२५ जेठ २०८३, सोमबार
छानबिन समितिको प्रतिवेदन

विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन सिफारिस, डीएसपीलाई सचेत

माघ १७, २०८०
काठमाडौं
विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन सिफारिस, डीएसपीलाई सचेत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । 

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस भएको छ । यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । 

जसअनुसार प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही सिफारिस भएको हो । यस्तै असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस हुँदा शाखा अधिकृत  मोक्तानलाई पनि विभागीय कारबाही गर्न सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

यस्तै डीएसपी रेवती रमण पोखरेलले राम्रोसँग कमान्ड सम्हाल्न नसकेको भन्दै समितिले उनलाई समेत सचेत गराएको छ । 

 चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तान र प्रहरीबिच कुटाकुटको घटना बाहिरिएको थियो । 

घटनापछि गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए । समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य रहेका थिए ।

प्रतिवेदनले गरेको सिफारिसका आधारमा दोषीमाथि कारबाही हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्