×

NMB BANK
NIC ASIA

धनराजको आक्रोश

एउटा चित्रसँग तर्सिएका मेयर: १८ महिनासम्म आश्वासन अधुरै, उल्टै कलाकारसँग कड्किँदै !

कास्की | फागुन २४, २०८०

NTC
Premier Steels

पोखरा आर्ट ग्यालरी विगत १८ महिनादेखि भाडाको घरमा आश्रित छ । पोखराको मुख्य बजारबाट विस्थापित बनेका कलाकार आजभोलि ‘क्षत्री समाज’को घरमा चित्र प्रर्दशनी गर्न बाध्य छन् । पोखराको मुख्य चोक महेन्द्रपुलबाट विस्थापित बनेका कलाकार नयाँ बजारको सुनसान कुनामा चित्र प्रर्दशनी गर्छन् । कार्यक्रम भए/नभएको जानकारी नै हुन्न ।

Muktinath Bank

‘पोखरा घर’को आश्वासन दिएर महेन्द्रपुलबाट कलाकार उठाएका प्रमुख धनराज आचार्यले १८ महिना बित्दासम्म आफ्नो वचन पूरा गर्न सकेका छैनन् । पोखरा घर बनाउन छुट्टाइएको जग्गामा बोर्डबाहेक केही ठडिन सकेको छैन । आर्ट ग्यालरी र पुस्तकालय भत्काएका प्रमुखले त्यहाँ  सार्वजनिक शौचालय र झण्डा पार्क बनाएर धुमधामका साथ उद्घाटन गरे । गत वर्ष भवन भत्काउँदा नै आलोचना खेपेका महानगर प्रमुखले झण्डा पार्क उद्घाटन गरेपछि थप आलोचना खेप्नुपर्यो । सामाजिक सञ्जालमा उनको कार्यविरुद्ध कलाकार र साहित्य प्रेमीले खनिए । मिडियामा चौतर्फी आलोचना भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चौतर्फी विवाद खेपिरहेको प्रमुखले बुधबार पोखराको एक कार्यक्रममा आक्रोश पोखेका छन् । गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८० को समापन समारोहमा बोल्दै प्रमुख धनराजले आर्ट ग्यालरीको विषयमा किन खेदेको भनेर प्रश्न गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

‘यो आर्ट ग्यालरी बनाउने भनेर महानगरले १० करोडको बजेट बनाउँदै छ । सम्पूर्ण कुरा हामीले नै सपोर्ट गर्छौं भनेका छौं । अनि त्यहाँबाट सार्न यो ठाउँ खोजेर हामीले नै ल्याएर राखेका हौं । अनि किन यसरी खेद्नुहुन्छ ?,’आक्रोशित हुँदै उनले प्रश्न गरे । 

Vianet communication

null

भाडाको घरमा आर्ट ग्यालरी सञ्चालन गर्नुअघि महेन्द्रपुलमा रहेको जीर्ण भवनमा आर्ट ग्यालरी थियो । जसलाई भत्काउने निर्णय यसअघिका प्रमुखले नै गरेका थिए । आर्ट ग्यालरी व्यवस्थापन गर्ने अन्य स्थान नपाएपछि सो योजना रोकिएको थियो । 
 
सो योजनालाई अघि सार्दै महानगर प्रमुख आचार्यले गतवर्ष भदौ २३ गते पोखरा आर्ट ग्यालरीमा डोजर चलाए । विकल्प नदिई सारिएको विषयमा कलाकारले त्यस समय चित्त दुखाएका थिए । यद्यपि पोखरा घर बनाएर कलाकारलाई व्यवस्थित गर्ने भन्दै धनराजको आश्वासन पाएपछि पोखरेली कलाकार पर्खाइमा थिए । तर, १८ महिना बितिसक्दा पनि भवन ठडिन सकेनन् । भवन निर्माणका लागि महानगरले केही समयअघि मात्र टेन्डर आह्वान गरेको थियो । पोखरा घर बनाउन ध्यान नदिएका प्रमुखले यसबीच झण्डा पार्क र १ करोड लगानीमा बनेको सार्वजनिक शौचालय उद्घाटन गरे । त्यसपछि प्रमुख थप आलोचित बन्न पुगे । जसको प्रतिरक्षामा उत्रिँदै धनराजले महानगरले आर्ट ग्यालरी र लाइब्रेरी व्यवस्थापनको जिम्मा गरिरहेको बताए ।  

‘यो लाइब्रेरीको स्टाफ पनि हामीले दिएका छौँ । महानगरपालिका सञ्चालन गरेको छ । त्यो लेख्न पर्दैन ? अनि खाली त्यही लेख्या छ, खेद्याखेद्या छ । यस्तो कुरा चाहिँ नगर्नु,’ कड्किँदै उनले भने । 

समापन कार्यक्रममा प्रमुखसँग खुला अन्तरक्रिया कार्यक्रम भएको थियो । सो खुला प्लेटफर्ममा कलाकारले प्रमुखलाई ‘पोखरा आर्ट ग्यालरी कहिले बन्छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले प्रतिष्ठानले राखेको सो अन्तरक्रिया कार्यक्रमलाई गलत डिजाइन भएको बताए । आफूलाई प्रश्न गर्ने र उत्तर दिने स्थान सार्वजनिक सुनुवाइ रहेको उनको भनाइ थियो । 

‘यसको व्यवस्थापन कसले गरेछ भनेर सोध्नु न यो लाइब्रेरी र आर्ट ग्यालरीको व्यवस्थापन महानगरले गरेको छ,’ उनी चर्किए,‘यो चाहिँ मसँग जुहारी खेल्ने ठाउँ होइन । प्रोगाम डिजाइन गलत भयो । मसँग प्रश्नोत्तर राख्न सार्वजनिक सुनुवाइ मै राख्छु नि ! यो त मलाई कठघरामा उभ्याउन जरुरी नै छैन ।’

चित्रबाट रुष्ट बनेका धनराज 

हातमा रङको बाल्टी बोकेर सडकमा हिँडिरहेका एक व्यक्ति । कालो चश्मा, ढाकाटोपी र  कोटमा ठाँटिएर । हातमा रङको ब्रस र बाल्टी हरियै । रङ मात्र हरियो थिएन । शहर नै हरियो थियो । कोट पेन्टमा ठाँटिएका ती व्यक्ति हिँड्दै थिए ‘ग्रिन सिटी’ बनाउन । शहरका सबै घर हरियो रङले पोतिएको । जित गुरुङले बनाएको चित्रको एक कुनामा लेखिएको थियो ‘ग्रिन सिटी’ । जुन व्यग्यं थियो पोखरा महानगरका प्रमुख धनराज आचार्यप्रति । सो चित्र ललितकला प्रर्दशनीमा थियो । महानगर प्रमुखले सोही चित्रमा समेत आक्रोश पोख्दै चित्रकारसँगै स्पष्टीकरण मागे ।  

‘कहाँं महानगरले हरियो पोत्ने भन्यो अनि हाम्रो आर्टिस्टले कसरी त्यो चित्र बनाउनुभयो । त्यसको पनि जस्टिफिकेसन होला । हरित शहर भनेर घर पोत्ने भनेको छ र हरियो भनेर । कहाँ भनेछ पुष्टि गर्नुस्,’ उनले भने । 

उनी त्यतिमा मात्र रोकिएनन् । आफ्नो बदनामीको क्षतिपूर्ति दिनसक्नेबारे सवाल गरे । ‘यसरी बदनाम गरियो । भएन भनेर यहाँ एउटा पेन्टिङ हरियो नै छ रे । को आर्टिस्टले बनाउनुभयो मलाई जवाफ दिनुस् त । म बदनाम भएको त्यसको क्षतिपूर्ति दिन सक्नुहुन्छ । सिटी मेयर हो म । तपाईँहरू सबैको साझा मेयर हो म । पोखरा बदनाम गरेर के पाइन्छ ?,’ उनले जंगिँदै प्रश्न गरे । 

७३ चित्र प्रदर्शनीमा ३५ छानिए 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन १९ गतेबाट सुरु भएको कार्यक्रम बुधबार सकिएको छ । पाँच दिन चलेको प्रदर्शनीमा ७३ जना कलाकारले आफ्नो चित्र प्रदर्शनी गरेका थिए । जसमध्येबाट ३५ वटा चित्र छानिएर थप प्रदर्शनीका लागि छानिएको छ । छानिएका चित्र आगामी जेठ १५ गते राष्ट्रिय ललितकलामा प्रदर्शनीका लागि राखिने छ । ललितकलाले जेठमा काठमाडौँमा गर्ने प्रदर्शनीका लागि सात वटै प्रदेशका कलाकारलाई समेट्न प्रदेशगत प्रदर्शनी गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x