कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
काठमाडाैं | फागुन १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भजन शिरोमणि स्व भक्तराज आचार्यका गीत अजर–अमर र कालजयी रहिरहने बताएका छन् ।
स्व आचार्यको प्रार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलवार अपरान्ह नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।
‘गीत–संगीत क्षेत्रमा उहाँको जुन योगदान छ, त्यो अजर–अमर र कालजयी नै रहने छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आचार्यले आफू अस्वस्थ भएर गीत गाउन नसक्ने हुँदा पनि नेपाली संगीत क्षेत्रलाई उत्प्रेरणा र दिशानिर्देश गरिरहेको आफूले ठानेको बताए ।
उनले आचार्यको उपचारमा लागेको खर्च जे गर्न सकिन्छ त्यो सरकारले गर्ने पनि प्रतिबद्धता जनाए ।
आचार्यलाई श्रद्धाञ्जलि दिन प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्सालस्थित प्रज्ञा–प्रतिष्ठान पुगेका थिए ।
यस्तै श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिष्ठान पुगेका थिए ।
गायक तथा संगीतकार आचार्यको मंगलवार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
भजन शिरोमणि आचार्यको सोमवार निधन भएको हो ।
सोमवार अपरान्ह मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको थियो ।
आचार्य लामो समयदेखि दीर्घरोघी थिए ।
आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...