×

NMB BANK
NIC ASIA

बिरामीलाई निजीमै जानुपर्ने बाध्यता

शैलजा हृदय रोग केन्द्र: उपकरण र जनशक्ति नहुँदा प्रेसरका बिरामी समेत अन्यन्त्र रिफर !

विराटनगर | माघ २६, २०८०

NTC
Premier Steels

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यही माघ ८ गते शैलजा हृदय रोग केन्द्रको उद्घाटन गर्दै नागरिकलाई ‘मुटु उपहार’ दिएको बताएका थिए । आफू नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भएको अवसरमा कार्कीले केन्द्रको उद्घाटन गरेका थिए । ठूलै तामझामसहित केन्द्रको उद्घाटन गरिएको थियो । 

Muktinath Bank

‘अब मुटुरोगको उपचारको लागि अन्यत्र जानु पर्दैन । उपचारका लागि नागरिकले आफ्नो घरखेत बेच्नुपर्ने बाध्यता अन्त्य भएको छ,’ उद्घाटनमा मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘घरअगाडि मन्दिर बनाउने बजेट काटेर अस्पताल निर्माण गरिएको हो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटनसँगै विराटनगर–१४ स्थिति संक्रामक रोग उपचार केन्द्रको बोर्ड परिवर्तन गरेर हृदयरोग केन्द्र बनाइएको थियो । केन्द्र स्थापनापछि मुख्यमन्त्री कार्कीले सबै औपचारिक र सार्वजनिक कार्यक्रममा त्यसलाई उपलब्धिको रूपमा व्याख्या गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

केन्द्रमा दैनिक ३० देखि ४० जनासम्म बिरामी मुटुरोगको उपचार गराउन आउने गरेका छन् । दैनिक आउने बिरामीमध्ये ५ देखि ८ जना भर्ना गरेर उपचार गर्नुपर्ने खालका हुन्छन् । तर, केन्द्रमा ओपीडीबाहेक अन्य सेवा छैन । ओपीडीबाहेक अन्य सेवा नहुँदा विराटनगरकै निजी अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । 

Vianet communication

केन्द्रमा कोशी अस्पतालबाट मुटुरोग विशेषज्ञ डा. सर्वेश झालाई लगिएको छ ।

विराटनगरका डिल्ली प्रसाईं छाती देखेपछि केही दिनअघि दुखेपछि शैलजा आचार्य हृदय रोग केन्द्रमा पुगेका थिए । हृदयरोग केन्द्रको ओपीडीमा डा. झासँग स्वास्थ्य परीक्षण गर्दा उनको प्रेसर १८०/१२० पुगेको थियो । तत्काल प्रेसर 'डाउन' गराएर थप उपचार गर्नुपर्ने अवस्थाका उनलाई इन्जेक्सनमार्फत् औषधि दिनुपर्ने डा. झाले बताए । तर, हृदय रोग केन्द्रमा इन्जेक्सन र आकस्मिक सेवासमेत नरहेकोले उनलाई कोशी अस्पताल रेफर गरियो । 

मधेश प्रदेशको सिराहका ७० वर्षीय श्याम महतोलाई हृदयघात भएपछि परिवारले हृदय रोग केन्द्रमा लिएर आए । कोशी प्रदेश सरकारले मुटुरोगको उपचार गर्ने अस्पताल स्थापना गरेको समाचार सुनेका उनीहरूले सिधै केन्द्रमा ल्याएका थिए । 

महतोलाई तत्काल एन्जियोग्राफी गरेर थप उपचार गर्नुपर्ने अवस्था थियो । केन्द्रमा पुगेपछि चिकित्सकले मुटुको ओपीडी सेवा मात्र केन्द्रले दिने जानकारी गराएपछि उनलाई विराटनगरकै एक निजी अस्पताल लगियो ।

उनीहरू त उदाहरण मात्रै हुन् । यहाँ आउने अधिकांश बिरामी अन्यत्र नै उपचार गराउन बाध्य हुने गरेका छन् । 

हृदय रोग केन्द्रमा ८ माघदेखि २२ गतेसम्म ३७० जनाले ओपीडीमा स्वास्थ्य जाँच गराएका छन् भने ३६३ जनाको इसीजी र १२१ जनाको इको गरेका छन् । यस्तै हल्टर (मटुको चाल) मापन गर्ने १२ जनाको गराएको अस्पतालको अभिलेखमा देखिन्छ । अस्पतालमा टीएमटी सेवाको बोर्ड भए पनि उपकरण नभएकोले सेवा सुरु भएकै छैन ।

टीएमटी जाँच गरेपछि बिरामीको एन्जीयोग्राफी गर्ने कि नगर्ने यकिन हुने चिकित्सक बताउँछन् । तर, उपकरण नहुँदा ओपीडीकै सेवा प्रभावकारी नभएको केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् । 

केन्द्र उद्घाटनपछि दुई हप्तासम्म मुटुरोग विशेषज्ञ दुई जनाले सेवा दिएका थिए । गत आइतबारदेखि भने डा. झा मात्र छन् । एक जना मात्र विशेषज्ञ चिकित्सक हुँदा सेवा प्रवाहमै समस्या रहेको स्वास्थ्यकर्मी बताउँछन् । 

यसअघि डा. झासँगै वीर अस्पतालबाट आएका डा. समिर पौडेलले बिरामीलाई सेवा प्रदान गर्दै आएका थिए । डा. पौडेल एक हप्ता बसेर काठमाडौं फर्किसकेका छन् । 

अर्को डाक्टरको व्यवस्था नगर्दासम्म वीर अस्पतालबाट अल्टरनेट डाक्टर आउने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, पौडेल फर्किएपछि कोही पनि डाक्टर आएका छैनन् ।

एक जना चिकित्सकले ओपीडीमा बिरामी जाँच गरेपछि अर्को चिकित्सकले इको गर्नुपर्नेमा अर्को चिकित्सक नै केन्द्रमा छैनन् । केन्द्रमा आएका दैनिक ४० देखि ५० जना बिरामीमध्ये १० देखि २० जनासम्मको इको गर्नुपर्ने अवस्था हुन्छ । एउटा इको गर्न २० देखि ३० मिनेटसम्म लाग्ने गर्छ । तर, एक मात्र चिकित्सक हुँदा समस्या रहेको डा. झा बताउँछन् ।

कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा भने जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढेको बताउँछिन् । वीर अस्पतालबाट सहयोग गर्न अर्का डाक्टर आउने उनको दावी छ । आपूर्ति व्यवस्थापन केन्द्रले टीएमटी खरिद प्रक्रियाअगाडि बढाएकोले एक हप्ताभित्रमा सेवा सुचारु हुने उनले बताइन् । ‘जनशक्ति व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढेको छ । वीरबाट अर्का डाक्टर पनि आउनुहुन्छ,’ उनले भनिन्, ‘अस्पतालको विकास विस्तारै भइरहेको छ ।’  

प्रदेश सरकारले केन्द्र उद्घाटन गरेको १५ दिन बित्नलाग्दा बल्ल कति जनशक्ति चाहिन्छ भन्ने अध्ययन गर्दैछ । स्वास्थ्य मन्त्रालयले ओएण्डएम गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पढाउने तयारी गरिएको जनाएको छ । 

स्वास्थ्य सचिव देवकोटाले विस्तारै अस्पतालको विकास हुने बताउँछिन् । प्रदेश सरकारले केन्द्र सञ्चालनको लागि चालु वर्षमा ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । कोशी प्रदेशमा २ लाखभन्दा बढी मुटु रोगी रहेको सरकारी तथ्यांक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x