×

NMB BANK
NIC ASIA

किन घट्यो पुराना चलचित्रकर्मीको सक्रियता ?

काठमाडाैं | फागुन २६, २०८०

NTC
निर्देशक तुलसी घिमिरे ।
Premier Steels

अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् ।

Muktinath Bank

प्रविधिले सहज बनाएता पनि पुराना चलचित्रकर्मीको उपस्थिति भने कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, मदन घिमिरे, प्रदीप श्रेष्ठ, ज्ञानेन्द्र देउजालगायतका प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन असहजता भइरहेको छ । डिजिटल प्रविधिमा चलचित्रको निर्माण शुरू भएपछि उनीहरूको काम सङ्ख्यात्मक हिसाबमा निकै कम छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताए । उनले भने, ‘मैले चलचित्रमा काम गरेँ, तर ती काम दर्शकले थाहा पाएनन् । अहिले चलचित्र भवनले गर्दा पनि प्रदर्शनमा सहज छैन ।’


Advertisment
Nabil box
Kumari

उनले देशभरका आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स)मा प्रकाशित हुने शो सङ्ख्याले चलचित्र राम्रो कि नराम्रो भन्ने धारणा बन्ने गरेको बताए । उनले चलचित्र प्रदर्शन अगाडि शो सङ्ख्याले नेपाली चलचित्रलाई असर गरिरहेका बताए । 

Vianet communication

निर्देशक देउजाले निर्देशन गरेको ‘उपहार’ चलचित्र भवनमा प्रदर्शनरत छ । उनले एकदशकपछि ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनले निरन्तरता दिने सोच बनाएका छन् । उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । निर्देशक देउजाले आफू पनि डिजिटल प्रविधिमा ‘अपग्रेड’ भएर आएको बताए । 

‘अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ, हामीले दशक आगाडिको शैलीमै काम गर्यौँ भने अहिले दर्शकले बेवास्ता गर्छन्, म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रुपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु,’ निर्देशक देउजाले भने । 

‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’ लगायतका चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले भने अहिले निर्माण लागत बढेका कारण पनि असहजता थपिएको बताए । ‘अहिले चलचित्रको लागत बढेको छ, बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन, सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको पचास प्रतिशतभन्दा बढी हुन्छ, मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर निर्णय लिन विविध कारणले ढिलाइ भइरहेको छ ।’

उनले महँगो लागतमा चलचित्र निर्माणले घाटाको सम्भावना बढी हुनेमा जोड दिए । डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायतका समस्याले अहिले लगानी असुरक्षित हुने गरेको उनीहरूको निष्कर्ष छ । –रासस–

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x