मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | माघ १८, २०८०
कानुन, लेखा समितिको निर्देशन र अदालतको आदेशविपरित सञ्चारमन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरूलाई डलर सटही सेवाको सिफारिस नदिँदा समग्र देशकै इन्टरनेट सेवा ठप्प हुने जोखिम बढेको छ ।
इन्टरनेट सेवा आयात गरेबापत टाटा, एयरटेल, सिफी जस्ता बिदेशी अपस्ट्रीम कम्पनीलाई पठाउनुपर्ने पैसा रोकिएको १० महिना भइसकेको छ । तर राष्ट्र बैंकलाई डलर सटही सुविधा दिने सिफारिस सञ्चार मन्त्रालयले दिएको छैन ।
‘कानुनमा तिर्नुपर्दैन भनेर व्यवस्था गरेको राजस्व जबरजस्ती तिर्न भनिएको छ र नतिरे डलर सटही सुविधा नदिने भनिएको छ,’ इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानका अध्यक्ष सुधिर पराजुलीले भने, ‘सञ्चारमन्त्रीले कानून पढिदिएको भए यो समस्या आउने थिएन ।'
पछिल्लो समय यो विवाद समाधानतर्फ कुनै प्रगति नभएको र विदेशी कम्पनीले जुनसुकै बेला पनि नेपालमा आयात हुने इन्टरनेट सेवा रोकिदिन सक्ने जोखिम बढेको पराजुलीको भनाइ छ ।
विवादको चुरो कुरो के हो ?
२०७५ सालको साउन १ गते अगाडि इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्दा एफटीटीएच(फाइबर टू द होम) सेवामा कर लाग्दैनथ्यो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटले १३ प्रतिशत कर उठाउने प्रावधान थपिदियो । सोहीअनुसार इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेट सेवाको मूल्य बढेको सार्वजनिक गरे ।
जसको चौतर्फी आलोचना भयो । त्यसपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले विवाद समाधानका निम्ति विरेन्द्र मिश्रा नेतृत्वको एउटा समिति बनाए ।
उक्त समितिले इन्टरनेट सेवाको बिलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लगाउन पाउने व्यवस्था गर्ने र त्यसमा दूरसञ्चार सेवा शुल्क नलाग्ने गरी कानून बनाउन सिफारिस गर्यो । उक्त सिफारिस मन्त्रिपरिषदबाट सदर भयो ।
सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णयअनुसार कार्यान्वयन गर्न भन्दै पत्र लेख्यो र प्राधिकरणले पनि आन्तरिक राजश्व विभागलाई पत्र लेख्दै गैर दूरसञ्चार सेवामा कर नलिन आग्रह गर्यो ।
२३ जेठ २०७६ को मन्त्रिपरिषद् बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण इन्ट्रनेट लिजलाइन डाटा कनेक्टिभिटी र मर्मत सम्भारमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेपछि १५ साउन २०७६ मा दूरसञ्चार नियमावली पनि संशोधन गर्दै दूरसञ्चार सेवा अन्तरगतका फिक्स्डवायर्ड ब्रोडब्यान्ड सेवा प्रदान गरेबापत लाग्ने महसुलमा बढीमा ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था पनि गरियो ।
संशोधित दूरसञ्चार नियमावलीकोको दफा १५ को (ज)मा गैर दूरसञ्चार सेवामा राज्यले कर लिन नपाउने व्यवस्था छ ।
सबै विवादको चुरो गैर दूरसञ्चार सेवाको कर नै हो । मन्त्रालयले सोही करबापत २ अर्ब बक्यौता रहेको दाबी गरेको छ तर त्यतिबेला मन्त्रिपरिषदको निर्णयबाट संशोधित आर्थिक ऐन र दूरसञ्चार नियमावलीमा गैर दूरसञ्चार सेवा अर्थात मर्मत सम्भारमा कुनै कर नलाग्ने स्पष्ट व्यवस्था छ ।
महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदनले मर्मत शुल्कमा पनि कर नउठाएको भन्दै बेरुजु औंल्याएपछि वर्ल्डलिंक कम्युनिकेसन्स त्यसविरुद्ध सर्वोच्च अदालत गएको थियो ।
अदालतले २०७७ सालको असार १२ गते मर्मत सम्भार शुल्क गैर दूरसञ्चार सेवाभित्र पर्ने भन्दै निवेदकको पक्षमा अन्तरिम आदेश दियो ।
तर महालेखा परीक्षकको ५७ औं र ५८ औं प्रतिवेदनले पुनः गैर दूरसञ्चार सेवाबाट राजश्व गुमेको प्रतिवेदन सार्वजनिक गरिरह्यो । त्यसपछि यसमा संसदको लेखा समिति जोडियो ।
लेखा समितिले ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार गैर दूरसञ्चार सेवामा कर नलाग्ने र महालेखा परीक्षक प्रतिवेदनमा उल्लेख भएको बेरुजु लागत कट्टा गर्न सरकारलाई निर्देशन दियो । सञ्चार मन्त्रालयमार्फत बेरुजु कट्टा भएको जानकारी महालेखा परीक्षक कार्यालयमा पठाइयो ।
महालेखा परीक्षक कार्यालयले ५६ औं प्रतिवेदनमा औंल्याइएको बेरुजु कट्टा त गरिदियो त्यसपछि सञ्चार मन्त्रालयबाट कुनै जानकारी नआएको भन्दै पुनः बेरुजु देखाउन थालियो ।
ऐन, नियमावलीमा भएको प्रष्ट व्यवस्थासँगै अदालतको आदेश र लेखा समितिको निर्देशन इन्टरनेट सेवा प्रदायककै पक्षमा छ । महालेखा परीक्षक प्रतिवेदनमा उल्लेखित बेरुजु देखाएर यतिबेला इन्टरनेट सेवा प्रदायकहरूलाई ताकेता गरिएको छ ।
'कुनै प्रतिवेदनको बेरुजु कट्टा गर्न चिठी लेख्ने, कुनै प्रतिवेदनको चाहिँ रोक्ने ?' एक इन्टरनेट प्रदायक संस्थाका सीईओ भन्छन्, 'अहिले स्वार्थपूर्ण रूपमा सञ्चार मन्त्रालयले हामीमाथि निशाना साँधिरहेको छ । यसबाट इन्टरनेट प्रयोगकर्ता प्रभावित हुन्छन् ।'
सञ्चार मन्त्रालय र सेवा प्रदायक दुवै आ-आफ्नो अडानमा
सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले इन्टरनेट सेवा प्रदायकहरूले बक्यौता नतिरेसम्म कुनै पनि सुविधा उपलब्ध गराउन नसकिने बताए ।
'उहाँ(सेवा प्रदायक)हरूले पनि मलाई फोन गर्नुहुन्छ र मैले पहिला बक्यौता तिर्नुस अनि कुरा गरौंला भन्ने गरेको छु,' सुवेदीले लोकान्तरसँग भने ।
रेखा शर्माले सञ्चार मन्त्रालय सम्हालेपछि इन्टरनेट मर्मत सम्भारको शुल्कमा कर दस्तुर उठाउने प्रयोजनका लागि सहसचिव गौरव गिरी नेतृत्वमा एक छानबिन समिति बनाएकी थिइन् ।
एक सदस्यीय उक्त समितिले कहीं व्यवस्थै नभएको २ अर्ब ४७ करोड कर उठाउन सिफारिस गर्यो र सोही सिफारिसका आधारमा मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई पैसा उठाउन निर्देशन दियो ।
उक्त प्रतिवेदन अझैसम्म सार्वजनिक गरिएको छैन । प्रतिवेदनबारे गिरीलाई सम्पर्क गर्न खोज्दा उनले 'समय लिएर मन्त्रालय आउनुस्' भने तर समय दिएनन् ।
'बक्यौता भन्दै अस्तित्वमै नरहेको रकम उठाउने नियत राखेरै एक सदस्यीय समिति बनाइएको हो,' मन्त्रालयकै एक कर्मचारीको दाबी छ ।
यसबीचमा इन्टरनेट सेवा प्रदायक संघ र प्राधिकरणबीच केही चिठी आदानप्रदान भएको छ तर समस्याको समाधान हुने गरी कहीं कतैबाट केही निर्णय भएको छैन ।
'बल अब सञ्चार मन्त्रालयकै कोर्टमा छ,' अध्यक्ष पराजुलीले भने, 'कहीं कतै कानूनी अस्तित्वमै नभएको बक्यौता तिर्ने कसले हो, लिने कसले हो ? त्यो पनि प्रष्ट छैन ।'
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...