×

NMB BANK
NIC ASIA

आफूमाथि लागेका आरोपबारे के भने कृष्ण कँडेलले ?

काठमाडाैं | फागुन ४, २०८०

NTC
Premier Steels

गायक एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई सिध्याउने प्रयास सुरु भएको बताएका छन् । 

Muktinath Bank

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूले इन्द्रेणीका कोही पनि कलाकारमाथि अन्याय नगरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्द्रेणीमा काम गरेका केही कलाकारहरूले कंडेलले आफूहरुमाथि अन्याय गरेको आरोप लगाएका थिए ।  सोही आरोपबारे प्रष्टीकरण दिँदै कंडेलले आफूले कसैमाथि अन्याय नगरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘पाँचजना कलाकारहरू बाहिर गएर यसले साह्रै अत्याचार गर्यो, शोषणै शोषण गर्यो भन्दै रुँदै कराउँदै गरेको देख्दा मलाई साह्रै दुख लाग्यो’ कंडेलले भने, ‘यही थियो त रुने ठाउँ । यहाँ कयौँ मान्छे दिनका दिन रुदैं आउनुहुन्छ । मैले कसैको पीडामा अन्याय गरेको छु र ? मैले कुनै एकजना कर्मचारीलाई निकालेको रेकर्ड छ भने त्यो मान्छेको आवाज दिलाउनुहोस् ।’ 

Vianet communication

कंडेलले ह्यासमेन्ट गरेको आरोप समेत कलाकार शर्मिला श्रेष्ठले लगाएकी थिइन् । त्यस विषयमा प्रष्टीकरण दिँदै कंडेलले ‘आफूले ह्यासमेन्ट गरेको भए ३ वर्ष किन त्यत्तिकै बसेको ?’ भनेर प्रश्न गरे । 

अगाडि भने, ‘शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष तपाईले के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईंले त मलाई एयरपोर्टमा आएर ‘मेरो भगवान दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्नुहुन्थ्यो भने त्यो बेला किन भगवान भन्नुभयो ? त्यही बेला मलाई तैँले यसो गरिस् भन्नुपर्दैन ?’ 

उनले आफूले आर्थिक कारणले इन्द्रेणीमा कार्यरत कर्मचारीहरूलाई स्थायी रूपमा राख्न नसक्ने भएपछि सबैलाई करार गरेको बताए । त्यसैअनुसार आन्तरिक विधान बनाएको र वकिल राखेर सबैलाई हस्ताक्षर गराएको उनले बताए । 

जहिले कार्यक्रम पर्छ, त्यही दिन बोलाउने र सोहीअनुसार पारिश्रमिक दिनेगरी निर्णय गरिएको उनले बताए । सोही निर्णयपछि नेगेटिभ स्टाटसहरू आउन सुरु भएको कंडेलको भनाई थियो । पत्रकार सम्मेलनमा कंडेलले आफूले अन्याय गरेको भए कानुनी प्रक्रियामा जान पनि आग्रह गरे । आर्थिक हिसाबकिताब पनि पारदर्शी रहेको उनले दाबी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x