×

NMB BANK
NIC ASIA

सन् २०२५ मा मानवअधिकारलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

काठमाडाैं | माघ १६, २०८०

NTC
Premier Steels

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ । 

Muktinath Bank

“हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा, हालै मध्यपूर्वमा द्वन्द्व जारी छ”, राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा कूटनीतिज्ञहरूसँग भने, “यी युद्धहरूले गहिरो घाउ बनाइरहेका छन्, गुनासाहरू उत्पन्न भइरहेका छन् यसले न्यायबिना सम्पूर्ण मुलुकहरूको भविष्यलाई धेरै नै नोक्सान पुर्याउने छ, थप ध्रुवीकरण बढाउने छ र गहिरो विभाजन उत्पन्न गर्नेछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् । ओएचसिएचआरले गत वर्ष १३ हजार चार सय ७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार छ सय ६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानून र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ । 


Advertisment
Nabil box
Kumari

टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानवअधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्तरूपमा बढाउन’ ओएचसिएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताए । 

Vianet communication

    सदस्य मुलुकहरूले गत वर्ष ओएचसिएचआरमा स्वैच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसिएचआरले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउनका लागि अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसिएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली सङ्घ (इयु), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए । 

“मानवअधिकार समाधान प्रदान गर्न हामीलाई अहिले पनि अधिक प्रभावकारी र व्यापक पहुँचका लागि आवश्यक कोषको एकदमै अभाव छ”, टर्कले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x