×

NMB BANK
NIC ASIA

एक्सन-कटमा अभिनेता

‘स्टार अभिनेता’को निर्देशकीय यात्रा

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

नेपाली फिल्ममा एक्सन अभिनेताका रुपमा अत्यधिक रुचाइएका निखिल उप्रेतीले ‘भैरव’ फिल्ममार्फत निर्देशनमा डेब्यू गरे ।

Muktinath Bank

८ वर्षअघि प्रदर्शनमा आएको फिल्मको शीर्ष भूमिकामा उनी स्वयंमले अभिनय गरे । फिल्मलाई लिएर चर्चासमेत राम्रो भयो । यद्यपि फिल्मले व्यापार भने औसत मात्रै गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि निखिलले आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ घोषणा गरे । फिल्मको छायांकन पनि शुरू भयो । तर छायांकन पूरा नहुँदै फिल्म रोकियो ।


Advertisment
Nabil box
Kumari

नेपाली फिल्म क्षेत्रमा ‘एक्सन किङ’ भनेर चिनिएका निखिलले यतिबेला शिक्षाको विषयवस्तुमा केन्द्रित रहेर नयाँ फिल्म बनाउने तयारी गरेका छन् । 

Vianet communication

null

आफ्नै कन्सेप्ट र लेखनमा बन्ने फिल्मलाई उनी स्वयंमले निर्देशन गर्ने सम्भावना बलियो रहेको निखिल बताउँछन् । अहिले फिल्म प्रि–प्रोडक्सनमा रहेको बताउँदै उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।

पछिल्लो समय आध्यात्मिक गतिविधिमा व्यस्त उनलाई दर्शकले फिल्ममा नदेखेको भने धेरै भइसकेको छ । ‘राधे’, ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’ जस्ता फिल्महरू असफल भएपछि उनी पर्दामा देखिएका छैनन् ।

एक्सन अभिनेताका रुपमा रुचाइएका अर्का अभिनेता विराज भट्टले ४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यू गरे । नेपाली मात्र नभएर भोजपुरी फिल्ममा पनि निकै रुचाइएका विराजले आफ्नै शीर्ष भूमिकामा एक्सन जनरामा ‘साङ्लो’ बनाएका थिए । यो फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले समेत नेपाली रजतपटमा डेब्यू गरिन् । फिल्मलाई लिएर प्रदर्शनअघि चर्चा पनि राम्रै भयो । यद्यपि फिल्मले अपेक्षित व्यापार भने गर्न सकेन ।​​​​​

null

त्यसयता अन्य नेपाली फिल्ममा नदेखिएका उनले फेरि आफ्नै निर्माण र निर्देशनमा अर्को फिल्म बनाउने घोषणा गरेका छन् । 

‘१२ गाउँ’ नाममा निर्माण हुन लागेको उक्त फिल्ममार्फत विराजले आफ्नो छोरा समीर भट्टलाई नेपाली रजतपटमा डेब्यू गराउने घोषणा गरिसकेका छन् ।​

यतिबेला यो फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको विराजले बताएका छन् । उनले एक्सन जनरामा बनाउन लागेको यो फिल्मलाई आफ्नो करिअरकै महत्वकांक्षी प्रोजेक्टका रुपमा व्याख्या गरेका छन् ।

एक समय फिल्ममा रुचाइएका अर्का अभिनेता रमित ढुंगाना पनि निर्देशक बन्ने तयारीमा छन् । 

उनले आफ्नो निर्माण एवं निर्देशनमा बनाउन लागेको फिल्म ‘नमेटिने घाउ’को केही दिनअघि मात्रै घोषणा गरिएको छ । एसिड आक्रमण पीडितको कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री र सांसदले फिल्म खेल्ने खबरलाई लिएर पनि ‘नमेटिने घाउ’ थप चर्चामा छ ।

null

फिल्ममा रमितले केमियो भूमिकामा अभिनय समेत गर्नेछन् । केही दिनमा फ्लोरमा जाने  तयारीमा रहेको फिल्मको एसिड आक्रमण भएका ठाउँहरूमा नै छायांकन गरिने रमितले जानकारी दिए । 

उसो त निखिल, विराज र रमितभन्दा अघिल्लो पुस्ताका चर्चित अभिनेता भुवन केसी पछिल्ला वर्षमा निर्देशक पनि भए । ‘ड्रिम्स’ उनको निर्देशन रहेको फिल्म हो, जुन सफल मानिन्छ ।

निर्माताका रुपमा भने उनी पहिल्यैदेखि सक्रिय थिए । अर्का चर्चित अभिनेता राजेश हमालले आफ्नो निर्देशनमा फिल्म बनाउने भनेको धेरै वर्ष भइसक्यो । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म निर्देशनमा जुट्ने उनको भनाइ थियो ।

null

उनले पहिलोपटक निर्देशनमा हात हाल्न लागेको कारण उक्त फिल्म कस्तो बन्ला भन्ने चासो र चर्चा फिल्मवृत्तमा छ । यद्यपि उनले निर्देशन गर्ने भनिएको फिल्मको काम भने अगाडि बढ्न सकेको छैन ।

निर्देशन आफूलाई अहिले पनि जटिल र जिम्मेवार विधा हो जस्तो लाग्ने राजेशले बताउँदै आएका छन् । सोहीकारण पनि उनले निर्देशनमा होमिइहाल्ने आँट नगरेको हुनसक्ने उनीनिकट रहेकाहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x