×

NMB BANK
NIC ASIA

बाँसबारी छाला जुत्ता जग्गा प्रकरण : मंगलवारसम्म अनुसन्धान सकेर हाजिरी जमानीमा छाड्न आदेश

काठमाडाैं | माघ २२, २०८०

NTC
Premier Steels

काठमाडौं जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलवारसम्म सक्न आदेश दिएको छ ।​​​​

Muktinath Bank

सोमवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलाशले बयान सम्पन्न भइसकेको तथा बुझ्नु पर्ने काम भोलिसम्म सक्न आदेश गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्नका लागि सरकारी वकिलले विभिन्न ८ आधार पेश गरे पनि भोलि (मंगलवार) सम्म बुझ्नु पर्ने सबै काम सम्पन्न गरी तीनै जनलाई हाजिरी जमानीमा छाड्न आदेश भएको हो ।​​​​​


Advertisment
Nabil box
Kumari

प्रवादीसँग बुझ्न पर्ने वा कुनै कागज गराउन पर्ने भएमा आजको मितिसमेत लागू हुने गरी २ दिनभित्र अनुसन्धानको काम सम्पन्न गर्न आदेशमा भनिएको छ ।

Vianet communication

यस्तै, अनुसन्धानको काम बाँकी रहे हाजिर जमानीमा राखेर अनुसन्धानको प्रक्रिया टुंग्याउन पनि अदालतले आदेश गरेको हो ।

छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उद्योगी चौधरीसहित अजितनारायण सिंह थापा र सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।

अदालतले सोमवार नै उनीहरू तीनै जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनीहरूलाई ५ दिन अगाडि पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x