×

NMB BANK
NIC ASIA

शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, प्रयोगमा पातको माला

काठमाडाैं | फागुन ६, २०८०

NTC
Premier Steels

दमौली–  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

Muktinath Bank

महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरूलाई लगाइएको थियो । अन्य दिनहरूमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशीला थापाले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन् । उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।
उनले भने, ‘तालिमको समापनका अवसरमा समि र फूल मिलाएर माला बनाएका थिए । सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो । आयोजकले प्रतिमाला रु ३० दिएका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताए । उनले भने, ‘यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो ।’


Advertisment
Nabil box
Kumari

तालिम लिएकी मधु थापाले तालिम सकिनेबित्तिकै आफूहरूको उत्पादनलाई प्राथमिकता दिएकामा धन्यवाद दिइन् । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु बिक्री वितरणका लागि स्टल निःशुल्क व्यवस्था गरिएको छ । स्थानीयस्तरमा उत्पादित कृषि, घरेलुलगायतका सामग्री बिक्री वितरण र प्रदर्शनीका लागि स्टल निःशुल्क गरिएको सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए । उनले भने, ‘स्थानीय उत्पादनले बजार पाओस् भन्नका लागि स्टल निःशुल्क व्यवस्थापन गरेका छौँ । यसले त्यस्ता सामग्रीको प्रवर्द्धनमा सहयोग पुग्नेछ ।’

Vianet communication

महोत्सवमा अटोमोबाइल, होटललगायत अन्य व्यावसायिक स्टलसमेत गरी कुल एक सय ८० स्टल रहेका छन् । महोत्सवमार्फत शुक्लागण्डकी नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमार्फत नै दगामस्थित घरबास ९होमस्टे०को प्रचार–प्रसार र प्रवर्द्धन गरिने उहाँको भनाइ छ । फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिब रु तीन करोड आर्थिक कारोबार हुने लक्ष्य छ । त्यस्तै दुई लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरका कलाकारलाई समावेश गरिनेछ । यसैगरी महोत्सवको अवसरमा विद्यालयस्तरीय नृत्य, भलिबल, रत्यौली, गण्डकी गायन, र कौरा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन हुनेछ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x