×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस–माओवादी दावी

सिटौलाको व्यवस्थापन देउवा-प्रचण्डलाई टाउको दुखाइ, राष्ट्रिय सभा अध्यक्ष कि मन्त्री ?

काठमाडाैं | माघ २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

शान्ति प्रक्रिया र संविधान लेखनमा कांग्रेस तथा माओवादी दुवैलाई रिझाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पछिल्ला केही वर्ष राजनीतिको केन्द्रबाट टाढिएका थिए ।

Muktinath Bank

उनी कुनै समय पूर्व संस्थापन (कोइराला विरासत) निकट थिए । तर, सुशील कोइरालाको निधनपछि २०७२ सालयता सिटौला देउवा निकट रहँदै उनलाई दुईपटक सभापति बनाउनेसम्मको भूमिकामा देखिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगातारजस्तो चुनाव हारेर सक्रिय राजनीतिबाट सिटौला टाढिने बाटोमा नपुगेका होइनन् । तर, पार्टी राजनीतिमा कहिले गगन थापा त कहिले प्रदीप पौडेललाई बोकेर देउवासँग सन्तुलन मिलाइराख्न र विश्वास आर्जन गर्नमा उनी सफल भएका छन् । 


Advertisment
Nabil box
Kumari

यही विश्वासबाट अनुग्रहित हुँदै सिटौलालाई देउवाले राष्ट्रिय सभाको अध्यक्ष बनाउन चाहेका हुन् । यसैले देउवा मात्रै होइन, सत्ता गठबन्धनले नै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी जितायो । 

Vianet communication
Laxmi Bank

तर, गठबन्धनको आलोपालोमा प्रधानमन्त्री प्रचण्डले छाड्ने समय अब बढीमा १० महिना मात्रै छ । उनले छाडेपछि सिटौलालाई राष्ट्रिय सभामा अध्यक्ष बनाउँदा संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुने स्थितिप्रति माओवादी सचेत देखिएको छ । 

यसैले सिटौलालाई सहजै राष्ट्रिय सभाको अध्यक्ष बनाउन नहुने गरी माओवादीभित्र बलियो मत बनेको छ । झन् कोशीमा मुखैमा आएको मुख्यमन्त्री कांग्रेसलाई छाड्नुपरेको र कांग्रेसका सिटौला कोशीबाट राष्ट्रिय सभामा जित्दा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको कुराले पनि थोरै माहोल बिगारेको छ । यसैले गठबन्धनमा सिटौलालाई अध्यक्ष बनाउने समझदारी भए पनि यसबाट पार्टी ब्याक हुनुपर्ने दबाब माओवादीमा बढिरहेको नेताहरू बताउँछन् ।

‘सत्ता गठबन्धनमा माओवादी मात्रै इमान्दार बन्ने तर हामीले पाएको ठाउँमा कहिल्यै नजिताउने भइरहेको छ,’ माओवादीका एक नेता भन्छन्, ‘यसैले गठबन्धनले अध्यक्ष सिटौलालाई दिने भने पनि माओवादी यो सहमतिमा अडिरहनुपर्छ भन्ने छैन ।’ 

मुख्य गरी कम्युनिस्टबीच तालमेल गरेर जानुपर्ने पक्षमा रहेका वर्षमान पुनसहितका नेताले यस्तो दबाब बढाइरहेको नेताहरू बताउँछन् । 

‘कांग्रेससँगको चुनावी गठबन्धनले माओवादीलाई फाइदा होइन, घाटा गरेको बुझाइ माओवादीका धेरै नेताको छ । यसैले फेरि पनि कांग्रेससँगको गठबन्धन र सहकार्य दीर्घकालीन होइन भन्ने मत पनि उत्तिकै बलियो छ,’ ती नेता भन्छन्, ‘अहिले बेला भएको छैन भनिन्छ । तर अर्को चुनावसम्म कम्युनिस्ट दलबीच केही न केही समझदारी गरेर जानुपर्छ भन्ने मत बलियो मात्रै छैन, दोस्रो तहका नेताहरू कम्युनिस्ट पार्टीभित्र छलफलमा समेत हुनुहुन्छ ।’

अहिले सिटौलालाई अध्यक्ष बनाए केही समयपछि माओवादी संवैधानिक परिषद्मा शून्य हुनेछ । यसैले पनि माओवादीभित्र अध्यक्ष आफूहरूले छाड्न नहुने मत बलियो भएको ती नेताले बताए । तर, अध्यक्ष बनाउने गरी जिताएकाले यसमा दायाँबायाँ नहुनेमा सिटौला पक्ष आशावादी देखिन्छ ।

‘सिधा देखिने के छ भने राष्ट्रिय सभाको सदस्यमात्रै बन्न सिटौला तयार हुनुभएको होइन । प्रधानमन्त्री प्रचण्डदेखि, कांग्रेस सभापति र शेखर कोइरालासम्मले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी उम्मेदवार बनाउनुभएको हो,’ सिटौला निकट स्रोत भन्छ, ‘त्यतिखेरै संवैधानिक परिषद्मा माओवादी खाली हुने भए पनि सिटौलालाई अध्यक्ष बनाउने समझदारी भएको छ । माओवादीका नेताहरूले बाहिर राजनीतिक पोसिजनका लागि एउटा विषय बोल्नुभएको छ, तर प्रधानमन्त्री सिटौलाप्रति एकदमै सकारात्मक हुनुहुन्छ ।’

विकल्पमा पनि सिटौला तयार

माओवादीभित्र कुनै पनि हालतमा सिटौलालाई अध्यक्ष मान्न नसक्ने मत प्रकट भइरहँदा पनि उनी बलियो अवस्थामा देखिन्छन् । गठबन्धनभित्र सिटौलाको नाममा सहमति नजुटे उनलाई विकल्पमा कुनै प्रभावशाली पद दिनुपर्ने हुन्छ । माओवादीसँग कुरा मिल्न नसके सरकार पुनर्गठन हुँदा प्रभावशाली गृह मन्त्रालयमा दाबी गर्ने तयारी सिटौलाको छ ।

माओवादी शान्ति प्रक्रियामा आउँदा सिटौला गृहमन्त्री थिए । यसमा उनलाई राम्रो अनुभव पनि छ । प्रभावशाली मन्त्रालय पाउने ग्यारेन्टी हुन्छ भने अध्यक्षको विकल्पमा सोच्न उनी तयार देखिन्छ । तर, माओवादी यो मन्त्रालय छाड्न तयार देखिँदैन, किनकि अन्य मन्त्रीले प्रभावकारी काम नगरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको निम्ति एकपछि अर्को छाप छाड्ने काम गरेका छन् । यसैले राष्ट्रिय सभा अध्यक्ष लिएर गृहमन्त्री छाड्ने विकल्प पनि माओवादीलाई सहज छैन । 

null

सिटौला विकल्पमा पनि तयार रहेको उनी निकट स्रोत बताउँछ । 

‘उहाँको रुचि राष्ट्रिय सभामा जाने, संविधान र संघीयता कार्यान्वयनदेखि शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन सहजीकरण गर्ने भन्ने नै छ । किनकि शान्ति प्रक्रियादेखि संविधान लेखनसम्मको अनुभव उहाँसँग छ’, उनी निकट स्रोत भन्छ, ‘अध्यक्ष दिने भनेर उहाँ तयार हुनु भएको हो । होइन, यो मिल्दैन र गठबन्धनले जिम्मेवारी दिएर सरकारमा प्रभावशाली मन्त्रालय दिएर पठाउँछ भने यो भूमिकाका लागि पनि उहाँ तयार हुनुहुन्छ । किनकि गठबन्धन र पार्टीले गर्ने निर्णयलाई मान्ने उहाँले बताउँदै आउनुभएको छ ।’

सिटौलालाई शक्तिमा देख्न चाहँदैनन् शेखरदेखि पूर्णबहादुरसम्म

कांग्रेसको आन्तरिक शक्ति सन्तुलनको समीकरणमा भने उनलाई धेरैले राष्ट्रिय सभाकै अध्यक्ष बनेको देख्न चाहन्छन्, किनकि पावर एक्सरसाइज गर्ने प्रभावशाली पदमा सिटौलालाई पठाउँदा उनी फेरि राजनीतिको केन्द्रमा फर्किन सक्ने संशयमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कादेखि डा. शेखर कोइरालासम्मका नेता छन् । 

उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने उनी विस्तारै देउवाको विकल्प बन्ने संशय देउवा पक्षका नेतामा छ । अर्कोतिर राजनीतिक जीवनबाट एउटा कुनामा पुगेका सिटौला फेरि फर्किए उनको नाममा गगन, विश्व र प्रदीपहरूको अर्को ठूलो समूह जन्मिन सक्ने खतरासमेत शेखर टीमका नेताले देखेको एक नेता बताउँछन् । यसैले पनि सबैको सहजताका लागि सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने र ६ वर्ष त्यतै व्यस्त बनाएर उनलाई कांग्रेसको सक्रिय राजनीतिको ढोका बन्द गराउने तयारीमा नेता लागेका छन् । 

‘शक्तिमा पुगेपछि सिटौला सत्ताका खतरा खेलाडी नै हुन् । यो कुरा पूर्णबहादुरदेखि शेखरसम्म सबैले बुझेका छन्,’ एक नेता भन्छन्, ‘यस्ता खेलाडीलाई राष्ट्रिय सभामा ६ वर्ष अध्यक्ष बनाउन पाए एउटा खेलाडीको अभावमा आफूहरू हावी हुने खड्का र कोइरालाको दाउ छ । सिटौलाको नाममा कुनै विमति नराखी उम्मेदवारमा सर्वसम्मति दिनुको कारण नै यही हो ।’ 

कतिपय नेताले भावी उत्तराधिकारीका लागि पूर्णबहादुरभन्दा सिटौला सहज पात्र भएको र आरजुसमेत स्थापित हुन सक्ने सुझाव देउवालाई दिइरहेको नेताहरू बताउँछन् । 

माओवादी महासचिव देव गुरुङले कांग्रेसलाई राष्ट्रिय सभाका अध्यक्ष बनाउने कुरा छलफलमा नआएको दाबी गरे । 

‘यो कांग्रेसको दाबी होला । तर, अहिले नै यस विषयमा परिपक्व निर्णय भइसकेको छैन,’ गुरुङ भन्छन्, ‘समय आएपछि कुरा होला । तर, अहिले नै हतारमा कुन दलले अध्यक्ष लिने भनेर बाहिर हल्ला गरेर हुँदैन ।’

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे गठबन्धन दलबीच सिटौलालाई अध्यक्ष बनाउने कुरामा सहमति भएको बताउँछन् । 

‘गठबन्धन दलले सिटौला सिनियर र अनुभवी नेता हुनुहुन्छ, यसैले उहाँलाई बनाउँदा आपत्ति हुँदैन भनेर बोल्नुभएको छ । माओवादीबाट राष्ट्रिय सभा उपाध्यक्ष हुनु भएकी उर्मिला अर्यालले पनि माओवादीको दाबी रहँदैन भनेर सार्वजनिक रूपमा बोल्नुभएको सुनेका छौं,’ उनी भन्छन्, ‘संवैधानिक परिषदमा कांग्रेसको अहिले उपस्थिति शून्य छ । भोलि माओवादीको शून्य हुन्छ भनेर अहिलेदेखि चिन्ता गर्नु उपयुक्त होइन । पदेन सदस्य हुने ठाउँका लागि भइसकेको सहमतिमा अहिले आएर किचलो गरेर हुँदैन ।’

सहज निकास ननिकाले गठबन्धनमा खटपट 

राष्ट्रिय सभामा सबैभन्दा धेरै सदस्य भएको आधारमा पनि माओवादीभित्र फागुन २९ गते हुने अध्यक्षको निर्वाचनमा दाबेदारी गर्नुपर्ने मत बलियो छ । तर, प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताबीच सिटौलाको नाममा लगभग सहमति भएको दाबी कांग्रेस नेताको छ । तर, यही विषयमा आरोपप्रत्यारोप चल्दै जाने अवस्था आए सत्ता गठबन्धनमा पनि खटपट नआउला भन्न सकिन्न । किनकि एमालेले सत्ता गठबन्धनमा आबद्ध दलबीच कहाँनेर तनावको स्थिति आउला भनेर कुरिरहेको छ ।

पछिल्लो समय त एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ब्याक टु ब्याक’ प्रधानमन्त्री प्रचण्डलाई भेटिरहेका छन् । गठबन्धनमा तनाव बढाउन ओलीको प्रयास र कांग्रेसलाई सन्तुलनमा राख्ने प्रचण्डको योजना देखिन्छ । यस्तोमा गठबन्धन दलले परिस्थितिलाई नसम्हाले यही अध्यक्षको खटपटले पनि गठबन्धनमा तनाव आउन सक्ने नेताहरूको आशंका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x