×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचन

रोचक बन्दै चुनावी समीकरण, लुम्बिनीमा ‘सरप्राइज’ दिने एमालेको रणनीति

बुटवल | माघ ८, २०८०

NTC
Premier Steels

यही माघ ११ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचन रोचक हुने देखिएको छ । नेकपा एमालेका नेताहरू लुम्बिनीलाई प्राथमिकतामा राखेर आक्रामक रणनीतिसहित चुनावमा होमिएका छन् ।

Muktinath Bank

गठबन्धनभित्र मतभेद र असन्तुष्टि देखिएपछि लुम्बिनीमा सत्तारूढ गठबन्धनलाई ‘सरप्राइज’ दिने एमालेको प्रयास छ । तर, गठबन्धनको मतभार हेर्दा एमालेले दाबी गरेजस्तो परिणाम उल्ट्याउन सहज भने देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनीमा दुई सीटका लागि हुने निर्वाचनमा ६ जना उम्मेदवार छन् । गठबन्धनका नेताहरू मत माग्दै जिल्ला दौडाहामा छन् भने एमाले चुनाव जित्ने रणनीतिमा हिँडेको छ ।


Advertisment
Nabil box
Kumari

लुम्बिनी एमालेका प्रभावशाली नेताहरू उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली तथा महासचिव शंकर पोखरेल लगायतको गृह प्रदेश हो । एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा सचिव पद्मा अर्याल छिन् ।

Vianet communication

माओवादीका उम्मेदवारलाई कांग्रेसले सहयोग नगरे आफूलाई फाइदा पुग्ने आकलन एमाले नेताहरूले गरेका छन् । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अप्रत्यासित नतिजासहित जीत निकाल्ने दाबी गरे ।

‘हामी साना दलसँग निरन्तर छलफलमा छौं,’ अध्यक्ष कंडेलले भने, ‘गठबन्धनभित्रको अन्तरविरोधको फाइदा हामीलाई मिल्छ । प्रविधिको प्रयोग गरेर हामी मतदातासँग निरन्तर सम्पर्कमा छौं ।’

लुम्बिनीमा अन्यतर्फ नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी (रोल्पा) र नेकपा एमालेबाट झपेन्द्र जिसी (पाल्पा)बीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै महिलातर्फ नेपाली कांग्रेसबाट गुल्मीकी विष्णुकुमारी सापकोटा र एमालेबाट दाङकी तुलसाकुमारी केसीबीच प्रतिस्पर्धा हुनेछ ।

यसका अलावा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की विजयलक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि उम्मेदवार छन् ।

कंडेलले थपे, ‘राप्रपा, नागरिक उन्मुक्तिसहित साना दलसँग छलफल गरिरहेका छौं । उहाँहरूले निर्णय गरेर भन्छौं भन्नुभएको छ । अहिले बाहिरीरूपमा वातावरण हाम्रो पक्षमा नदेखिए पनि चुनावको दिनसम्म परिस्थिति अलग हुनेछ ।’

आफूलाई प्रदेश सभा निर्वाचनमा हराउन भूमिका खेल्ने नेता सुवेदीलाई गठबन्धनको नाममा रोल्पाबाट उम्मेदवार बनाएपछि कांग्रेस प्रदेश सभापति अम्मरसिंह पुन असन्तुष्ट रहेको नेताहरू बताउँछन् । सोही कारण पनि कांग्रेसको ठूलो पंक्तिबाट मत पाउने आशामा एमाले देखिन्छ ।

एमालेका पोलिटब्यूरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री लीला गिरीले समाजमा स्थापित र जनताको बीचबाट उठेका समर्पित राजनीतिज्ञलाई उम्मेदवारको रूपमा अघि सारेकाले आफूहरूले जित्ने दाबी गरे ।

‘राष्ट्रिय राजनीतिलाई अस्थिर बनाउने, जनतामा निराशा उत्पन्न गराउने, सत्ताकेन्द्रित र पूर्वाग्राही राजनीतिमा लाग्नेहरूबाट समाजको रूपान्तरण हुँदैन । त्यसैले हामीले राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पलाई आत्मसात गरेका उम्मेदवार अघि सारेका हौं,’ गिरीले भने ।

तर, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनी प्रदेशमा गठबन्धनको मतभार बलियो रहेको र कुनै पनि मत दायाँबायाँ नहुने दाबी गरे । 

त्यसका लागि गठबन्धनका सबै दलबाट नेताहरू परिचालन भएको बरालले बताए । ‘सत्ता गठबन्धनमा कुनै अप्ठ्यारो परिस्थिति छैन, सबै दललाई समेटेर राष्ट्रिय सभामा अघि बढेको छ । हामीले सोमबार दाङमा मतदातासँग भेटघाट गर्दै छौं,’ बरालले भने ।

लुम्बिनीमा निर्वाचनका लागि ८ हजार ७५३ मतभार रहेको छ । त्यसमा सत्ता गठबन्धनको पूरै मत एकैतर्फ भएको अवस्थामा ५ हजार ४७७ मत हुन्छ । प्रदेशमा कांग्रेसको मात्र ३ हजार १७९ मत छ । 

लुम्बिनी प्रदेश सभामा कांग्रेसका २७ सांसद र स्थानीय तहमा ९२ जना प्रमुख/उपप्रमुख छन् । त्यस्तै एमालेको २ हजार ८१० मतभार छ ।

लुम्बिनीमा एमालेका २९ प्रदेश सभा सदस्य र स्थानीय तहमा ६७ जना प्रमुख/उपप्रमुख छन् । लुम्बिनीमा माओवादीको १ हजार ३४३ मतभार रहेको छ । माओवादीबाट ११ जना प्रदेश सभा सदस्य र ४० जना स्थानीय तहका प्रमुख/ उपप्रमुख भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदेश सभाका ४ सांसदसहित २६९ मतभार रहेको छ । 

त्यस्तै छुट्टै उम्मेदवारी दिएको जनमत पार्टीको १५९ मतभार रहेको छ । लुम्बिनीमा स्थानीय तहतर्फ जनता प्रगतिशील पार्टीको पनि ३८ मतभार रहेको छ । 

त्यस्तै लुम्बिनीमा सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी (जसपा) को २७३, नागरिक उन्मुक्ति पार्टीको २१२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को २३५ मतभार रहेको छ । त्यस्तै १ जना प्रदेश सभा सदस्य मात्र रहेको नेकपा एकीकृत समाजवादीको मतभार ५३ मात्र रहेको छ ।

त्यस्तै एक प्रदेश सभा सदस्य र स्थानीय तहमा ४ प्रमुख उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको १२९ मतभार रहेको छ । सत्ता गठबन्धनसँग ६ सीट मागेको एमालेले त्यो पाउने सम्भावना नरहेपछि सबै सीटमा उम्मेदवारी दिएको थियो । 

नेपाली कांग्रेस प्रदेश सभापति पुनले गठबन्धनले नीतिगत निर्णय गरेपछि आफूहरू दायाँ–बायाँ नहुने बताए । ‘हो, माओवादीसँग हाम्रो असन्तुष्टि थियो । मलाई पराजित गर्न बाहिर एउटा कुरा गर्ने, व्यवहारमा लागू नगर्ने अवस्था आयो । तर, अहिले माथिबाट निर्णय गरेपछि हामीले माओवादीले जस्तो व्यवहार गर्दैनौं, एकढिक्का भएर जान्छौं ।’

एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले नयाँ सदस्य छान्न प्रतिस्पर्धा हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x