×

NMB BANK
NIC ASIA

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | फागुन ८, २०८०

NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Muktinath Bank

गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता घिमिरेका अनुसार आयोगले जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत भट्टसहित तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत (तत्काल निलम्बित) ब्रम्हदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाई, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुतपविरुद्ध मुद्दा दायर गरेको हो ।


Advertisment
Nabil box
Kumari

यस्तै आयोगले फरेष्टरद्वय रामरक्षा कुर्मी (चौधरी) र रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारू, सञ्जय केवट, रामगोपाल त्रिपाठी, वासुदेव गोडिया (अवकाश प्राप्त)लाई पनि प्रतिवादी बनाएको छ । 

Vianet communication

यस्तै, तत्कालीन संयोजक/अध्यक्ष  हाल लुम्बिनी प्रदेश, निर्वाचन क्षेत्र नं ३(२) कपिलवस्तुका प्रदेश सभा सदस्य जानकीप्रसाद यादव, सञ्चालक एकनाथ घिमिरे र प्रोप्राइटर गीता जिसीविरुद्ध पनि आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष ०७४/०७५ मा ठेकेदारसमेतले ६ वटा कटान प्लटहरूको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत समितिले गराएको थियो । सो ठेक्कामा कर्मचारीहरूसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको स:मिलमा बिक्री गरी अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।​​

आयोगले उनीहरूविरुद्ध फरकफरक बिगो कायम गरी बिगो बमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरेको छ ।​​

यस्तो छ आयोगको विज्ञप्ति

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x