×

NMB BANK
NIC ASIA

प्रतिस्पर्धी कम्पनीको भन्दा महँगो नहुनेगरी भाडा समायोजन गछौं - निगम अध्यक्ष अधिकारी

काठमाडाैं | फागुन ८, २०८०

NTC
Premier Steels

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रतिस्पर्धी कम्पनीको तुलनामा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरी व्यावसायिक सुधार गर्न लागिएको बताएका छन् । प्रतिस्पर्धी कम्पनीको भन्दा महँगो नहुने गरि भाडादर समायोजन लगायतका सुधारका काम शुरू भएको उनले बताए । 

Muktinath Bank

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले निगमको सेवा सुविधालाई अझ परिष्कृत गर्दै लगिने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रिय ध्वजावाहक जहाजमा जापानी भाषाको समेत व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरी आवश्यक कार्य भइरहेको छ’, अधिकारीले भने ‘नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजावाहक जहाजलाई माया गर्न तथा सरकारबाट पनि आवश्यक सहयोगको अपेक्षा राख्दछु ।’


Advertisment
Nabil box
Kumari

निगमले १० वटा स्टेसनबाट अन्तर्राष्ट्रिय उडानमा सेवा दिइरहेको उल्लेख गर्दै अधिकारीले निकट भविष्यमै जापानको ओशाकाबाट सेवा दिने गरी कार्य भइरहेको जानकारी गराए । निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जापानमा मृत्यु हुने नेपालीको शवलाई नेपाल लैजान सहयोग पुग्ने गरी आवश्यक गृहकार्य अघि बढाउने समेत प्रतिबद्धता जनाए ।

Vianet communication

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले अन्य प्रतिस्पर्धी वायु सेवा कम्पनीको तुलनामा नेपाल एयरलाइन्सले आफ्नो भाडादरमा सहुलियत दिने गरी सस्तो बनाउनका लागि निगमलाई आग्रह गरे ।

‘चन्द्र सूर्य अंकित झण्डाको सम्मानका लागि पनि नेपाल एयरलाइन्सको प्रयोग गरिनु पर्छ’, सुवेदीले भने । ​​​

अन्तरक्रियामा सहभागीहरूले जापानमा मृत्यु हुने नेपालीको शव नेपाल पठाउन निगमबाट आवश्यक व्यवस्था गर्न माग गरे । खाली सिट हुँदासमेत टिकट नपाउने अवस्थामा सुधार ल्याउनु पर्ने, सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रिय स्तरको बनाइनु पर्ने तथा भाडादर सस्तो बनाइनु पर्ने सुझाव दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x