×

NMB BANK
NIC ASIA

१८ देशका १ हजार १०० सैनिक पाँचखालमाः ६ अभ्यास गराउँदै नेपाली सेना

काठमाडाैं | फागुन १६, २०८०

NTC
Premier Steels

नेपालमा यतिबेला विश्वभरका १८ देशका सैनिकले अभ्यास गरिरहेका छन् । अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १८ देशका १ हजार १०० सैनिक तालिम दिइरहेको प्रमुख महासेनानी सञ्जीत श्रेष्ठ सिन्याले जानकारी दिए ।

Muktinath Bank

‘अहिले पाँचखालको तालिम केन्द्रमा विश्वभरका १८ देशका सैनिकले शान्ति मिसनमा हुने कार्यहरूको अभ्यास गरिरहनु भएको छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त राष्ट्र संघ (यूएन)को शान्ति मिसनमा सहभागी हुने फौजको पेशागत दक्षता, समन्वयात्मक क्षमता अभिवृद्धि र मिसनमा सहभागी हुने देशका सैनिकबीचको सामानजस्यताका लागि यो अभ्यास भइरहेको प्रमुख महासेनानी सिन्याको भनाइ  छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

‘शान्ति प्रयास– ४’ नामको यो अभ्यासले शान्ति मिसनको समयमा देखिएका समस्यालाई सामाधान गर्न र अन्य देशका सैनिकबीचको  सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ । 

यही फागुन ८ गतेदेखि शुरू भएको यो अभ्यास १४ दिनसम्म चल्ने छ । यसमा नेपाल, अमेरिका, बंगलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मंगोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, अष्ट्रेलिया, फिलिपिन्स, नाइजेरिया र पाकिस्तान सहभागी छन् ।  यो अभ्यासमा यी देशका १० र नेपालका २ गरी १२ वटा प्लाटुन सहभागी छन् ।

null 

यो अभ्यासमा फिल्ड बेसमा भएर ६ वटा तालिम सञ्चालन भइरहेका छन् । त्यसमा अधिकृत तहमा एउटा तालिम भइरहेको छ । शान्ति मिसनका हेडक्वाटरहरूमा रहेर काम गर्ने १५ देशका ६६ जना अधिकृत छन् । जसमा १६ जना महिला अधिकृत पनि छन् । उनीहरूलाई शान्ति मिसनमा लामो समयसम्म काम गरेर अवकाश पाप्त ६ जना विज्ञ र २८ जना विश्वका सैनिक अधिकृतले तालिम दिइरहेका छन् । यो तालिमले शान्ति सेनामा जाने हेडक्वाटर स्तरका अधिकृत र अर्को फिल्डमा खटिने फौजलाई तालिम दिने काम गरिने महासेनानी सिन्याले बताए । 

null

यस्तै यो अभ्यासमा शान्ति मिसनका क्रममा घाइते भएकाहरूको उपचारसँगै सैनिक आफैँले आफ्नो उपचारको पनि तालिम लिइरहेको प्रमुख सेनानी सुरज बस्न्यातले बताए । ‘त्यसमा एउटा सामान्य प्राथामिक उपचार र विशेषज्ञ अर्थात फौजलाई फिल्डमा चाहिने उपचारको तालिम भइरहेको छ,’ उनले भने, ‘सेनाले शान्ति मिसनको समयमा हुने विभिन्न अभ्यासहरू जस्तै पट्रोलिङ, स्थानियसँग हुने वादविवाद लगायतका विभिन्न विषयको तालिम दिइरहेको छ ।’ 

सेनाले यसअघि सन् २०००, २०१३ र २०१७ मा पनि यो अभ्यास नेपालमा गरेको थियो । अहिले चौथो संस्करणको अभ्यास गरिरहेको हो । 

शान्ति मिसनमा नेपाली सुरक्षाकर्मी पहिलो

संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्कमा शान्ति मिसनमा सबैभन्दा धेरै सैनिक जनशक्ति योगदान गर्ने नेपाल पहिलो नम्बरमा पर्छ । विश्वका द्वन्द्वग्रस्त देशहरूका ४२ वटा मिसनमा ६ हजार २४७ जना सेनाले योगदान दिएका छन् । जसमा फर्मड पुलिस युनिटमा १८०, व्यक्तिगत प्रहरीतर्फ ५६, स्टाफ अधिकृतमा १०४ र प्लाटुनहरूमा ५ हजार ८६५ जना सैनिक सहभागी छन् । यो सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहितको तथ्याङ्क हो ।

null

नेपाली सेनाका जनशक्तिमध्ये संयुक्त राष्ट्रसंघको मुख्यालयमा ६ जना, माली मिसनमा १६ जना, इराकमा ८८,  लिबियामा २३५, इजरायलमा ३ जना, यमनमा २ जना, अबेई सुडानमा १०४ जना, कंगोमा  ११५४ जना, दक्षिण सुडानमा १७४२, लेबनानमा ८७३ जना, सिरिया (गोलान हाइट्स)मा ४१६ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा  १२४१ जना  र पेस्टर्नसहारामा पाँचजना नेपाली सैनिक शान्ति मिसनमा खटिएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीका २ सय ४० जना फौज खटिएका छन् ।

अहिले विश्वभरमा १ हजार १८७ वटा मिसनमा १२१ देशका ६६ हजार ८३९ जना सैनिक सहभागी छन् ।

null 

पहिलोपटक सोलारबाट बिजुली निकाल्दै सेना

नेपाली सेनाले शान्ति मिसनमा कार्यरत सेनालाई बिजुली उपलब्ध गराउनका लागि पहिलोपटक सोलारबाट बिजुली निकाल्ने तयारी गरेको छ । नेपाली सेनाले अमेरिकी सरकारको सहयोगमा दक्षिणी सुडानको लुम्बेकमा  १.८३ किलोवाटको बिजुली उत्पादनका लागि संरचना तयार गर्न लागेको प्रमुख सेनानी सुरज बस्न्यातले बताए । 

‘हामी नेपाली सेनाले निकट भविष्यमा दक्षिणी सुडानमा सोलारबाट बिजुली उत्पादन गर्दैछौं,’ उनले भने । 

null

सेनाले दक्षिणी सुडानमा सोलारबाट उत्पादन गर्ने विजुलीको अभ्यास स्वरुप पाँचखालमा त्यस्तै प्रकारको प्रोजेक्ट तयार पारेको प्रमुख सेनानी बस्न्यातले जानकारी दिए । ‘सेनाले मिसनमा बनाउनेजस्तै यहाँ पनि अभ्यास भएको छ । सोलारबाट बिजुली निकाल्ने प्रयासको अभ्यास पाँचखालमा सकेका छौं,’ उनले भने ।

null 

अहिले पाँचखालमा सेनाले १.८३ किलोवाटको बिजुली उत्पादन गरेको छ । त्यसले पाँचखालको तालिम केन्द्रमा बिजुली उपलब्ध हुँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x