×

NMB BANK
NIC ASIA

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १–३ सम्म पोखरामा हुने

काठमाडाैं | फागुन ११, २०८०

NTC
Premier Steels

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । 

Muktinath Bank

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताए । “बाह्रखरी गल्फ र पोखरा महानगरपालिकालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम सँगसँगै हुने देखिएको छ । पर्यटनको प्रवर्धन खेलको माध्यमबाट गर्न सकिने कुरो हो,” मेयर आचार्यले भने, “गल्फबाट पर्यटनको प्रवर्धन हुने र यसले दिने आर्थिक सर्कुलेसन सबै ठाउँमा पुग्छ । यसको माध्यमबाट हाम्रो सहरलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौँ ।” 


Advertisment
Nabil box
Kumari

बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले अहिलेको संकटको समयमा पनि निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गर्दै त्यसले नै कार्यक्रम सफल बनाउन आफूहरुले ऊर्जा थपिएको बताए । उनले वार्षिकरुपमा पोखरामा नै गल्फ प्रतियोगिता र अन्य कार्यक्रम आयोजना गर्ने मनसाय रहेको पनि बताए ।

Vianet communication

विगतका चार संस्करणमा जस्तै एनसेल यो संस्करणमा पनि प्रमुख प्रायोजकका रूपमा बाह्रखरी गल्फसँग आबद्ध भएको छ । हरेक वर्ष अर्बौँ कर तिरेर सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीको सूचीमा रहन सफल एनसेलले सरकारलाई कर तथा गैरकर गरी तीन खर्ब भन्दा बढी राजश्व तिरिसकेको छ  । र, प्रत्यक्ष, अप्रत्यक्षरुपमा २५ हजार बढीलाई रोजगारीको अवसर प्रदान गरेको छ ।

एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा देशको सामाजिक, आर्थिक विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भनेर हेर्नु सबै कर्पोरेटको दायित्व रहेको बताइन् । एनसेलले यही कुरालाई मनन गर्दै बाह्रखरीसँग यो कार्यक्रमका लागि सहकार्य गर्दै आएको र यसको विशेष महत्त्व भनेको गल्फमात्र नभई देशको समसामयिक आर्थिक सामाजिक विषयमा छलफल गर्दै विकासका लागि मार्ग देखाउन रहेको बताइन् ।

यो कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल -याली आयोजना गरिनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउन चेतना जगाउनु रहेको छ ।

चैत २ गते देशका विभिन्न स्थानबाट ३०० बढी कर्पोरेट पाहुनाहरु पोखरा पुग्ने छन् । उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्व वर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहनेछन् ।

चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन् ।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसै दिन बिहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिनेछ ।

देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् । चैत ३ गते अपराह्न सम्पूर्ण कार्यक्रमको समापन हिमालयन गल्फ कोर्स, मझेरीपाटन, पोखरामा हुनेछ । उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहनेछन् । पोखरा महानगरका मेयर विशेष अतिथि हुनेछन् ।

सो समारोहमा गल्फ प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ भने देशभरबाट आएका पाहुनाहरूलाई आपसी भेटघाट र अन्तरक्रियाका लागि एक उत्सव पनि हुनेछ ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबास गराउने तयारी भइसकेको छ ।

यस अघि नेपालको व्यावसायिक क्षेत्रलाई अर्थतन्त्र, पर्यटन, वातावरण, प्रदेश र स्थानीय सरकारसँग जोड्ने मूल उद्देश्यअनुरूप नियमित रूपमा गरिँदै आएको आमन्त्रण गल्फ प्रतियोगिताको चौथो संस्करण ‘एनसेल बाह्रखरी गल्फ पोखरा’ २०७७ माघ २३–२४ मा पोखरामा सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त संस्करणले कोरोना र लकडाउनले शिथिल पोखराको पर्यटनलाई ऊर्जा प्रदान गर्न सफल भएको निष्कर्ष निकाल्दै पोखरा पर्यटन परिषद्ले यो वर्षको कार्यक्रम पोखरामा आयोजना गर्न निमन्त्रणा गरेको हो । 

यो वर्ष प्रमुख प्रायोजकमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र इन एसोसिएसन विथ (साझेदार) मा विद्युतीय गाडी बीवाईडी रहेको छ । प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x