनिन् ‘खुशी लाग्छ । प्राउड फिल हुन्छ । निक नेम भन्ने कुरा यत्तिकै पाइँदैन । आफूले गरेको कामलाई माया गरेर धेरै मानिसहरूले सोही नामले चिन्छन् भने त्यो त उहाँहरूको माया हो ।’
एउटा कलाकारको लागि दर्शकहरूले दिएको नामभन्दा प्यारो अरू नाम नहुने उनको बुझाइ छ । शुरूको प्रोजेक्टभन्दा आगामी प्रोजेक्टमा राम्रो काम गरौँ भन्ने महसुस सधैं हुने गरेको उनले बताइन् । ‘यद्यपि, शुरूमा मलाई जे भनेर चिन्नुभयो, त्यसमा खुशी छु’ कुसुमले भनिन् ।
उनको पछिल्लो चर्चित म्युजिक भिडियो ‘मुटु कटक्कै’ हो । यसमा पनि कुसुमको अभिनयको प्रशंसा भएको थियो ।
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...