×

NMB BANK
NIC ASIA

प्रायः मानव स्वभाव के देखिन्छ भने भएको चीजको वास्ता नगर्ने, नभएको चीज खोजी गर्ने ।  हामी आफूसँग जुन चीज हुन्छ, त्यसको खासै वास्ता गर्दैनौँ । भलै त्यसलाई पाउन ठूलै प्रयत्न गरिएको किन नहोस् । तर जुन चीज हुँदैन त्यसको भने पछि लागिरहेका हुन्छौँ । थाहा छैन यस्तो किन हुन्छ । अनि थाहा छैन यसलाई विज्ञानको नियमले के भन्छ । सायद विकासको नियम भन्ला, तर मानव स्वभाव यही हो कि आफूसँग जे छ त्यो मन पर्दैन र जुन छैन त्यसको भने पछि लागिरहेका हुन्छौँ । आउनुस् हेरौँ केही उदाहरण:  

Muktinath Bank

जस्तो हामीलाई थाहा छ कुनै पनि चोरले आफूलाई चोर भन्दैन । अहिलेसम्म कुनै पनि चोरले त्यस्तै वाध्यता नपरी सितिमिति आफू चोर हो भनेको उदाहरण कतै भेटिएको छैन । आफूले मात्र नभन्ने होइन कसैले भन्यो भने पनि मन पराउँदैन र सके तत्कालै प्रतिवाद गर्ला । नभए पनि मुर्मुरिएला । ऊ चोर नै थियो । चोरी गर्दै हिँड्थ्यो । यसको अर्थ हो चोरी वा चोरी कला ऊसँग थियो तर त्यो मन परेन । त्यस्तै न चोर थिएन । त्यस्तो भएको भए चोरी नै गर्दैनथ्यो, तर त्यसको भने पछि लागिरहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै कुनै पनि ‘साइको’ले आफूलाई ‘साइको’ मान्दैन । कसैले भन्यो भने रिसाउँदै भन्ला तिम्रो ‘साइको’ तिमीसितै राख । म होइन तिमी नै हो । यहाँ पनि भएको यही हो । ऊ ‘साइको’ थियो । त्यसैले मन पारएन र जसले दियो वा भन्यो उसैलाई फिर्ता गरिदियो । न ‘साइको’ थिएन त्यसको भने दाबी गर्न पुग्यो । कुन चाहिँ पागल खानाका पागलले आफूलाई पागल  भनेको उदाहरण भेटिएको छ र ! उसले त तिनै डाक्टर, नर्सलाई नै पागल ठानिरहेको हुन्छ, जो उसको उपचारमा खटिएका हुन्छन् ।   


Advertisment
Nabil box
Kumari

डाक्टरहरू भन्छन्– संसारका सबै मानिसमा १० प्रतिशत पागलपन रहेको हुन्छ तर त्यसलाई स्वीकार्न भने कोही पनि तयार छैन ।’ सबैले यही ठानेका हुन्छन् कि आफू पागल होइन अर्को हो । त्यसैले त कसैले कुनै अप्रिय काम गर्यो भने भनिरहेका हुन्छन्– ‘कुन पागल होला वा कस्तो पागल होला यस्तो काम गर्ने !’ तर परिआएका बेला आफू पनि त्यस्तै पछि परिरहेका हुँदैनौँ । यसको पनि अर्थ यही हो कि जे आफूसँग थियो त्यो मन परेन । जुन थिएन त्यसको खोजी गरियो ।  

Vianet communication

हेरौँ अरू पनि केही उदाहरण । संसारमा न धनीले आफूलाई धनी भनेको हुन्छ न गरीबले गरीब ठानेको हुन्छ । भलै व्यवहारले त्यस्तै देखाइरहेको होस् तर बोलीले भने स्वीकारेको हुँदैन । प्रायः बजारमा ठूल्ठूला सेठले भँगेरे टाउके अक्षरमा लेखेका देखिन्छ ‘गरीबकी दुकान ।’ यसको पनि अर्थ यही हो कि ऊ धनी थियो तर त्यो मन परेन । गरीब थिएन । त्यसैले त्यसको दाबी गर्न पुग्यो । 

गरीबको अवस्था पनि त्यस्तै हो । कुनै पनि गरीबले आफूलाई गरीब ठानेको हुँदैन । त्यसैले त कसैले गरीब भन्यो भने प्रतिवाद गर्दै भन्लान्– ‘गरीब भयौँ त भयौँ । थोरै तिमीसित माग्न आएका छौँ ?’ यसको अर्थ हो उसलाई गरीब भनेको मन परेको छैन तर धनी थिएन । त्यसैले त्यसको अभिनय गर्न खोजिरहेको छ । 

एकछिन हेरौँ भिखारीको दर्शनलाई पनि । कुनै पनि भिखारीलाई आफू भिखारी बनेको मन परेको हुँदैन । त्यसैले त सके मागेर भए पनि धनी बन्न खोज्छ । नभए यही माग्ने कलामार्फत् अरूलाई पनि आफूजस्तै भिखारी बनाउन खोजिरहेको हुन्छ । किनकि उसलाई अरूले भिखारी भनेको मन परेको हुँदैन र अरूलाई पनि आफूजस्तै बनाउन खोजिरहेको हुन्छ ।

यी केही उदाहरण हुन् । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । मानिसको स्वभाव नै यस्तै छ । भएको वास्ता नगर्ने नभएको खोजी गर्ने । मानव सृष्टिसँगै चल्दै आएको यो नियम अहिले पनि उस्तै छ र पछि पनि यस्तै रहने छ तर यथार्थमा हुनुपर्ने चाहिँ आफूसँग जे छ त्यसैप्रति इमान्दार हुनुपर्ने हो । त्यसैको सदुपयोग गर्नुपर्ने हो, संरक्षण गर्नुपर्ने हो । केही दिन्छ भने पनि त्यसैले दिन्छ, कही पुर्याउँछ भने पनि त्यसैले पुर्याउँछ । 

आफ्नो भनेको आफूँसँग भएको नै हो । जे आफूसँग छैन त्यो अर्काको हो । आफूसँग नभएको चीज अर्काकै हुन्छ, आफ्नो हुँदैन । अर्काको भनेको अर्काकै हो, जुन आफूअनुकुल हुँदैन । यसको अर्थ नभएको चीजको खोजी गर्नु हुँदैन भन्ने होइन । गर्नुपर्छ नभए त व्यवहार नै चल्दैन । विकास नै रोकिन्छ तर त्यतिसम्म मात्र गर्नुपर्छ जति आफ्नो क्षमता छ । त्यो पनि त्यतिबेलासम्म जति बेलासम्म आफैँ व्यवस्था गर्न सकिन्न । सँधै अर्काको मुख ताक्न थालियो भने वा अर्काकै खोजी गर्न थालियो भने पछि परिन्छ । आफूसँग भएको पनि हराउँछ । अर्काको पनि पाइन्न । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x