कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
कुनै समय नेकपा माओवादी केन्द्रको राजनीतिको केन्द्रबिन्दूमा रहेका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कूलप्रसाद केसी अहिले गुमनाम छन् ।
माओवादीको स्थायी कमिटी सदस्य तथा प्रभावशाली नेता समेत रहेका केसी मुख्यमन्त्री पदबाट बिदा भएपछि सोधीखोजीको पात्र छैनन् । माओवादीको राजनीति र प्रदेशको सत्ता सञ्चालनमा निर्णायक रहेका उनले आमनिर्वाचन– २०७९ मा पार्टीबाट टिकट समेत पाउन सकेनन् । डेढ वर्षदेखि गुमनाम उनी अहिले कहाँ के गर्दै छन् भन्ने विषयमा माओवादीमा बेखबरजस्तो बनेको छ ।
माओवादीभित्र तेस्रो तहको नेताको पहिचान बनाएका केसी वि.सं. २०७८ साउनदेखि २०७९ पुससम्म लुम्बिनी प्रदेशको बागडोर सम्हालेका थिए । राष्ट्रिय सभा निर्वाचनमा लैजाने आश्वासन पाएपछि टिकटका लागि समेत दाबेदारी नगरेका केसीले पार्टीमा झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाएपछि केसीको राजनीतिक जीवनमा ‘ब्रेक’ लागेजस्तो देखिएको माओवादी नेताहरू नै बताउँछन् । रोल्पामा माओवादीका उपमहासचिव वर्षमान पुन र रुकुमपूर्वमा पूर्णबहादुर घर्तीले टिकट पाउँदासम्म आफूले नपाउने केसीले बुझेको निकटस्थहरू बताउँछन् ।
लामो समय जनयुद्ध लडेका केसीलाई पार्टीभित्र ‘सोनाम’ नामले चिनिन्छ । केसी रोल्पा जिल्लाको रोल्पा नगरपालिका– ६ लिवाङमा जन्मिएका हुन् । राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने हठी र महत्त्वाकांक्षी नेता केसीको पछिल्लो निष्क्रियता लुम्बिनीको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । उनी के गर्दै छन्, उनका योजना के छन् भन्ने विषयमा कुनै बेला उनीसँग निकै नजिक रहेकारू समेत प्रस्ट जानकारी दिन सक्दैनन् ।
उनका तत्कालीन प्रेस सल्लाहकार तथा प्रेस सेन्टरका नेता मानसिंह विश्वकर्माले केसी पार्टीको काममा सक्रिय रहेको बताए । ‘कार्यकाल सकेर पद हस्तान्तरण गरेपछि उहाँ (केसी) पार्टीको राजनीतिमा हुनुहुन्छ,’ विश्वकर्मा लोकान्तरसँग भने, ‘पार्टीको चार महिने अभियानमा बाँकेको इन्चार्ज भएर पनि काम गर्नुभयो । दाङ र रोल्पा गएर बस्नुभयो । परिवार काठमाडौंमै हुनुहुन्छ । उहाँ गुमनाम होइन, पार्टीको काममा सक्रिय भएर लाग्नुभएको छ ।’
माओवादीमा केसीको राजनीतिक भविष्य पनि अन्योलमा रहेको नेताहरू बताउँछन् । आम निर्वाचन– २०७९ मा पनि उनी कुनै मञ्चमा देखिएनन् ।
उनी माघ १२ गते लुम्बिनी प्रदेशको स्थापना दिवसमा देउखुरीमा आयोजित कार्यक्रममा देखिएका थिए । पछिल्लो समय केसी लगायत नेताहरू माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट रहेको बताइन्छ ।
तर, केसीले भने आफू पार्टीको कामको सिलसिलामा विभिन्न ठाउँमा काममा खटिएको बताए । ‘म गुमनाम भएको छैन,’ केसीले लोकान्तरसँग भने, ‘चर्चामा आउन त कि बौलाहा पाराका काम गर्नुपर्यो, कि राम्रो काम गर्नुपर्यो । अहिले म राम्रो काम गर्ने पदीय जिम्मेवारीमा छैन । तर, गुमनाम भएको होइन ।’
आफूले नेतृत्व गर्दा प्रदेशको जुन गरिमा र उचाइ थियो, अहिलेको प्रदेश सरकारको कामले त्यो गरिमा कायम नगर्दा आफूलाई दुःखी बनाएको उनले बताए । ‘मैले नेतृत्व गर्दा लुम्बिनी प्रदेश एक नम्बरमा थियो, अहिले सातौं नम्बर पुगेका छ, साथीहरूले कसरी काम गरेका छन् कुन्नि ?’ केसीले प्रश्न गरे ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा रोल्पाबाट प्रदेशसभामा निर्वाचित भएर केसी शंकर पोखरेल नेतृत्वको सरकारमा साढे तीन वर्ष आन्तरिक मामिला तथा कानूनमन्त्री बने । तत्कालीन नेकपा विभाजन भएपछि उनी कांग्रेस र माओवादीसहितको ‘मिलिजुली’ सरकारमा मुख्यमन्त्री बनेका थिए ।
कडा मिजासका केसीको स्वभाव उनका पटक–पटकका अभिव्यक्ति पनि भल्किन्छन् । २०७७ असोज २० गते प्रदेशको राजधानी र नामकरण टुंगो लगाउने समयमा कांग्रेसले विरोध जनाएपछि प्रदेश सभाको रोस्ट्रमबाटै उनले ‘घिसारेर निकालिहाल’ भन्ने शब्दावली प्रयोग गरेपछि चौतर्फी आलोचना भएको थियो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजबहादुर बुढाले सबैलाई अवसर दिनुपर्ने हुँदा केसीले राष्ट्रिय सभा सदस्य नपाएको बताए । उनले भने, ‘पार्टीमा उहाँजस्तै धेरै नेताहरू छन् । अहिले उहाँ छायाँमा पर्नुभएको भन्ने होइन है, उहाँको सक्रियता पहिलेभन्दा झनै बढेको छ ।’
सोनामको राजनीतिक जीवन
एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइए पढ्दापढ्दै उनी विद्यार्थी संगठनको सक्रिय राजनीतिमा लागे ।
वि.सं.२०४८ देखि २०५० सालसम्म उनले रोल्पा लिवाङस्थित बालकल्याण माविमा स्थायी रूपमा शिक्षण पेशा अंगाले । प्राथमिक तहको स्थायी शिक्षक रहेका केसीले २०५० सालमा नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएपछि अवकाश लिएका थिए ।
२०५० देखि २०५२ सालसम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भए । २०५२ फागुन १ गते तत्कालीन माओवादीले ‘जनयुद्ध’मा जाने घोषणा गरेपछि उनी भूमिगत भई माओवादीमा सक्रिय भए । माओवादी ‘जनयुद्ध’मा जाने बेला उनी रोल्पा जिल्ला पार्टी सदस्य मात्रै थिए ।
२०५५ सालमा उनले दाङ, प्युठान र सल्यान जिल्लाको सेक्रेटरीको जिम्मेवारी पाए । त्यसपछि २०५६ सालमा भेरी–कर्णाली सैन्य कमिसार र २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए । माओवादीको सशस्त्र युद्धमा राप्ती क्षेत्रका चर्चित नेताको रूपमा उनले परिचय बनाए ।
२०६० जेठ २० गते पार्टी बैठकका लागि भारत जाने क्रममा भारतको पटनामा उनी पक्राउ परे । त्यसपछि २०६३ साउनसम्म झण्डै ३ वर्ष उनले भारतको बक्सर जेलमा बन्दी जीवन बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ साउनमा मात्रै केसी जेलमुक्त भए ।
जेलबाट छुटेपछि २०६३ देखि २०६८ सालसम्म ‘जनमुक्ति सेना’ को तेस्रो डिभिजन कमिसारको भूमिका पाए । तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ क्यान्टोनमेन्टमा राखिएपछि वाईसीएल इञ्चार्जको भूमिका पनि उनले निर्वाह गरे ।
२०६९ सालमा माओवादी विभाजन भएपछि उनी मोहन वैद्यको पक्षमा लागे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिलाई धोका दिएको भन्दै उनले प्रचण्डको साथ छाडेका थिए ।
वैद्य पक्षको माओवादीको स्थायी कमिटी सदस्य भएका उनी दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा लागे । वैद्यसँग ४ वर्षजति बिताएर उनी फेरि रामबहादुर थापा ‘बादल’सहित प्रचण्ड नेतृत्वको माओवादीमै फर्किएका थिए ।
माओवादीमा फर्किएपछि वि.सं. २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा रोल्पाबाट माओवादी–एमाले गठबन्धनको तर्फबाट उनले चुनाव जिते । बादलपक्षीय नेता केसी नेकपा विभाजनपछि एमालेमा लाग्छन् कि भन्ने आशंकालाई चिर्दै माओवादी केन्द्रमै बसेर मुख्यमन्त्री बन्न सफल भएका थिए ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...