×

NMB BANK
NIC ASIA

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडाैं | फागुन ११, २०८०

NTC
Premier Steels

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ ।

Muktinath Bank

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन बनायो । जीतका लागि २०४ रनको लक्ष्य पच्छाएको नेदरल्यान्ड्स ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्का हाने । यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे ।


Advertisment
Nabil box
Kumari

बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले तीन, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले दुई–दुई तथा शारिज अहमद र बास डे लिडले एक–एक विकेट लिए ।

Vianet communication

यस्तै नेदरल्यान्ड्सका लागि ब्याटिङ गर्ने क्रममा नोआ क्रोसले सर्वाधिक अविजित ४६ रन बनाए । उनले ५६ बल खेल्ने क्रममा तीन चौका हाने । यसैगरी म्याक्स ओडाउडले ४१ रन, बास डे लिडले २४ तथा शारिज अहमदले १९ रन बनाए ।

बलिङतर्फ नामिबियाका ज्यान फ्राई लिङ्क र जेहार्ड इरासमसले तीन–तीन, बर्नार्ड स्कोल्जले दुई तथा रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टी इटनले एक–एक विकेट लिए । 

जीतसँगै नामिबियाले चार खेलमा ६ अङ्क जोडेको छ । नामिबिया लिग–२ को शीर्षस्थानमा उक्लिएको छ । नेपाल र नेदरल्यान्ड्सको भने तीन खेलमा दुई–दुई अङ्क छ । अब जारी शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्यान्ड्ससँग यही फागुन १३ गते खेल्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x